समबेदनहीन मनोवृति

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

प्रशिद्ध विद्वान ब्रटेण्ड रस्सेलले Cogmentality अर्थात Yes man, No Man को विषयमा महत्वपुर्ण दर्शनको व्याख्या गरेका छन्, यसलाई मैले समवेदनहीन भाव शुन्य मनोवृत्तिका रुपमा बुझे, आफ्नो विवेक समवेदना क्षमताले होइन समर्थन विरोध उचित अनुचित भन्दा पनि पृथक रहेर मशीन रोबोट मनोवृत्तिले काम गरि रहेको छ । हाम्रो समाज समवेदनहीन मानसिकताले ग्रस्त भइसकेको छ । परिवार समाज राज्य पारस्परिक सद्भाव सहयोग अन्तर निर्भरतामा बाच्नुपर्ने शाश्वत मान्यता विपरित विवेक शुन्य बन्दै आएको र निरन्तरका विविध आश्चर्यजनक घटनाक्रमले चाणै नै अविश्वशनीय वातावरणको मजबूत आधारशीला निर्मित भएको छ ।
कोभिड–१९ भाइरसले समग्र मानव समाजलाई तरंगित पारि दिएको छ । राजनीतिका पण्डितहरुका लागि अकल्पनीय दर्शनका विषयमा सोच्न बाध्य पारिरहेको छ । आजको विश्व परिवेश ठूलो अन्तर निर्भरतामा व्यवस्थित रहेको हुनाले नेपाल यसबाट अलग रहन सक्तैन, सहज र सामान्य अवस्थामा बाहुबली दाउपेच तिकडमहरुले प्रभाव पार्न सक्ला तर आज क्षमता, योग्यता निष्टा देशभक्ति समर्पणको ठूलो जरुरत छ, भन्ने र गर्ने भिन्नता कामयाव हुन सक्तैन, हामीहरु दयनीय अवस्थामा प्रवेश गर्दैछौं, देशको मूल कानून लागु भएन निष्प्रभावी भयो भने अराजकता र असफलता सीवाय अरु केही प्राप्त हुन सक्तैन, हामीहरु सबै निर्वस्त्र भइ सक्यौ दाशत्वको जीवन विताएर पनि रेमिटेन्सबाट प्राप्त रकम निहित स्वार्थीहरुको लूटको साधन बन्दै आएको हो त्यो सबै महामारीकै कारण समाप्त भयो कही आश्रय नभएर मनै परे पनि आफ्नै देशमा जाने अभिलाषा समेत अवरुद्ध पारियो, चित्कार क्रन्दन सुन्ने कोही भएन एकातर्फ भाइरस अर्कोतर्फ अभाव भुकमरीले ग्रस्त हामी सर्वसाधारणहरुका लागि वारिस त के हुन्थे तिरस्कार छाक रवाफ र एश्वर्यमय रहन सहन भ्रष्टाचारमा तल्लीन सिमित प्राणी समूहका लागि पनि सहज हुने देखिदैन, ठूला सपना बाणेर सबैलाई सधैभरी मूर्ख बनाउन सकिदैन उत्कर्षमा पुगे विप्फोट हुन बेर लाग्दैन । सम्पूर्ण कारोवार ठप्प भएर काम गरी खानेहरु समेतको वर्ग छटपटाएको समवेदना सुन्ने कोही छैन, शासन गर्ने अंगहरु सबै के रहेछन कस्तो निष्टा समर्पण र क्षमता रहेछ छर्लङ्ग देखिएको छ ।
आयका क्षेत्र केही छैन, जथाभावी फजुल खर्च रोकिएको छैन, वीना प्रयोजन सुरक्षाकर्मी अघिपछि लगाएर शान शौकतमा प्रदर्शन झन बढ्दो छ, के का लागि त्यस्ता हजारौं सुरक्षाकर्मीको के गर्न खटाईएका भन्ने प्रश्न बारम्बार सर्वसाधारणको घृणायुक्त कौतुहलताको विषय बनेको छ । कार्यकर्ता भर्ति गर्न अनेक आयोगहरु खोलिन्छन, सहायताका नाममा ठूलो रकम दान बकस दिए झै वाणिन्छ, जे मा पनि कमिसन घुस नभई काम बन्दैन त्यसमा पनि भागबण्डा हुन्छ यी कुनै विषय गोपनीय रहेनन्, पिडित सहायता कोषमा जमा हुने रकममा समेत ब्रह्मलूट हुन्छ भनि हामी आम सर्वसाधारणले शंका नै नहुने गरी स्वतः स्फुर्त रुपमा छर्लङ्ग हुन्छ । अव राज्यले कहाँबाट रकम प्राप्त गर्ला ?
रेमिटेन्स कर सबै बन्द हुनेछन, कर बढाउने प्रस्ताव गरेको पनि सुनिन्छ तर त्यस्तो कर तिनैले के का लागि र कहाँबाट रकम दिन सक्छ यसतर्फ कुनै विश्लेषण गर्ने जरुरत नै गरिएको देखिदैन । करोडौं बेरोजगारहरुले देशमा हाहाकार उत्पन्न गर्नेछ । क्रय शक्ति नै नभएपछि जीवन यापन कसरी होला भन्ने यक्ष प्रश्न गर्दै थियो, वैदेशिक परनिर्भरतामा बाचेको नेपाल त्यसबाट पनि बन्चित हुने प्रष्ट देखिदैछ, भारतसँग लगभग परोक्ष युद्धको स्थिति खडा हुँदैछ । सीमा विवादको अन्तर्य असाधारण बनेको छ । सञ्चारमाध्यमहरुमा विभिन्न प्राणीहरुका बहस विश्लेषण सुन्ने गरेको छु । नचाहेर पनि अध्यात्मिक पात्र “घुइतडीको शेड्याका” हाक स्मरण भईहाल्छ । महाभारतको युद्ध प्रारम्भ हुन पुर्व पाण्डवहरुका तर्फबाट शान्तिदूत भएर कृष्ण हस्तिनापुर गएका थिए जवकि युद्ध नभई छोडदैन भन्नेमा उनलाई शंका थिएन किनभने उनी आफै महाभारतको युद्ध चाहन्थे । भारतमा आपतकाल लागु भएपछिको निर्वाचनमा तत्कालिन शासक नराम्ररी हारे । एक जना जाट नेताले नुरेम्वर्गको जस्तै मुद्धा चलाउनु पर्छ सम्म भने, विडम्बनाले तिनै हाक दिने व्यक्ति २४ दिने प्रधानमन्त्री कस्को सहयोमा बने त्यो कालखण्डको इतिहास धेरै टाढाको छैन, कुवेतमा आक्रमण गर्न उक्साउने अमेरिका नै थियो उसले सद्धाम हुसैन समाप्त पार्न रणनीतिको हिस्सा बनाएको पछि खुलेको थियो । चर्का कुरा गर्ने क्रान्तिकारी हाक दिनेहरुको के कसरी परिचालन भइरहेको सम्बन्धमा क्षमताले नपुग्ने पुगे पनि अर्थहीन हुने हुँदा विवरणमा जान चाहदैन । भारतमा रहेका गोर्खा फौज छोडेर आउनु पर्ने जस्ता हाकले लाखौं पेन्सन प्राप्त गर्नेहरुको क्षति नेपाल सरकारले पुर्ति गरिदिनु पर्ने हास्यास्पद तर्कलाई राष्ट्रभक्ति परिभाषित गर्ने अकल्पनीय कथनलाई कुन रुपमा बुझ्ने व्यक्त गर्न मुश्किल छ ।
कानून आफ्नो क्षेत्र भएकोले संविधान मूल कानून भन्ने पढ्दै आएको थिए, ६०/७० वर्षदेखि बन्दै गरेका र अहिले आफैले आफ्ना लागि संविधान बनाएको भन्नेहरुको दावी हेर्दा विवादित भनिएको र अहिले आफ्नो भनि सार्वभौम संसदमा व्यक्त बक्तव्यहरुमा एउटा विषय नलेखी रहन सक्तैन नेपालको भूभाग यति हो भनि किटान गरिएको बाहेकका क्षेत्र संविधान बन्दा किन छुटाइयो ? महाकाली सन्धि १२ बुँदे सम्झौता लगायत हुँदा यो विषय किन बाहेक गरियो ? शासन गर्ने लगभग सवैका पालामा किन मौनता राखियो ? यी तमाम प्रश्नको जवाफ माग्दा पनि अपमानित हुुनु पर्ने त होइन ? अव आत्मनिर्भर बन्ने बेला आयो भन्ने नायकहरुलाई स्वदेशी उत्पादन कुहिएर उपभोक्ता सम्म पुग्न नदिएर विदेशी बस्तु निर्वाध आयात हुनु के अर्थ राख्दछ ? आयातमा नै निर्भर रहने करोडौं बेरोजगारहरुको आजीविका कसरी चल्छ ? नचाहिने उपयोग नै नहुने आयोग नियोग भर्ति केन्द्र कथित सांसद कोष भत्तासत्ता करोडौंका गाडी सामान ३ सरकारहरुका खर्च के बाट बेहोरिने छन यस विषयमा कुनै चिन्तन भएको पाइदैन, किनभने हाम्रो मनोवृत्ति नै संवेदनहीन बनिसकेको छ । वैदेशिक कुटनीति नै असफल भएपछि राज्य सञ्चालन कसरी र कसले गर्ने होला यही डरावना स्वप्न त्रसित पारि रहेको छ । नेपाल आमाको जय होस अस्मिता सम्मान अमर रहोस भन्ने मुक भावना बाहेक अरु केही पनि त छैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *