सार्वजनिक ग्रामीण सडकहरुको निर्माण








देशका सबै जिल्लाहरुमा सडक संजाल पुगी सकेको अवस्था हुँदा आज स्थानीय निकाय नगर गाउँपालिकाहरु अन्तरगत एक वडाबाट अर्को वडामा सडक सञ्जाल जोडनु पर्ने अवस्था आएको छ । भि.न.पा. का १९ वडाहरुमा सडक विस्तार गर्ने काम भई रहेको छ ।
धेरै ठाउँहरु नहर दक्षिण तर्फको भेगमा नहरले गर्दा माटो ग्राभेल राख्ने काम पुरा भई सकेको हुँदा कालो पत्रे गर्ने कार्यको लागी गिटी राखी पीच गर्ने काम चाड चाडै भइरहेको भए पनि नहर उत्तर तर्फको सम्पूर्ण निर्माण कार्य न.पा. ले आफै गर्नुपर्ने अवस्था रहेको छ । सडकहरु सार्वजनिक सम्पत्ति हुन यिनको सुधार संरक्षण गर्नु पर्दछ त्यसको लागी सबै साझेदारी जनताले आफ्नो निजी सम्पत्ति सम्झेर नगरपालिका गा.पा.का वडा सदस्य
नगर प्रमुखद्वारा संरक्षण गराउने काम गर्नु पर्दछ । जहाँ सरकारले व्यवस्थित बसोबास गराउन नसकि पहाडबाट बसाई सराई गरी जहा खाली छ त्यहाँ आई मनपरी गरेका र नापी हुने बेलामा पनि सरकारले सार्वजनिक सडक, गौचरण, कृडास्थल पानीघाट, मसानघाटको समेत कुनै व्यवस्था गर्न नसकेकै कारणबाट जहाँ महाकाली नदीको नहर पुगेको छैन त्यो क्षेत्रमा सडकको लागी असजिलो रहेको भए पनि जनता स्वयमको सहभागी रहेको छ ।
हालै महेन्द्रनगर बजार जोड्ने मुख शान्ति निकेतन स्कुल रोड सडक ब्रहमदेव लिंक रोड सित जोडिनको लागी आजसम्म गरिएका साझा प्रयासहरु सफल भएझै आज जनसहभागिता गराई भि.न.पा. ६ को सिफारिसमा न.पा.बाट सडक विस्तार गरी लिङ्करोड सित जोडन गरिएका प्रयास र योजना चाडै सम्पन्न हुनेछ भन्ने विश्वास गरिएको छ र न.पा.को नेतृत्व जनताको सहभागितामा जनताहरुले आफ्नो नाममा रहेको जग्गा सार्वजनिक सडकमा दिई देश र जनता सरकारलाई सघाई रहनु आफैमा स्वागत योग्य छ ।
पालिकाहरुले पनि आफ्नो दायित्वबोध गर्नुपर्छ जनताले सडकमा दान दिएका जग्गाको सार्वजनिक गरी जग्गा दाताहरुलाई सम्मान पत्र दिनुपर्ने ठान्दछौं । दान दिएका जग्गाको मालपोत तिर्न नपरोस भनेर दान दिए जति जग्गाको लगत कट्टी गर्न गराउन सम्बन्धित निकाय सित समन्वय गरी ग्रामिण सडकहरुको लगत स्पष्ट रुपमा राख्नु पर्ने देख्दछौं ।
चलन चल्तीमा रहेका सबै ग्रामीण सडकहरुको लगत लिई संरक्षण गर्ने काम पालिकाका वडाहरुको जिम्मा दिनु पर्दछ । जहाँ जुन ठाउँका सडकहरु छन त्यसै बमोजिमको लगत खडा गरी ऐतिहासिक पृष्ठभूमि समेत रहेका ग्रामीण सडकको लगत लागत वैज्ञानिक तरिकाले राख्नुपर्ने ठान्दछौं ।







