४३ योजनालाई काम गर्ने अनुमति

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/ महेन्द्रनगर, २० बैशाख
लकडाउनका कारण विभिन्न भौतिक पूर्वाधारका काम रोकिएपछि सम्बन्धित आयोजनाले काम गर्न अनुमति लिएका छन् । लकडाउन भएपछि साना, मझौला र ठूला आयोजनाको काम रोकिएको थियो । लकडाउन लम्बिएपछि तीनै प्रकृतिका आयोजनाले कामका लागि जिल्ला प्रशासनबाट अनुमति लिएका हुन् । हाल ४३ आयोजनाले काम सुचारु गर्न अनुमति लिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सूचनाअनुसार महाकाली पुल आयोजना, महाकाली सिँचाइ तेस्रो चरण, हुलाकी राजमार्ग, विभिन्न पुल–पुलेसा, कल्भर्ट, सडक तटबन्ध लगायतका योजनाले कामका लागि अनुमति लिएका हुन् । लकडाउनका कारण देखाउँदै कतिपय ठेकेदार कम्पनीले अनुमति लिएर काम गर्ने–नगर्ने सबै विषयमा अनुगमन गर्नसमेत अनुरोध गरिएको छ । विभिन्न साना, मझौला र ठूला आयोजनाको अनुमतिसँगै विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ ।
१६ सयभन्दा बढीको आरडिटी कञ्चनपुरमा हाल सम्म १६ सय ६ जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको छ । त्यसमध्ये दुईजनाको पोजेटिभ देखिएको छ भने अरू सबैको रिपोर्ट नेगेटिभ आएको छ । एक सय ९९ जनाको स्वाब टेस्ट गरिएकोमा दुईजनाको रिपोर्ट आउन बाँकी छ । एक सय २२ जना क्वारेन्टाइनमा रहेका छन् ।
त्यसैगरी बिरामी, सुत्केरीलगायत दुई सय ४६ जनाले पास पाएका छन् भने आठ सय ४८ अस्वीकृत र २७ पेन्डिङमा रहेका छन् । कैलालीदेखि कञ्चनपुरको प्रवेशद्वार कृष्णपुर नगरपालिका– ५ गुलरिया गजरौलाबाट जिल्ला प्रवेश गर्ने क्रम जारी छ । लकडाउनका वेला कञ्चनपुरको पूर्वीद्वारबाट ११ दिनमा दुई हजारभन्दा बढी स्थानीय भित्रिएका छन् । त्यस्तै काठमाडौंलगायतका विभिन्न जिल्लाबाट वैशाख दोस्रो र तेस्रो साताको अवधिमा दुई हजार ५३ जनाले प्रवेश गरेका हुन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *