राष्ट्रिय संकट नेपाल-भारतको नापी विभाग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अन्तराष्ट्रिय साझा संकट कोरोना भाइरस मैले सुनेको छु । गाउँमा छिमेकी सित विवाद पर्दा म मेरो घर जग्गा तिमी भन्दा बलियो सित बेचेर जाउँला भन्ने धम्की दिएको सुन्दै आएको थिए । जुन गलत कुरा थियो र छ पनि । नबोल्ने सही रहनेलाई थिचोमिचो गरी रहने भएकै कारण यो कुरा भनेको हुनुपर्छ तर नेपाल भारत दुई देश विचको सिमाना विवाद सुल्झाउँदै गए पनि दुवै देशका नापी विभागहरुले नेपाल भारतको सिमा अझै एकिन गर्न सकेको छैन । दुवै देशका नापी विभागले नापेको भूमि नेपाली नापी विभागले पनि नेपालको भूमि हो भनि सही छाप गरेको २५/३० वर्ष पछि आफैले जग्गाधनी प्रमाण पुर्जा दिएको जमिन समेत भारतको नै हो भनी सहीछाप गरिदिएका समाचार सुनिने गरेका छन् । जुन कर्मनिष्ट व्यूरोकेसी थियो त्यो आज रहने कम्युनिष्ट व्युरोकेसी भैसकेका छन् । जहाँ भारतले मेरो भूमि भनेर विरोध गरेकै छैन त्यो भूमि नेपालको नापी विभागले भारतको हो भनिदिदा शंका लाग्नु ठीक हो ।
लिपुलेक र कालापानीको विषयमा कुृरा गर्दा हामील के भन्न सक्छौ भने मेरो उमेरको भन्दा बढी उमेरका जेष्ठ नागरिक त्यसमा पनि त्यही कार्य क्षेत्रमा काम गरेका व्यक्तित्वहरु पनि जिवित नै छन् जव नेपाली नेताहरुले अंग्रेजले भारत खण्डबाट छोडेर गयो । त्यस बेलामा अंग्रेजले नेपालबाट लिएको भूभाग डल्लोको रुपमा पंडित जवाहरलाल नेहरु, महात्मा गान्धीको जिम्मा सुगौली सन्धी बमोजिमको जमिन नेपालको पनि छोडेर गयो । शक्तिशाली नेताको रुपमा रहेका पंडित जवाहरलाल नेहरुले जहाँको भूमि जसको हो त्यो भूमि उसैलाई फिर्ता गर्नुको साटो नेपालमाथि तानाबुना बनाउन सुरु गर्यो । जव नेपालका नेताहरुलाई हातमा लियो त्यसपछि नेपालको जमिन आफूले लिई नेपालको भूमि सित प्रजातन्त्र नामको व्यवस्था साट्ने काम गर्यो ।
राजाप्रति जनताको विश्वास हुँदा राजालाई समेत गुमराहमा पारी दरबारबाट भगाई तत्कालिन ३/४ वर्षिय अधिराज कुमार श्री ५ ज्ञानेन्द्र शाह बाहेक सबैलाई भगाई पंडित जवाहरलाल नेहरुको हवालामा पार्न लगायो मानौ अपहरण गरिएका हुन भनेझै । नेहरुद्वारा भनियो हामीले अंग्रेजबाट देश भारत स्वतन्त्र
गर्यौ नेपाललाई पनि राणाहरुबाट स्वतन्त्र गरी प्रजातन्त्र ल्याउने काममा मदत गर्छौ भनेको कुरा न राजा त्रिभुवनले बुझ्यो न राणाहरुले । नेता वि.पी. लगायतकाहरु त नेहरुकै खेताला थिए । नेपाल भारतको मैत्री सन्धी १९५० मा नै गर्नु पर्ने कुनै बाध्यता छैन । १९५५/६० मा पनि गरौला पहिले जमिन हामीलाई फिर्ता देउ भनेर वि.पी. मनमोहन लगायतका कुनै पनि पुराना नेताहरुले भन्न सकेन । पाकिस्थान, म्यानमार लगायत भारतको भूमि फिर्ता हुनु नेपालको मात्र किन भएन हामी पनि अंग्रेज कालापानीमा भारतले सैनिक पोष्ट राखेको १९६२ मा नभई १९५० मा नेपाल भारतको मैत्री सन्धी हुँदा जव राजा त्रिभुवनको सहयोगीको नाममा परराष्ट्र मन्त्रालयको सहसचिव पठायो त्यही बेला ताप्लेजुङदेखि कालापानीसम्म सैनिक सुरक्षा पोष्टहरु भारतलाई नेपालका प्रजातन्त्रवादीहरुको षडयन्त्रमा राख्न दिएको हो ।
राजा महेन्द्रले त पुर्वबाट हटाउँदै इ.स. १९६२ मा त्यस क्षेत्रमा पुग्दा भारत चीनको युद्ध सुरु भएको बेलामा उठाउँदा चीनको पक्षमा लाग्यो भन्ने गुनासो आउने हुँदा युद्ध समाप्त हुना साथ उठाउनु भनेपछि स्वयम् युग पुरुष श्री ५ महेन्द्रको स्वर्ग भैसक्यो र अरु नेताहरुले वास्ता गरेनन् र टेरेन पनि । राजाहरु सित मुकावला र विरोध गरेमा लिम्पियाधुरा उल्टो हुने हुँदा राजालाई दोष नदेउ जसरी जेठ ३ गते भारतका प्रधान सेनापतिले भनिसक्यो कि यो एजेन्डा कसैको सिकायतमा भएको भन्ने आरोप लगाई सकेझै त्यसबेला त झन भारतले नेपाललाई पोल्ने थियो ।
पुरानो पिडीलाई दोष दिएर हुदैन आफ्नो औकातको ख्याल राखी नेपाल र नेपालीको संरक्षण गर्ने काम नेताहरुको हो । किन भने नेता त जनता राजा दुवैको नेता हुन भन्ने कुरा नभुलौ । घर स नभई पर स नगरौं सबै मिलौं देश बचाऔं ।
हाल नेपाल दुई प्रकारका समस्यामा रहेको छ । प्रथम नेपाल भारतको सिमाना अतिक्रमण विवाद हो भने दोस्रो कोरोना भाइरसको आतंक मात्र हैन भारतका प्रधान सेनापतीले चीनको उस्कावटमा हो भन्नु पनि आपत्तिजनक रहेको छ । सुगौली सन्धी तिब्बत नेपाल सन्धी र नेपाल चीन सन्धी सम्झौताहरु चीनलाई पनि थाहा नै थियो भारत सित व्यापारिक सडक खोल्दा नेपाललाई पनि समावेश गराई सिमाबारे एकिन हुनै पथ्र्यो सानो देश छ भनेर कसैले पनि हेप्नु आफैमा आपत्तिजनक हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *