सुदुरपश्चिममा भारतबाट नेपालीहरु फर्किने क्रम बढ्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर,१० जेठ
सुदुरपश्चिममा भारतबाट फर्किने क्रम बढे सँगै यस क्षेत्रमा कोरोना संक्रमण को चिन्ता बढेको छ । केही दिन यता कैलालीको मुख्य नाका त्रिनगर गौरीफण्टाबाट हजारौ नेपाली भित्रिएका छन् । भारतमा रोजगारीको लागी गएकाहरु त्यँहा लामो समय देखी लकडाउन भएकाले रोजगारी गुमेपछि स्वदेश फर्किएका हुन ।
सिमामा दिनुहु आउनेहरु स्वास्थ्य परिक्षण भने खासै हुन सकेको छैन ।जसका कारण स्थिती नियन्त्रण बाहिर जान थालेको हुन सक्ने अनुमान पनि गरिन थालिएको छ । यँहाका प्रदेश सरकार र स्थानिय सरकारले सिमा पारीबाट आएकाहरुको ब्यबस्थापन गर्न नसकेको गुनासो बढेको बेला केन्द्र सरकारले पनी चासो ब्यक्त गरेको छ । केन्द्र सरकारले कोभिड (१९ नियन्त्रणका लागी सुदूरपश्चिम का लागी फोकल पर्सन तोकेका उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले आफ्नो सकृयता बढाएका छन् । उनले सुदुरपश्चिम को पछिल्लो अबस्था को बारेमा गृहमन्त्री र स्वास्थ्य मन्त्री सँग निरनतर संबाद गरी आबश्यक स्वास्थ्य सामाग्री र उपकरण पठाउने तयारी गरिएको बुझिएको छ ।
मन्त्री भट्टका स्वकिय सचिब हितेश ओझाले पछिल्ला केही दिन यता सुदूरपश्चिममा भारतबाट नेपाली भित्रिएको खबर आएपछि स्वास्थ्य सामाग्री पठाउने तयारी भएको बताए । ’सुदुरपश्चिममा किटको अभाब भएकाले आईतबार या सोमबार सम्म ४ हजार कोरोना परिक्षण गर्ने आरटीडी किट मन्त्री जि पहलमा त्यँहा पुग्छ ’ ओझाले भने ,’ सबै सँग समन्वय गरेर सुदुरपश्चिममा स्थती नियन्त्रण बाहिर जान नदिन मन्त्री जि सचेत हुनुहुन्छ,त्यही अनुसार प्रदेश सरकार र स्थानिय सरकारले पनि संयोजन गर्नु पर्यो ।’
ओझाले भने मन्त्री भट्ट कै पहलमा सुदुरपश्चिममा पिसिआर मेसेन आएको हो, अझै पनि नागरिकको सुरक्षालाई ध्यान दिएर पर्याप्त स्वास्थ्य सामाग्री पठाउने तयारी हुँदै छ बुधबार देखी यँहाका नाकाबाट नेपालीको उद्दार सुरु भएको हो । बुधबार यता ८ हजार भन्दा बढी मानिस गौरीफन्टा नाकाबाट मात्रै नेपाल भित्रिएका छन् । तर उनीहरु मध्ये अधिकांसको आरडीटी परीक्षण गरिएको छैन । प्रदेश सरकारका मन्त्रीहरु किट को अभाब भएकाले परिक्षण हुन नसकेको बताउँदै आएका छन् । स्थानिय सरकारले आ आफ्ना नागरिकहरुलाई बस मार्फत उनिहरुको जिल्ला सम्म पुर्याउने ब्यबस्था गरेपनी सिमामा उद्दार कार्य भने निकै फितलो बन्दै गएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *