कोरोनाको कहर : बिजोगमा सशस्त्र प्रहरी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १० जेठ
माहाकाली नगरपालिकाको झण्डै ३५ किलोमिटर भारतसंग जोडिएको नेपाल–भारत सीमामा कोरोना कहर बिच महत्वपुर्ण पहरा दिइरहेको सशस्त्र प्रहरीलाई बदलिदो मौसमले सतायो । हिजो देखी प्रचण्ड गर्मी बढे संगै भारतबाट आएका नेपालीहरुलाई दशगजा क्षेत्रमा उनिहरुलाई सम्हाल्न समस्या पर्दै आयो । टन्टनापुरी घामको बिच राती देखी अनिदो बसेर भारतमा रोजगारी खोसिएपछि घर फर्कने नेपालीको लर्कोलाई थाम्न आज पनि सशस्त्र प्रहरीलाई प्रचण्ड गर्मीमा खानेपानीको प्यासैमा दिन बित्यो । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक
राम सिंह भण्डारीको बलियो कमाण्डको बिच सशस्त्र प्रहरीले यस संकटको घडीमा वाह–वाही पाएका छन् । माहाकाली नगरपालिकाको बिभिन्न स्थानमा सशस्त्र प्रहरीले रातभरी जवान तैनाथ गरेर मानविय उद्धार कार्यमा प्रमुख भुमिका निर्वाह गर्दै आएका छन् । रातीको समयमा ३ घण्टामा सुत्न नपाएको सशस्त्र प्रहरीको जवानहरुको भनाई रहेको छ् । गर्मीको कारण उनिहरुको अनुहारको रंग समेत कालो बन्दै गएको छ् । माहाकाली नगर क्षेत्रमा कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा फ्रन्ट लाईनमा उभिएका सशस्त्र प्रहरी कोरोनाको उच्च जोखिममा देखिन्छन् । उनिहरुलाई भाइरसको डर भन्दा मानविय उद्धारमा ध्यान केन्द्रित देखिन्छ् । नेपाल सरकारले सशस्त्र प्रहरीलाई मास्क, सेनिटाईजर तथा ग्लोब्स लगाएका आधारभुत स्वास्थ्य आवश्यकता समेत उपलब्ध नगराई खुल्लारुपमा मानविय सेवामा उतारेका छ् । माहाकाली नगरपालिकामा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी खटिएका सशस्त्र प्रहरीको भने हरि बिजोग छ ।

सकंटको बेला खटेका झण्डै १ सय ५० सशस्त्र फौजको समयमा खान र सुत्न पाएका छैनन् । ‘यस पल्ट मौसमले निकै सताउन थालेको छ्, हावा हुरी आउछ । त्रिपाल उडाउछ, पानी पर्छ, भिजाउछ । हिजोबाट त, गर्मीले सताउनु सताएको छ् । फौजमा गहे भयो भनेर पनि त भएन’ नाउ उल्लेख नगर्ने सर्तमा सशस्त्रका एक जवानले भने । माहाकाली नगरपालिकाको भारत संग जोडिएको ठुलो प्रान्त उत्तराखण्ड र उत्तर प्रदेशमा सशस्त्र फौज
कोरोना संन्त्रास पछि सीमामा निगरानी गर्दै आएका छन् । अझै सम्म भारतबाट रोजागरी गुमेर कोरोनाको सन्त्रासले घर फर्कने क्रममा सिमा क्षेत्रमा भोकै प्यासै अलपत्र परेको १ हजार ५ सय भन्दा बढी बिभिन्न स्थानका नेपालीहरुलाई उद्धार गरि सकुशल गन्तब्य तिर पुर्याउन सशस्त्र प्रहरी तल्लीन छ ।
सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीको बलियो कमाण्डकै कारण माहाकाली नगर क्षेत्रको दशगजा क्षेत्रमा निकै लामो पैदल यात्रा गरि भोकै प्यासै बाटो बिराएर अलपत्र परेका दर्जनौ नेपालीहरुलाई चाउचाउ र पानीको ब्यवस्था गर्दै उच्च मानविय कार्य गर्दै आएको जानकारहरु बताउछन् । आफ्नो ज्यानलाई जोखिममा राखेर मानविय कार्य गर्दै आएको माहाकाली नगरपालिकाका एक शिक्षक यशवन्त खड्का बताउछन् ।
‘कोरोना संक्रमणको बेला सशस्त्र प्रहरीको मानविय कार्यको जती प्रशंसा गरेपनि कमै छ’ शिक्षक यशवन्त खड्काले भने । सामान्य सुविधा बावजुत बिपत्तीको बेला आफ्नो ज्यानलाई उच्च जोखिममा राखेर कार्यको शिलशिलामा उनिहरुले रातीको समयमा सुत्न नपाउने, पानी समेत खानको लागी तडपिनु पर्ने समस्या भने उनिहरुको अन्तर पिडाकै बिषय छ् । तत्कालिन माओबादी सशस्त्र द्धन्द्ध बीच जन्मेको मुलकको कान्छो जत्थालाई दुई दशक सम्म सीमामा आधुनिक र व्यवस्थित बनाएर तैनाथ गर्न नसक्नुको दोष हाल सम्मका शासकहरुले लिनु पर्ने चाही हो । कोरोना भाइरसको कारण भारतबाट रोजगारी गुमेर घर पर्केने नेपालकै मुख्य नाका देखिएको माहाकाली नगरपालिकाको खुला सिमा क्षेत्र भईरहदा सशस्त्र प्रहरी बिभागले आफ्ना मातहतका जवानलाई कोरोनाको संक्रमणबाट जोगाउन आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गारउने कि, नगराउने ? कोरोना भाइरस संगको युद्धमा बन्दुक बोकेर हैन, स्वास्थ्य सुरक्षा कवच प्रयोग गरे आफ्ना जवानहरुलाई युद्धमा पठाउनु पर्ने बिभाग प्रमुखहरुले बुझ्नु आवश्यक छ ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *