अब नेपालले आफ्नो नीतिको बाटो बदल्नु पर्दछ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

एकसय वर्ष पुर्वका नेपालीहरु करिव करिव अनपढ थिए तै पनि नेपालको स्वाभिमान बाचाए आफ्नो स्वतन्त्र जीवन कृषिमा सिमित मात्र राखेनन् उद्योगतर्फ पनि पाइला चलाएका थिए । नेपालमा बाच्न त्यति सहजता थिएन भन्ने कुराको प्रमाण कल्याण धन पनि हो । कल्याण धनको कुरा गर्दा मझगाउँ हवाई मैदानमा काडे तारबार राख्ने चादीका सिक्काहरु इन्जिनियरको विस्तरा भित्र फेला परेकाले कल्याण धन सम्बन्धि ऐन बमोजिम कारवाही भयो । मानव समाज नै असहज स्थितिमा बाची रहेको अनुमान गर्न सकिन्छ । २०५२ माओवादीको सुरुवात भयो २०६४ मा टुङ्गिएला भन्ने सोच राखेका जनताले २०७२ मा त टुङ्गिएला भन्ने सोच्दा हालसम्मको अवस्था पनि भयावह नै रहन गएको छ । राष्ट्रमा एकता हुन सकेको छैन अनेकताको बादल मडारी रहेको बेलामा कोरोना भाइरस नामको विरामीले विश्व हल्लिएको छ । नेपालमा भने माओवादी द्वन्दमा २५ हजार निहत्ता नागरिक मारिदा पनि सहन गरेकै थियौ तर यो विश्वव्यापी परिस्थिति सित लड्न पशुपति नाथले हाम्रा डाक्टरलाई दिएको आशिर्वादले यति ठूलो त्राही मच्चिएको भएपनि आजको मितिसम्म एकजनाको पनि कोरोना भाइरसले मृत्यु नहुनु सुखद पक्ष हो । यो संकटको घडीमा राष्ट्रसेवक, जनताले सरकारलाई सहयोग पुर्याएको छ र पुर्याई रहने छन् । हरेक समयमा प्राकृतिक विपत्ति आईरहन्छ ।
हतारिनु हुदैन तर पनि आज नेपाल र नेपाली जनताले हतारिनु पर्ने अवस्था आएको छ । अप्रत्यक्ष रुपबाट सुगौली सन्धीमा भूमि फिर्ता भएको भूभाग नेपालको प्रजातन्त्र सित साटिएझै विश्वभरीका मित्र राष्ट्रहरुले राजा महेन्द्र र विरेन्द्रको समयमा खोलिएका आत्म निर्भरवाला सबै उद्योगहरु संरकारले कौडीको भाउमा विक्रि गरी नेपाली जनतालाई परनिर्भर बनाएको कारण नेपाल छोडी विश्वभरीका देशहरुमा गई हात पाखुरी बजाएर खाई रहेको अवस्थामा एक्कासी
कोरोना भाइरसको तहल्का मच्चिएको र हरेक देशमा काम गरिरहेका मजदुरहरु अत्तालिएका छन् । नेपालले उद्योगहरु विक्रि गरी केही विदेशी उद्योगहरु स्थापना गरेका भएपनि ति विदेशी उद्योगपतिहरुलाई भएको मुनाफा घर लैजान तथा कच्चा माल किन्न डलरको आवश्यक पर्ने तर प्राप्त गर्ने आधार रेमिटान्स बाहेक अरु नभएकोले देश नै घाटामा आई रहेको बेला कोरोनाको कारणले गर्दा वैदेशिक रोजगारीमा ताला लाग्ने अधिक सम्भावना भएकोले अव सरकारले आफ्नो नीति बदली उद्योग र कृषिलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *