राज्य व्यवस्थाको एकीकरण र प्रादुर्भाव

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको
लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)

राजधानीमा दीपावली हुनु ७४ स्थान प्राप्त दलबाट तत्काल अधिराज्यको कुनै क्षेत्रमा प्रभावकारी प्रतिक्रिया नहुनु र सो घोषणाको व्यापक स्वागत हुनुले पुस १, २०१७ को कदमको औचित्य स्वतः सिद्ध गरेको छ । २००७ साल देखि २०१७ सालसम्मका लागि भएका प्रजातान्त्रिक प्रयोगहरु असफल हुनुमा राष्ट्रको अविकसित स्थिति केही हदमा जिम्मेवार रहेतापनि बढी हदमा जिम्मेवार चाहि तत्कालिन राजनैतिक व्यक्ति र दलमै रहेको कुरा स्वदेशी एवं विदेशी विश्लेषकहरु एकमतले स्वीकार गर्दछ ।
२००७ साल देखिनै श्री ५ त्रिभुवन तथा श्री ५ महेन्द्रबाट जनप्रतिनिधिहरुबाट शासन व्यवस्था चली जनता र राष्ट्रको कल्याण होस् भन्ने अभिप्रायले विभिन्न व्यक्ति र दललाई वारम्बार अवसर बक्सेको, राजनैतिक समुह र व्यक्तिसंग छलफल गरी प्रत्येक समस्याको समाधानमा प्रजातान्त्रिक वातावरण सहभागिता खोजेको, गलत बाटोमा लाग्दा पनि राजनैतिक समुहहरुलाई सामयिक चेतावनी र मार्गदर्शन पनि भएको यथेष्ट उदाहरणहरु पाईएको छ ।
तर राणा शासनको पतन पश्चात् २०१७ सम्मकै प्रत्येक राजनैतिक समुह जनता, राष्ट्र र राजाभन्दा आफुलाई माथि राखी राष्ट्रको वस्तुस्थिति र विशेषता लत्याएको, राजनैतिक दलकै रुपमा समेत आफुलाई राष्ट्रभरी संगठित र अनुशासित गराउनुको साटो केन्द्र र सत्ताकै मोहकै भन्किरहेको, समस्या समाधानको लागि राष्ट्रिय दृष्टिकोण र सहयोग खोज्नुको साटो विदेशी मुख ताक्ने र षड्यन्त्र पनि गर्न नहिच्किचाउने प्रवृति देखाएकोमै मात्र ठिक अरु बेठिक भन्ने भावना प्रदर्शित गरेको पाईन्छ । आठ वर्षको अस्थिरता पश्चात् भएको चुनाव र त्यसबाट सरकार बनाउन मौका पाएको दलले बहुमतको अहंकार प्रदर्शन गरी अल्पमत लत्याउँदा नै अरु पक्षलाई हर कुराको निमित्त संघर्षमा उत्रनु पर्ने बाध्यता सिर्जना गर्यो ।
यसले विकासका सबै पुर्वाधार सिर्जना गरी श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहबाट थालिएको नेपालको एकीकरण अनुरुप राष्ट्रियता, राष्ट्रि एकता र स्वतन्त्रता सुदृढ गर्दै जनता र राष्ट्रको कल्याण गर्न वातावरणको प्रतिकुल वर्गसंघर्ष, साम्प्रदायिकता र एक अर्कासंग दुश्मनी गर्ने विषक्त राजनैतिक वातावरण मात्र सिर्जनगर्न पुग्यो ।
राजा त्रिभुवनप्रति अझ भनौ राजसंस्थाप्रतिको नेपाल िआस्था र विश्वासको कारणबाट सम्भव भएको २००७ सालको परिवर्तनलाई कुनै संगठन र त्याग जस्ता आधारभुत प्रजातान्त्रिक भुमिका निर्वाह नै नगरी रातोरात स्वयं घोषित नेता र दलले प्रजातन्त्रको नाममा देखाएको असहिष्णुता र अव्यवहारिकताबाट नै चिन्तित राष्ट्रपिता त्रिभुवनको असमायिक स्वर्गारोहण भयो, तर प्रजातन्त्रलाई जनता र राष्ट्रको हितको निमित्त र हित अनुकुल प्रयुक्त गरी नेपालको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकताको संरक्षण र सम्बद्र्धन गर्ने आयित्व पालना गर्न राजा महेन्द्र नेपाली माझ र्हाबक्सेको कारणले स्थिति बिग्रनु अघिनै निर्णायक कदम सम्भव हुन सक्यो । पुस १, २०१७ सालको कदमले नेपाललाई पंचायत व्यवस्थाको माध्यमबाट राष्ट्रिय प्रजातान्त्रिक व्यवस्थाको अभ्यास गर्ने युगमा प्रवेश गरायो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *