कोरोना त्रासः सशस्त्र प्रहरी घामपानी नभनि सुरक्षा गस्तीमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, २० बैशाख
सशस्त्र प्रहरी घामपानी नभनि सुरक्षा गस्तीमा निरन्तर खटिएका छन् । उत्तरी छिमेकी देश चीनको बुहान शहरबाट देखिएको कोरोना भाईरस यतिबेला विश्वका शक्तिशाली राष्ट्रदेखि विकासोन्मुख मुलुकसम्म प्रभाव पारेको छ ।
कोरोना भाईरस(कोडिभ १९) रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसियाका नेपाल–भारत दुवै देशले लकडाउन गरेको छ । कोरोना रोकथामका लागि सरकारी संयन्त्र र नागरिकको पनि उत्तिकै भूमिका हुन्छ । सरकारले आब्हान गरेको लकडाउन प्रभावकारी बनाउन सुरक्षा निकाय र नागरिकको भूमिका देखिन्छ । तर, अटेरी गर्ने नागरिकमाथि कार्बाहीका लागि सुरक्षा निकायको एक कदम भूमिका बढि नै हुन्छ ।
नेपालका सुरक्षा निकाय, स्वाथ्यकर्मी, जनप्रतिनिधी केही सरकारी संयन्त्र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रमोर्चामा देखिएका छन् ।
कोरोना संक्रमण फैलिन नदिन नेपाल भारत दुवै देशविच सीमा क्षेत्रमा आवत पूर्ण बन्द गर्ने सहमती अनुरुप कडाई गरिएको
छ । दुईतिर भारतसंग सीमा जोडिएको कञ्चनपुरमा समेत सीमा क्षेत्रमा कडाई पारिएको छ । मुख्य गरेर सीमा सुरक्षा, अपराध र
राष्ट्रिय सम्पति संरक्षणको जिम्मा पाएको सशस्त्र प्रंहरीले कञ्चनपुरमा कोरोनाको चैन तोड्नेदेखि सीमासिलबन्दी गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीले सीमा क्षेत्रमा थप जनशक्ति परिचालन गरेर सीमा क्षेत्रमा उच्च कडाई एव निगरानी गरेको छ ।
यस्तै सशस्त्र प्रहरीले यो बैशाखको चर्को घाम र संगै भएको नियमित बर्षातपानीमा समेत कोरोना जित्नका लागि घामपानी छिचोल्दै नागरिकको
सुरक्षामा खटिएको छ । १२९.५ किलोमिटर सीमा क्षेत्र सहित आसपासका क्षेत्रमा पहरा टहरा बनाएर नियमित गस्ती मार्फत पनि कुनैपनि मानिसलाई सीमाबाट वारपार्न गर्न दिएको छैन् । भारतबाट आएर नेपाल प्रवेस गर्ने खोज्नेलाई उतै फाईदिएको छ, भने नेपालबाट भारत जानेलाई रोकेर क्वारेन्टाईनमा राखिरहेको छ ।
सशस्त्र प्रहरीले बल ३५ नम्बर गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीरसिह शाहुले सरकारले दिएको जिम्मेबारी निर्वाह मात्रै गरेको बताए । उनले हामी सशस्त्र प्रहरीले नागरिकको सुरक्षाका लागि २४ सै घण्टा खटिने बताउदै घामपानी आँदिहुरी यस्ता विषय गौण भएको बताए । ‘हामीले अहिले कोरोना भित्रिन नदिन जे जति प्रयास गर्नुपर्छ, त्यो गरिरहेका छौँ, ‘सशस्त्र प्रहरी उपरीक्षक शाहुले भने, ‘सशस्त्र प्रहरीले देश र जनताको सेवा गर्दै जाने हाम्रौ त काम कर्तव्य नै हो ।’
सशस्त्र प्रहरीले कञ्चनपुरमा कोरोनाको चैन तोड्नेदेखि लकडाउनको बेला अवैध हतियार रोक्ने जनप्रतिनिधीको गाडी नियन्त्रणमा लिनुदेखि लागु औषधका तस्कर नियन्त्रण लगायतका कोरोना रोकथामका काम गरेको भन्दै सरकारी तथा नागरिक स्तरबाट सशस्त्र प्रहरीको कामको चौतर्फि प्रसंसा गरिएको छ ।
१४ चैत्रमा भारतबाट आएका बेदकोट नपा १० चतहरीका ४१ बर्षिया ईन्द्र विक सहितका ११ जनालाई ब्रम्हदेबदेखि नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राख्नु र २५ चैत्रमा गुलरियाबाट अवैध हतियार बोकेका वडाध्यक्षको गाडी नियन्त्रणमा लिएपछि कञ्चनपुरमा अहिलेसम्म न
रोकोनाको संक्रमण देखिएको छ, न कुनै थप जनप्रतिनिधी हतियार बोकेर कञ्चनपुर आएका छन् । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा संयुक्त एकल गस्ती,
राजमार्ग, मुख्य बजार, नाका, प्रवेसद्वार, वन, गाउँघर बस्तीहरुमा नियमित गस्ती समेत बढाएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *