योग महिमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-थानेश्वर प्रसाद भट्ट

‘फल छोडी स्वकर्तव्य गर्ने सत्यस्तयुक्त हो ।
हुन्न योगी र सन्यासी अग्नि कर्तव्य छोड्छ जो ।।’

योग, योगी, सन्यासी, सहस्य, कर्मकाण्डी, आकार, निराकार शब्द, ब्रह्म, अक्षय, समाधिस्थ, त्याग, त्यागी परिपुरक भएर अनेकौं शब्दहरु सहंसा योग भन्ने बित्तिकै परिपूरक भएर आएका देखिन्छन् । महान अध्यात्मिक ग्रन्थहरु वेद, पुराण, उपनिषद्, वाइबिल, कुरान, गुरु ग्रन्थ साहिव, बौद्ध, जैन दर्शन पतञ्जली योग सुत्र, महान ओशोका वाणी यी तमाम विषयहरुका विद्वान आध्यात्मिक मनिषीहरुका मीमांसा, दर्शन पढेर, सुनेर क्षणिक रुपमा मानव प्रभावित हुने गर्दछौं । सारा ज्ञानको सार भगवत गीताको पाठ यसमा उल्लेख भएका प्रभुका वाणी अटल सत्य हुन् र ब्रह्माण्डको तत्व छिपेको यस गौरवशाली पुस्तकको सम्मान श्रद्धा र भक्तिपूर्वक पाठ गर्ने कोरा सिद्धान्तवादी भित्र स्वयं पनि पर्दछु । यो अनुभव सदैव गर्दै आएको छु तर तत्व दर्शनको अनुभव कहिल्यै हुन सकेन, त्यसो किन भएको होला ? यसको समीक्षा सान्दर्भिक र आवश्यक लागेको हुनाले योगका सम्बन्धमा केही अभिव्यक्ति गर्न आवश्यक सम्झे ।
एक पटक ४ उच्च कोटीका विद्वानहरु आफ्नो अध्ययन सकेर फर्कने क्रममा नदी तर्न एउटा किस्तिमा चढेछन्, नाविक पटमूर्ख थियो । त्यसैले ऊ संग ती विद्वानहरुले पालैपालो विद्वताका प्रश्नहरु सोध्दै गए, नाविकले केही पनि जान्दैन भन्दै नावलाई चलाउँदै गयो । ती कथित विद्वानहरुलाई यसरी पानीमा पौडी खेल्नुपर्छ भन्ने पनि सिद्धान्त थाहा थियो । नाविक डुङ्गा खेलाउँदै जादा ती ४ जनाले तिम्रो जीवन व्यर्थ रहेछ भनि टिप्पणी गरे, अकस्मात आधी तुफान आयो डुङ्गा डगमगाउन थाल्यो । तब नाबिकले डुब्न लाग्यौं त्यसैले नदीमा हाम फालेर पौडी खेली नदी पार गरौं भन्दा किताबमा पढेपनि कहिल्यै पौडी नखेलेको भनि चारै जनाले भन्दा त्यसो भए म त पौडी खेलेर पार गर्छु तिमिहरुको जीवन पनि डुब्यो भनि नदी पार भयो ।
उपयुक्त प्रतिकारात्मक कथा प्रेरक प्रसंग हो । हामी सबैको जीवन सिद्धान्त ज्ञानको दंभले आक्रान्त हो । रामकृष्ण परमहंस निपट लगभग निरक्षर नै थिए । आफ्नो नाम पनि रामखण भन्ने सम्म लेख्न सक्थे तर उनका शिष्य विवेकानन्द जगत विख्यात विद्वान ज्ञानी थिए, अकारण भएका थिएनन् । उनले रामकृष्णलाई प्रश्न गरे ईश्वर देख्नु भएको छ ? गुरुले उत्तर दिए देखेको छु तिमिलाई पनि साक्षात्कार गराउन सक्छु प्रयोग गरी देखाए । उनी अन्तरमुखी थिए, अन्तरहृदय, अन्तःश्चेतना जागृत थियो ।
सैद्धान्तिक ज्ञान निरर्थक होइन तर त्यो एक चरण मात्र हो । आत्मसमीक्षा मानवको प्रथम दायित्व हो ।
‘गर्नु उद्दार आफैले आफुलाई नगाडनु
आफै हो आफ्नो मित्र आफै हो शत्रु आफनु’

व्यवहार क्रियात्मक प्रयोगबाट सत्यापन गर्नु योगको महिमा हो । यसको लागि के गर्नुपर्ला भनि तत्वबेत्ताहरुले मार्ग दर्शन गर्दै आएको पाइन्छ । यस भौतिक जगतले प्रमाण माग्दछ । प्रत्यक्ष नहुदा सम्म विश्वास हुदैन, गर्नु पनि पर्दैन । यसका लागि योग के हो ? यस सम्बन्धमा जान्न आवश्यक छ । शारिरीक व्यायाम मात्र योग होइन । महर्षि पतञ्जलीबाट अष्ठाङ्ग योगको मीमांश भएको छ । यसलाई समग्रतामा बुझ्न आवश्यक छ । महात्मा बुद्धले शरीर, मन भनेर अलग नरहेको प्रष्ट गरेका छन् । स्थूल शरीर भित्र रहेको सुक्ष्म मनको एकाकार योगबाट नै जीव निर्मित हुन्छ । आत्म र परमात्माको मिलन योगको अन्तिम लक्ष्य हो । यसका लागि शरीर स्वच्छ, निरोगी रहन आवश्यक भएझैं मन निर्मल हुन त्यत्ति कै आवश्यक छ किनभने इन्द्रिय नियन्त्रित हुन्छन् मन अशान्त भयो भने शरीर निरर्थक जस्तै हुन पुग्दछ ।
योगका विभिन्न आयामहरु भित्र शारिरीक अभ्यास त आवश्यक छन् नै, प्राणायाम अर्थात् प्राण शक्ति नियन्त्रित गर्न संजीवनी झैं श्वास क्रिया माथिको अभ्यास सर्र्वाधक महत्वको छ । श्वासबाट जीवन आउँछ । यसको बिसर्जनबाट जीवन समाप्त हुन्छ । त्यसैले प्राणायामका प्रयोग जीवनको दर्शन, भोजन पानी जस्तै आवश्यक संझेर प्रयोग गर्नु अत्यन्त आवश्यक छ । त्यो मैले लेखेर आवश्यक भएको होइन, बाबा रामदेवले मानव जगतलाई योगको महिमा र प्रयोग घर घर पु¥याई मानवताको प्रतिक बन्नु भएको छ । भस्त्रिका, अनुलोम विलोम, नाडीशुद्धि, भ्रामरी, उज्जायी, ॐकार, कपालभाती आदि विभिन्न प्राणायाम प्रयोगबाट तत्काल फल मिल्छ । प्रयोग गर्दा स्पष्ट बोध हुन्छ तर कुनै पनि प्रयोग अनुशासित क्रमबद्ध र सन्तुलित हुन आवश्यक छ अन्यथा विपरित परिणाम पनि आउन सक्छ । भिषण गर्मीमा भस्त्रिकाको प्रयोग हानिकारक पनि हुन सक्छ, नाडी शुद्धि कपाल भाति, अनुलोम विलोम मध्यम गतिमा सदाकाल फलदायी हुन सक्छ ।
प्रोण्टेउग्लाइण्ड प्रायःलाई भइरहने रोग हो । औषधी सेवनबाट निर्मुल हुन सक्तैन । शब्द क्रियाले जोखिमपूर्ण परिणाम आएका पनि
देखिन्छन् । त्यसको अनुभव धेरैलाई भएको हुनुपर्छ । दुर्भाग्यवस मलाई पनि यसले ग्रस्त पा¥यो, ठूलो धनराशि खर्च गरी जरुरत परे शल्यक्रिया गर्न भनि धूलीखेल पुगे तर केही महिना पछि आउन भनेपछि फर्के । कुनै अस्पताल धाउनु भन्दा विविध यौगिक अभ्यास गर्ने निश्चय गरे । यो लेख्नु नै मेरा लागि आजको सर्वाधिक महत्वपूर्ण विषय हो । नसिबले साथ दिए विना औषधी र शल्यक्रिया बाहेक गरी निम्न प्रयोग गर्न आग्रह गर्न चाहन्छु ः
श्वास बाहिर फाल्दा पेट खाली हुन्छ, त्यसबखत मलद्वार, यौनेन्द्रियहरुलाई संकुचन गरी माथि श्वास लिएझै तानौं, यो कपालभाति प्राणायाम गर्दा सहज हुन सक्छ किनभने यसमा श्वास बाहिर फाल्ने गरिन्छ । त्यस बखत र श्वास बाहिर फाल्दा खाली समय पनि स्मरण हुना साथ संकुचन गर्दै रहनु पर्दछ । यसबाट नोक्सान केही छैन । शान्तिको अनुभुति हुन सक्छ । प्रारम्भमा श्वास बाहिर फाल्दा संकुचन असहज हुन सक्तछ तर कुनै विषय पनि प्रयोग नगरी पढेर मात्र हुदैन । यसको अभ्यास निरन्तर गरी रहेको छु । अस्तपाल, शल्यक्रिया, औषधी, चेकजाँच सब भुली सकेको छु । वास्तवमा यो प्रयोग एउटा नेपाली मूलको अमेरिकन विज्ञ चिकित्सकबाट मेरा श्रद्धेय मित्र लीलाधर जोशी ज्यूले मार्गदर्शन गरे अनुसार नै प्रयोग गर्दा सार्थक परिणाम आएको छ । सबैलाई फलदायी होला नहोला त्यो किटान गर्न असमर्थ छु तर कुनै हानी नपुग्ने अभ्यास गरी हेर्दा के नै विग्रला ?
नेपाल राष्ट्रलाई चौतर्फि तहसनहस पार्ने दुश्चक्र चलि रहदाँ यस्ता यौगिक विषय निरस, निरर्थक लाग्न सक्छन् तर आजको राजनैतिक परिवेश नै कहाँ अर्थपूर्ण छ र ? इमानदार मानवका नाताले सीमित व्यक्तिहरुबाट पनि योगप्रति आकर्षण हुन सके सौभाग्य संझने छु तर केही जनाले पनि शायद पढ्दैनन् ? ठीक लागेको अभिव्यक्ति गर्न कर्तव्य सम्झे, बाँकी परमात्माका हात्मा ।

लेखक बरीष्ठ अधिवक्ता तथा महेन्द्र विद्या भुषण तथा त्रि.वि.वि.स्वर्ण पदक प्राप्त हुन्

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *