भीमदत्तमा एक सामुदायिक वन, एक पोखरी अभियान शुरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/
महेन्द्रनगर, ३ बैशाख
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालको सिद्ध सामुदायिक वनमा पोखरी निर्माण कार्य शुरु गरिएको छ । भीमदत्त नगरपालिकाको एक सामुदायिक वन, एक पोखरी अभियान अन्तर्गत पोखरी निर्माण शुरु गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बिहिबार पोखरी शिलान्यास गर्नुभयो । उहाँले वन्यजन्तुहरुलाई पानीको समस्या हुन नदिन नगर क्षेत्रका सबै सामुदायिक वनमा पोखरी निर्माण अभियान शुरु गरिएको बताउनु भयो । वन क्षेत्रमा पानीको सतह सुकेको छ, वन्यजन्तुहरु मारमा छन, त्यसका लागि पोखरी निर्माण अभियान शुरु गरिएको र यो अभियान अन्तर्गत सबै वनमा पोखरी निर्माण हुने नगर प्रमुख बिष्टको भनाइ छ ।
सामुदायिक वनका अध्यक्ष रङ्गी बोहराले पोखरी निर्माणले वन्यजन्तुहरुलाई पानीको सुविधा हुने उहाँको भनाइ छ । वनको उत्तरी क्षेत्र तालडाँडामा एउटा पोखरी छ, अब यो पनि बन्छ, यसबाट जनावरलाई पानी खान सजिलो हुने उहाँको दाबी छ । पोखरी निर्माणका लागि ९ लाख रुपैयाँ खर्च हुने छ । सिद्ध सामुदायिक वनमा ५ सय बढी घरधुरी छन् । यसअघि मटेनाको बैजनाथ सामुदायिक वनमा पोखरी निर्माण गरिएको थियो । भीमदत्त नगरपालिकाको पाँचौँ नगर सभाबाट चालू आर्थिक वर्षका लागि एक सामुदायिक वन, एक पोखरी निर्माण कार्यक्रम पारित गरिएको थियो । भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्रमा ८ सामुदायिक वन छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *