प्रवासमा अलपत्र नेपालीहरुको उद्धारका लागि सरकारसँग अपिल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ३ जेठ
भारतका विभिन्न क्षेत्रमा रोजगारी तथा अध्ययनका लागि गएका प्रवासी नेपालीहरुले आफ्नो दैनिकी निकै कष्टकर बनिरहेकोले यथाशीघ्र उद्धारका लागि नेपाल सरकारसंग आग्रह गरेका छन् ।
भारतको दिल्ली लगायत आसपासका क्षेत्रमा अलपत्र अवस्थामा रहेका हजारौँ नेपाली नागरिकहरुलाई हालसम्म आफुहरुले सक्दो सहयोग गर्दै आएको दिल्लीमा रहनुभएका अर्जुन बोगटीले जानकारी दिनुभयो । दिल्लीमा अलपत्र नेपाली नागरिकहरुको सहायतामा निरन्तर लागिरहनु भएका कञ्चनपुरको बेलौरी घरभई हाल भारतको दिल्ली स्थित आइजे एयरपोर्टमा कार्यरत इन्जिनियर अर्जुन भण्डारीले नेपाल सरकारले प्रवासमा अलपत्र नेपाली
नागरिकहरुलाई नेपाल भित्र्याउन ढिलाइ गर्न नहुने बताउनु भयो ।
भारतीय विस्तारवादका विरुद्ध नेपालमा आन्दोलन हुँदै गर्दा भारतमै बसिरहेका नेपाली नागरिकहरुलाई असहज भएको कञ्चनपुरको बेलौरी घरभई
भारतमा रहनुभएका राम प्रसाद काफ्लेले गुनासो गर्नुभयो । काफ्ले सहित जय बहादुर बोहरा, सन्तोष गिरी, डम्मर सिंह धामी, अरुण कुमार बब्ली सहित प्रवासी नेपाली संघ भारत लगायतका विभिन्न संघसंस्थाहरुले पनि नेपाली नागरिकहरुको उद्धारका लागि पहल गरिरहेको बताइएको छ ।
अहिले स्थानीय, प्रदेश र प्रतिनिधि सभाका जनप्रतिनिधि सहित राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि र पत्रकारहरुसंग उद्धारको पहलका लागि प्रवासमा रहनु भएका नेपालीहरुले निरन्तर संवादको क्रमलाई जारी राखेका छन् । आफ्ना नागरिकको उद्धारका लागि नेपाल सरकारले गम्भीर हुन् आवश्यक रहेको प्रवासमा रहनुभएका नेपाली नागरिकहरुको भनाइ छ ।
त्यस्तै, दैलेखको दुल्लु घरभई भारतका विभिन्न क्षेत्रमा रहनु भएका गोविन्द थापा, बीर बहादुर भण्डारी, सन्तोष गिरी, बसन्त रोकाया, नवीन शर्मा लगायतले पनि भारतमा रहेका नेपाली नागरिकहरु जीवन मरणको दोँसाधमा रहेकोले नेपाल सरकारले स्वदेश भित्र्याउनु पर्ने धारणा राख्नुभएको छ । आफुहरुले सकेसम्म अलपत्र नेपालीहरुको उद्धारलाई निरन्तरता दिएको बताउँदै उहाँहरुले स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधि सहित
राजनैतिक दलका प्रतिनिधिहरुको ध्यानाकर्षण गराउनु भएको छ । स्थानीय तह र प्रदेशका जनप्रतिनिधिहरुले सकारात्मक भूमिका निर्वाह गरिरहेको भएपनि दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य राज बहादुर बुढाक्षेत्रीले संघीय सरकार समक्ष जोडतोडका साथ आफुहरुका समस्या राख्नु पर्ने उहाँहरुको भनाइ छ ।
दैलेख घरभई प्रवासमा रहेका नेपालीहरुले शुक्रबार साँझ सामाजिक सञ्जाल मार्फत पत्रकार सहित दैलेखका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुसंग आफुहरुको उद्धारका लागि ध्यानाकर्षण गराएका छन् । यसक्रममा पूर्वसांसद शिवराज जोशीले भारत लगायत तेस्रो मुलुकमा रहेका नेपाली
नागरिकहरु रोग, भोक र सोकले त्रसित भएर बस्नुपर्ने अवस्था सृजना भएकोले सरकारले यथाशीघ्र उद्धार गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै, नेपाली कांग्रेस दैलेखका सचिव भुपेन्द्र शाहीले प्रवासमा रहेका नेपाली नागरिकहरुको दुःख प्रति नेपाली कांग्रेस गम्भीर भएको उल्लेख गर्दै यथोचित व्यवस्थापनका लागि
सरकारसंग माग गर्नुभएको छ । सरकारले यो विषयमा गम्भीर नभए नेपाली कांग्रेस दैलेखले विरोधका कार्यक्रम गर्ने चेतावनी दिनुभयो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *