कञ्चनपुरमा लकडाउन खुकुलो, तीन घण्टा बजार खुला

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/ महेन्द्रनगर, २७ बैशाख
कोरोना भाइरस
(कोभिड(१९) कोे संक्रमण फैलिन नदिन डेढ महिनादेखि लागू लकडाउन कञ्चनपुरमा केही खुकुलो पारिएको छ । यही वैशाख २४ गते मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार शनिबारदेखि जिल्ला प्रशासनले लकडाउन केही खुकुलो बनाएको हो ।
सरकारले औद्योगिक (मदिरा बाहेक) क्षेत्र खुला गर्ने निर्णय गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नुरहरि खतिवडाका अनुसार आज (शनिबार)देखि लागू हुने गरी ३ घण्टा (बिहान ५ बजेदेखि ८ बजेसम्म) बजार खोल्न अनुमति दिइएको हो । उनका अनुसार तोकिएका स्वास्थ्य सुरक्षा उपाय अपनाएर खाद्यान्न, फलफूल, तरकारी र दुग्धजन्य पदार्थलगायत अत्यावश्यक सामाग्री बिक्री गर्ने पसल खोल्न अनुमति दिइएको छ । यस्तै राति ९ बजेदेखि बिहान ९ बजेसम्म औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु बोकेका साधन कञ्चनपुर प्रवेश, साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म विकास आयोजनामा प्रयोग हुने उपकरण, सिमेन्ट, छडलगायत निर्माण सामाग्री बोकेका गाडी सञ्चालन, बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक बिक्रीको अनुमति लिएका पुस्तक पसल सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ ।
बैंंक तथा वित्तीय संस्था, अति आवश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालय, सार्वजनिक संस्थामा अति आवश्यक न्यूनतम कर्मचारीलाई आलोपालो मिलाई कार्य सञ्चालन गर्न सकिने छ । शैक्षिक संस्था, सिनेमा हल, पार्टी प्लेस, सार्वजनिक जमघट, धार्मिक स्थलमा हुने भेला एवं धार्मिक तथा सांस्कृतिक कार्यक्रम, खेलकुद स्थल, सैलुन तथा ब्युटी पार्लर, होटल/बार/रेस्टुरेन्ट, फ्रेस हाउस तथा मासु पसल भने बन्द नै राख्नुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले देशमै पहिलोपटक चैत ९ गते राति १२ बजेदेखि लागू हुने गरी अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्किन प्रतिबन्ध लगाएको थियो । सुदूरपश्चिमका सबै संक्रमित निको भएर घर फर्केको भोलिपल्ट कञ्चनपुर प्रशासनले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो । शुक्रबार सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिला पनि निको भएर शुक्रबार डिस्चार्ज भएकी थिइन् । यसअघि सेती अस्पतालमा उपचार गराएका ४ जना भने निको भएर घर फर्किसकेका थिए । योसँगै सुदूरपश्चिमका सबै पाँचै संक्रमितहरु निको भइसकेका छन् ।
सरकारले देशव्यापी रुपमा भने चैत ११ देखि लकडाउन लगाएको हो । पछिल्लोपटक थप गरिएको लकडाउन अवधि जेठ ५ गतेसम्म छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *