नीति कार्यक्रम र बजेट

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

– थानेश्वर प्रसाद भट्ट
वरिष्ठ अधिवक्ता
महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त
राष्ट्र सञ्चालनका लागि नीति तथा कार्यक्रम र त्यसलाई परिचालन गर्न आर्थिक व्यवस्थापन अनिवार्य रहन्छ । सार्वभौम संसद चली रहेको छ । त्यसका माध्यमबाट सरकारले प्रस्तुत गर्ने के कस्ता प्रावधान रहलान ? अर्थ व्यवस्थान कति कसरी र कहाँबाट प्राप्त हुन्छ ? आम सर्वसाधारणको हकहित, लोक कल्याणकारी राज्य (ध्भािबष्च कतबतभ) स्थिर गर्न सुखी नेपाली समृद्ध नेपालको नारा सार्थक पार्नका लागि हुने प्रयास कार्यान्वयन समाधान सामयिक विषय भएकोले विश्लेषण उपयुक्त लाग्दछ ।
उहिले पहाड तिरका व्यापारीहरु भारत कुमाउका थोक व्यापारीहरुबाट उधारोमा कपडा ल्याउने त्यसलाई विक्रि भएपछि चुक्ता प्रचलन थियो, इमानदारहरुले उचित समयमा भुक्तान गर्थे, केहीले विलम्ब गर्ने वा नतिर्ने बदनियत पनि देखिन्थ्यो, असुलीका लागी कुमिया साहु वा तिनका मानिस असुलीका लागि आउथे, त्यस्तै क्रममा एक जना साहु आफ्ना उधारो ग्राहक खोज्दै गाउँ छेउ पुगेछन् डाणामा नदी नाला पानी हुने अबस्था थिएन तथापि धानको बीउ उमारेको देखि आश्चर्यमा परेर बटोही छिमेकीहरुलाई धानको बीउ के का लागि छरेको भनि सोधे छन् । जवाफमा वर्षा भयो भने रोपाई गर्न भनि उमारेको जवाफ सुनि आकाशसँग उधारो गर्नेले मेरो रकम के चुकाउला भनि निरास भएको प्रसंग मनमा आइ रहेको छ ।
राज्यले प्राप्त गर्ने आयका श्रोत कर राजस्व वैदेशिक रोजागरीबाट प्राप्त हुने खरबौंका रेमिट्यान्स पर्यटन क्षेत्र लगायतबाट राज्यकोषमा दाखिला हुने
रकम हेरेर नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा पनि घाटाको बजेट रहदै आएको यथार्थ हो । झण्डै आधा जति त वैदेशिक सहायतामा निर्भर रहनु पर्ने अर्थतन्त्र आजको दिनसम्म आइपुग्दा प्रत्येक नेपालीको थाप्लोमा झण्डै ४० हजारको कर्जा बोझ कायमै छ । अहिलेको बजेटमा आयश्रोत तर्थ हेर्न आवश्यक रहन्छ । रेमिटेन्स झण्डै समाप्त हुँदैछ । क्रयशक्ति क्षीण भएपछि आयात हुन सक्ने स्थिति पनि रहदैन । बजेटको आसपास व्यापार घाटा सही रहेको कृषि मुलुक नामकरण गरिएको नेपालमा उत्पादन नहुँदा खरबौंको समान खाद्यान्न समेत ल्याउनै पर्ने यथार्थ हो । गाउँ घरमा खेत बाझा छन, भएका पनि जंगली जनावरले बाँकी राख्दैनन्, रोजगारी केही छैन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट जीवन धान्न लाखौं नेपाली छिमेकी भारततर्फ पस्ने गरेका स्कुल डे«समा समेत कापी किताव खाद्यान्न जोहो गर्न सीजनल भएर आजीविका चलाएका हौं । विश्वभरी नेपालीहरु अपमान पीडा सहेर अस्मीता गुमाएर दासत्वकै जीवन मन्जुर गरी गुजारा गर्ने बाटा बन्द भए, आउँदा दिन ठूलो भोकमरी रोग व्याधि आपराधिक गतिविधि अराजकता, उच्छिङ्खलता दण्डहीनता सामान्य जस्तै हुने भयावह स्थिति सन्निकट छ । महामारीका रुपमा फैलिएको कोभिड–१९ भाइरसले विश्वजगतमा नै ठूलो परिवर्तन ल्याई सकेको छ । अर्थतन्त्र तहसनहस हुँदैछ । कुनै युद्ध नै नभई बीना हतियार विनाशक परिस्थिति निर्माण भइरहेका छन् । रोजगारी कटौती भएर कामै नपाउने अहिले नै डरलाग्दो स्थिति आईसक्यो, धनि भनिएका विश्वलाई नै समाप्त पार्न सक्ने शक्ति राष्ट्रहरु हतोत्साहित भई सके, त्यसैले करोडौंको संख्यामा नेपालीहरु नेपाल फर्कन बाध्य भएर जसरी पनि आफ्नै देश फर्कने क्रममा चित्कार गरेका कारुणीक कथा व्यथा सुन्नु सामान्य जस्तै बनेको छ । ढिलो चाणो आफ्नो देश फर्कने क्रम रोकिदैन । यतिका प्राणी नेपाल पसेपछि खुट्टा टेकाउने ठाउँ बाँकी रहने देखिदैन । घाटाको व्यापार भनिए पनि भारतबाट आयात नभई बाच्न मुस्किल छ । त्यहाँबाट खाद्य सामग्री राकियो भने ठूलो भोकमरी हुनु स्वभाविक परिणाम हुन्छ । जो भएको भूमिमा खेती गर्न आवश्यक सामग्री नेपालमा त छैन, मलखाद कृषिम औजार केही नभए कषि खाद्यान्न उत्पादन नै गिरावट हुने अवस्थामा आयात गर्ने रकम नै कहाँबाट आउँछ ? आयात केही नभए भन्सार राजश्व आउन सक्तैन, राज्य चलाउन खर्च हुनै पर्ने रकम श्रोत शुन्य जस्तै भएपछि ऋण अनुदान सहायता गर्न सक्ने दाता राष्ट्र स्वम् सखाप हुँदै छन । तलब भत्ता पेन्सनमा हुने अरबौं रकम श्रोत विहिन भएपछि भुक्तान गर्न निकै कठीन हुने देखिन्छ । त्यसैले आय व्ययको बजेट कस्तो बन्ने हो ? कागजमा पनि लेख्न मुस्किल हुन सक्छ । भ्रष्टाचार चरम विन्दुमा छ यसबाट आर्थिक विछ्ङ्खलताले देश कहाँ पुग्ने हो निकै चिन्ताको विषय छ ।
नीति तथा कार्यक्रम सरकारले ल्याउँदैछ तर सरकार नै दिनगिन्तिमा छ । स्थायी समिति बैङ्क न रोकिएको भए सरकार पतन हुने अपेक्षा सानो बर्गले मात्र गरेको छैन । जगहसाई हुने गरी एउटै दल भित्र पनि आरोप प्रत्यारोप असधारण घटनाका रुपमा चित्रण हुदेछन । यिनत क्षमता योग्यता, राष्ट्र भक्ति समर्पण दोसाधमा रहेपछि, “कोठमे खाज” भने झै भारत चीनसँग सीमा विवाद चर्केको उत्कर्षमा छ, कतिपयका लागि यो प्रशन्नताको विषय पनि रहेको अनुमान गर्न स्वाभाविक जस्तै छ । राष्ट्रलाई उन्नत बनाउने सवालमा छलफल निष्कर्ष निकाल्न पर्नेमा २ वर्गका बीचमा हुने गरेको तुच्छ प्रतिस्पिर्धा खान पाउने र नपाउनेका बीचमा छ । हामी निमुखा सर्वसाधराणका लागि अचम्भित पार्ने घटनाहरु लकडाउनका बीचमा केही वर्गका लागि भने संजीवनी बुटी जस्तै बनेको प्रमाणित हुँदैछ । विरोध निन्दा जे सुकै भए पनि फरक नपर्ने हुँदा सीमा विवाद कोरोनो आतङ्कले समयकाल परिस्थितिले युगान्तकारी परिवर्तन आफै उत्पन्न हुने आभाष भइरहेको छ, नीति बजेट संसदमा पशे भएपछि वारपार हुने युद्धमा रुपान्तरित हुन कति समय लाग्ला पार्खी कुरी बसेका बर्गहरु रहेकै छन । केही गरी फेल भए संविधानको धारा ७६ (७) त छदैछ, पास भएमा सत्ताधारी मजबुत अवस्थामा हुन्छ र जति विरोध भए पनि अर्थहीन होला, फेल भएमा मध्यावदीका द्वार खुल्न सक्छन, दल विभाजन नकार्न सकिदैन, यो सब चाणै हुने लक्षण देखा पर्दैछन, त्यसपछि नीति कार्यक्रम बजेट कारक तत्व हुन संभव छ, असफल राष्ट्रको परिभाषा खोज्न किन प्रयास गर्नुपर्ला ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *