कोरोना कहर : घरदैलोमा गएर स्पाइनल इन्जरी लाई स्वास्थ्य सामग्री सहयोग








दिशानिर्देश समाचार/महेन्द्रनगर, ३ जेठ
कोभिड–१९ कोरोना भाइरसको विषमपरिस्थितिमा सुदूरपश्चिम प्रदेशका कैलाली, डडेल्धुरा र कञ्चनपुरका स्पाइनल इन्जरी भइ अतिअपांगता भएका व्यक्तिहरूका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयलाई अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
चिनको बुहान सहरबाट फैलिएको कोरोना भाइरसको महामारी लाई रोकथाम साथै नियन्त्रणका लागि देशभर सरकारले लगाइएको लक डाउनको समयलाई मध्यनजर गर्दै बजाएरको बहुच नभएका र अति अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै द ग्लोबल सर्जिकल हाउस धनगढीका सञ्चालक देवराज जोशी, सुदूरपश्चिम फाउन्डेसनका अध्यक्ष भरत शाह र नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीर्घ कुमार स्वाँर आर्थिकको सहयोग तथा अपांगता सहायता प्रतिष्ठानका अध्यक्ष भवानी ऐरको समन्वयमा शुक्रबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
शुक्रबार एक कार्यक्रमका साथ सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीमार्फत स्पाइनल इन्जरी भएका व्यक्तिहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।
घरदैलोमा गएर कैलालीको घोडाघोडी, चल्कीचुहा र टिकापुर नगरपालिका, जानकी गाउँपालिका तथा डडेल्धुराको गन्याधुरा गाउँपालिका २० जना स्पाइनल इन्जरी भइ अपांगता भएका व्यक्तिका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको सुदूरपश्चिम फाउन्डेसनका अध्यक्ष
भरत शाहले बताएका छन ।
जीवनका हरेक पाइलामा असजिलो लाई सहजीकरण बनाउनका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीमा सीआईसी पाइप, फोसिल क्याथेटर, कन्डम क्याथेटर, यूरिन ब्याग, डाइपर, सेनिटरी प्याड, सेनिटाइजर, ग्लोब्स, सिरिज, कटन रोल, साबुनलगायत दिसापिसाब व्यवस्थापनका सामग्रीदेखि सरसफाइका लागि चाहिने अति आवश्यक स्वास्थ्य सामग्री सहयोग गरिएको नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिर्घ कुमार स्वाँरले जानकारी जानकारी दिएका छन ।उनका अनुसार बिहीबार गौरिगंगा नगरपालिका वडा न.१ मंगलपुरमा आफन्तको सहारामा रहेकी स्पाइनल इन्जरी २२ वर्षिय टीका कुमारी पुरीलाई दैनिक जीवन यापनका लागि आवश्यक पर्ने खाद्यान्न सामग्री राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी कर्मचारी मालिगाउँ काठमाडौं निवासी सिन्जा राउत,सुदूरपश्चिम फाउन्डेसन अध्यक्ष भरत शाह र नेपाल पारा ओलम्पिक कमिटी सुदूरपश्चिम अध्यक्ष दीर्घ कुमार स्वारको आर्थिक सहयोगमा ५÷६ महिनालाई पुग्ने गरि सोना मनसुनी चामल, दाल,तेल,नुन,लुगा धुने साबन, डिटोल साबुन र लुगा धुने पाउडर (डिटरजेन्ट पाउडर) लगायतको सामग्री हस्तान्तरण गरिएको थियो ।
निरन्तर सामाजिक सद्भाव र मानवीय हिसाबमा यो विषम परिस्थितिमा एकाएक सबैको साथ र सहयोगमा यसअघि कञ्चनपुरको भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका, बैतडीको पाटन नगरपालिका, डडेलधुराको अमरगढी, नवदुर्गा गाउँपालिका,बझाङको थलारा र कैलालीको धनगढी, गोदावरी र गौरीगंगामा रहेका स्पाइनल ईन्जरी भएका व्यक्तिहरूलाई सहयोग गरिसकिएको स्वारले बताउनुभयो ।







