सरकारले जनता र घरमुलीले छोरा छोरीहरुलाई सही कुरा भनि राख्नु पर्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

झुटा कुराले देश र घर विग्रन्छ, देश र परिवारको हितको लागी सत्यमा आधारित कुरा मात्र जनता तथा परिवारमा छोराछोरीलाई दिनु पर्छ र उनीहरुले पनि त्यसलाई मनन् गरी साँचो झुटाको एकिन भएपछि मात्र देश र परिवारमा फैलाउने अवस्था हेरी फैलाउनु पर्दछ । आजका कोही विद्वानहरुमा कोही भनि रहेका छन लिपुलेक, लिपियाधुरा र कालापानी निजी स्वार्थले ०३२ को नापी सर्बे गराउँदा हटाएको हो । त्यो भन्दा पुर्व नेपालको नक्सामा थियो भनिरहेका छन् कोही राजा महेन्द्रले भारतलाई दिएको अपवाह फैलाईरहेका छन् । के भएको हो भन्दा पनि लिपियाधुरा लिपुलेक न भारतको नक्सामा हुनु न नेपालको नक्सामा हुनु त्यो झन शंकांसप कुरा भएको छ । भारतले आफ्नो नक्सामा कहिले थियो र कहिले हटायो त्यस्तै नेपालको पनि कुरा छ त्यो नेपालको नक्सामा कबसम्म थियो कब हटायो किन हटायो दुवै देशले अति मित्र राष्ट्र नेपाल भारतको बीचमा खाल्डो खन्ने काम किन भयो ? भारतले पनि अहिले सम्म आफ्नो नक्सामा नदेखाउनु नेपालले पनि नदेखाउनु अनि दोष राजा महेन्द्रलाई दिन मिल्छ ?
राजा महेन्द्रको स्वर्ग २०२८ मा भैसकेको थियो । हामी निरिह जनता त सरकारले जे भन्यो ताली बजाउने मात्र हो काम त जो सित अधिकार छ उसले गर्छ नचाहिदा तर्क दिनेहरुसँग म एक प्रश्नको उत्तर माग्दैछु, त्यो क्षेत्र दुवै देशको नक्सामा नदेखिनुमा के भन्नु हुन्छ ? सत्ताको लागी राजा महेन्द्रलाई पनि बम हान्ने सत्ताकै लागि राजा विरेन्द्रको हत्या गर्नु तर यो देशको खातिर राम्रो काम केही नगर्नु । राजाहरु त नाम मात्रका सत्तामा रहेका थिए राजाहरुमा कसैले पनि एक्लै शासन गरेन जे जे सरकार अर्थात प्रधानमन्त्रीले भन्यो त्यही मात्र गर्दथे । २००७ सालमा प्रजातन्त्र नामको सत्ता ल्यायो फिर्ता भयो पुनः २०४६ मा फक्र्यो त्यो पनि ल्याउनेले नै लगे । २०७२ मा संविधान बने पनि परिवर्तन २०६३/०६४ मा नै भयो पंचायत व्यवस्थाले ३० वर्ष सत्ता चलायो भने प्रजातन्त्र गणतन्त्र मिलेर ४० वर्ष चलायो तै पनि दोष राजाको देखाएर लुट्ने काम भईरहेकै छ । नेपाल भारतको मैत्री सन्धी १९५० असमान सन्धी थियो नेपालका त्यसबेलाका प्रभावशाली नेताहरु करिव सबै जसो भारतीय नेता पंडित जवाहरलाल नेहरुको पक्षमा थिए । नेपालमा राजाको पक्षमा भन्दा पनि जे पंडितजीले भने त्यही गर्दथे । मैले दुरभावना कसैलाई भडकाउने हिसावले कुरा गर्न खोजेको नभई यथार्थमा आधारित मात्र भन्न खोजेको हो । जसरी आजको पक्षमा लाग्यो भने लिपुलेक त छोडौं पुरै नेपाल सिक्किम बन्न सक्छ । देशमा हो वा घर गाउँ जहाँ भए पनि यथार्थतालाई लिनु पर्दछ । मेरा काका भतिजा तथा छिमेकी राष्ट्र रिसाउने हो भनेर गलत कुराको पक्षपाती हुनु मुर्खता हो । नेपालमा जे भयो त्यो सबै कुरा विदेशी सितको साठगाठले गर्दा भएको हो । २००७ देखि २०१७ सालसम्मको १० वर्ष बहुदलियको समयमा नेपालले सुगौली सन्धीमा गुमाएको भूमि अंग्रेजले छोडेर भएको हुँदा नेपालले फिर्ता लैजान्छ भनेर नेहरुजीको समेत चालबाजीमा नेपालमा प्रजातन्त्र छैन ल्याई दिन्छौं भनि १९५० को असमान मैत्री सन्धी गर्न नेपालका नेताहरुलाई हातमा लिई प्रजातन्त्रको नाम जोडी नेपालको भूमि अंग्रेजले छोडेर गएपनि फिर्ता पाउन नसकेको हो । प्रजातन्त्र बहुदलिय व्यवस्था वा निर्दलीय व्यवस्था त आन्तरिक कुरा हो जुन बेला जे व्यवस्था ठीक लाग्छ राजनीतिक अभ्यासको रुपमा लागु गरेपनि हुने नै थियो । यी सब खेल सुगौली सन्धीमा अंग्रेज सित गएको भूभाग जानेबेला डल्लोकै रुपमा फिर्ता गरेकोले नेहरुजीेले म हामी आफै मिलाउँला भन्ने कबोल अंग्रेज सित गरेकै कारण सुगौली सन्धी नेपाल भारतको मैत्री सन्धी १९५० को दफा ८ ले खारेज भै त्यसको प्रमाण पुर्जा नेपाल सित भएको हुँदा शक्ति परेको बेला भारतलाई दुःख दिन्छकि भन्ने डरले नेपालका नेताहरुबाट सुगौली सन्धी यथास्थितिमा राख्न लगाउने प्रयास नेपालका दिग्गज भनाउँदा नेताद्वारा सफल गर्यो भन्ने कुराको प्रमाण रेवतीरमण
खनालद्वारा लिखित अनुभूति र अभिव्यक्ति आत्मकथाको पेज नं. २४९ को अन्तीम अनुच्छेदमा स्पष्ट पारिएको छ जो यस प्रकार छ:
“२०५३ सालमा संसदबाट महाकाली सन्धी पारित गराउन सो महाकाली आयोजनाबाट नेपाललाई वार्षिक १ खरब २० अरब आम्दानी हुन्छ भनि एमाले नेता खडकप्रसाद ओली र विद्या भण्डारीले बक्तव्य दिएका थिए । तर सो आयोजना धेरै वर्ष सम्म बन्न सकेन । भारत सित अंग्रेज र नेपाल सरकारका बीचमा भएका सन्धी सम्झौताहरु १९५० को नेपाल भारतकोे दफा ८ ले खारेज गरेकाले सुगौली सन्धी पनि खारेज भयो । सो सन्धीले कायम गरेको सिमा पनि समाप्त भएकोले नेपालले कुनै बेला पश्चिममा किल्ला कागडा र पुर्वमा टिष्टा नदीसम्म दावा गरी दुःख देखा भन्ने भारतलाई भएको भएभने यस सन्धीले हटायो भारतलाई तत्काल फाइदा त्यही भयो ।” उनको लेखले धेरै चर्चा पाए आस्था त्रैमासिक २९५४, अंक १६ वर्ष ४ नेपाल राजपत्र २०६१ मंसिर १४ अ.रि. ३९ अं मा पनि देखियो त्यस दुर्घटनालाई लिएर एमाले पार्टी पनि फुटेको थियो । आजको कालापानी माथिको लिपियाधुरा लिपुले त्यसकै उपज भएकोले भारतले आफ्नो नक्सामा राख्न हिम्मत गरेको हुनु पर्दछ । आफू सत्तामा पुग्न नेपाली नेताहरुले गरेका कर्मकाण्डीहरु सबै घातक छन होइन भने अंग्रेजले छोडेर जादा पाकिस्थान, म्यानमार लगायतका सबै देश र चीनले पनि हंकङ फिर्ता पायो भने नेपालले नपाउनाको कारण हाम्रा नेताहरुले खोजी दिनु पर्यो । यौटा गहकिलो यथार्थ के छ भने यो क्षेत्र सुरु देखि नेपालको थियो त्यसपछि न भारतको नक्सामा रह्यो न नेपालको नक्सामा तर आज दुवैको नक्सामा कसरी र किन पर्यो लिपुलेक र लिपियाधुरा जहाबाट नेपाली सेनाले आफ्नो क्याम्प राखी खम्बा अप्रेसन पनि गरेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *