उदयदेव सहकारीद्वारा किसानको घरदैलोमा धानको बीउ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर ३ जेठ
कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा रहेको उदयदेव सहकारी संस्था द्धारा किसानको गर्दै घरदैलोमा धानको बिउ पुगाउने कार्यको थालनी गरेको छ । विश्वव्यापी रुपमा फैलिएको महामारी “कोभिड–१९“ कोरोना भाइरस लाई नियन्त्रण साथै रोकथामको लागि सरकारले देशव्यापी रुपमा लगाइएको लक डाउनको समयलाई मध्यनजर गर्दै किसानको माग अनुसार धानको बीउ पुगाउने काम लाई तीव्रता दिएको छ ।
किसानले गहुँ बाली भित्र्याउने काम सकेपछि अब बर्खा लाग्दै गर्दा धानबालीको लागि किसानको माग लाई आत्मसात गर्दै धानको बिउ आवश्यक पर्न गएको हुँदा उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महेन्द्रनगरले लक डाउनमा ढुवानिको समस्यका बाबजुद पनि कर्मठ
कर्मचारीहरु मार्फत घरदैलोमा धानको बीउ किसान आत्मानिर्भर बनाउन घर घरमा बिउ पुर्याउने काम भइरहेको संस्थाका प्रमुख गणेश चन्दले बताउनु भएको छ । उनका अनुसार किसानहरु लाई ५० प्रतिशत अनुदानमा कृषकहरुको माग अनुसार कञ्चनपुर जिल्लाका सबै पालिका हरुमा धानको बिउ पुगाउने कार्य बैशाख २९ गते देखि सुरु गरिएको र कृषकको माग अनुसार बेलौरी नगरपालिकामा २१ कुन्टल, शुक्लाफाँटाको झलारिमा १५ बोहरा,भीमदत्त नगरपालिकामा २३ कुन्टल, महाकाली नगरपालिकामा ७ बोरा दिएको छ । भने मनसुली धानको बीउ प्रती ३० किलो लाई प्रती बोरा ११ सय १०, मुल बीउका रुपमा रहेका हल्दिनाथ राधाचार लगायतको बिउ ३० किलोको बोरालाई १ हजार ५० रुपैयाँ दरले सहुलियत दरले किसान लाई घरदैलोमा माग अनुसार बीउ दिने गरेको उनले बताएका छन् ।
किसानको माग अनुसार यो विषमप्रस्थितिमा कृषि ज्ञान केन्द्र ,कृषि सामग्री मलखात केन्द्रले किसानको माग अनुसार उपलब्ध गराउन नसकेको उदयदेवका कार्यालय प्रमुख चन्दले बताएका छन । विषमपरिस्थितिको समयमा खाद्यान्न देखी आर्थिक सहयोग गर्दै सामाजिक सेवामा पनि सकारात्मक
कार्यको थालनी गर्दै आएको एक गैरसरकारी संस्था बहुउद्देश्यीय सहकारी हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *