युवाहरुलाई स्थायी रोजगार हुनुपर्ने








बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
हाम्रो राष्ट्र महान स्वाभिमानी छ तर राज्यका नेताहरु निरिह अधिकांश भ्रष्ट भएकाले युवायुवतीहरु अलपत्र रहेका छन् । देशका नागरिकहरुलाई रोजगारीको बन्दोबस्त मिलाउने काम सरकारको हो भन्नमा कुनै आपत्ति छैन । सरकारको लागी देशभक्त सबै नागरिकलाई एकनाशका सोच्नु पर्दछ सबै भन्दा दुःखको कुरा के भने हरेक काम कुरामा युवा युवतीहरु राजनीतिक पार्टीहरुका बीच भागबण्डा गरिएको कारणले गर्दा युवाहरुले एकनासको व्यवहार प्राप्त गर्न सकि राखेको छैन ।
राष्ट्र चलाउन जतिसुकै राम्रा मानिस भए पनि यदि सानो वा अलग पार्टीको छ भने उसलाई मौका मिल्दैन । प्रजातन्त्र भनेको बहु पार्टी सिस्टम मात्र नभएर अरु तरिका पनि हुन्छ तर सबै जनताले एक नास सित बुझ्ने मौका पाउँदैनन् । विश्व भरीको राजनीति अभ्यासमा नै अल्मलिएको भए पनि युरोपियन देशहरुले सबै व्यवस्था भोगी सकेकाले प्रजातान्त्रिक व्यवस्थालाई सर्वोपरी ठानेका छन् । तर प्रजातन्त्र चिन्न सक्नु पर्दछ । हामीले प्रजातन्त्रलाई चिन्न सकेका छैनौं, सोचाईमा खास गरेर प्रजातन्त्रको नाम दिएर आफूले मोजमस्ती गर्ने बहुमतको नामबाट अल्पमतलाई पेल्ने प्रवृतिको विकास हुनु हानीकारक हो । अल्पमतले बहुमतलाई खुसी पार्नु सर्वमान्य नीति अपनाउनु प्रजातन्त्र थियो हो र रहनेछ । बहुमत भन्दा सुधारिएको अल्पमत नै राम्रो हो अल्पमत विद्वान वर्गका हुन बहुमत हावादारी खरिद विक्रि स्वार्थी मत हुन, त्यसकारण स्वार्थी बहुमतको भरोसा हुदैन तर भरोसा युक्त अल्पमतको विरोध कही कतैबाट हुदैन कारण अल्पमतलाई बहुमतको डर हुन्छ र बहुमतको कदर गर्दै राज्य सञ्चालन गर्नुपर्छ ।
नेताहरुलाई मन नपर्नु अलग कुरा हो तर दल नभएता पनि निर्दलिय पंचायती व्यवस्था जनताको हितमा थियो तर प्रतिस्पर्धीहरुको लागी राम्रा थिएन किन भने जनता विभाजन गरेर जनता फुटाएर शासन गर्ने युक्ति निर्दलीय व्यवस्थामा थिएन । गाउँबाट केन्द्रीय नेतृत्व छान्न पाउने मौका पनि थियो तर आज त्यस्तो छैन बोल्नेको आटो विक्छ नबोल्नेको पिठो पनि बोल्दैन भनेझै भएको छ । नेपालमा नेल्सन मण्डेला, अब्राहम लिंकन जस्ता व्यक्तिहरुको जव सम्म जन्म हुदैन तब सम्म देशमाथिको बाह्य शक्ति हावी रही रहनेछ । रोजागरीका प्रसस्त बाटाहरु छन तर कसले औल्याई दिनु यस्तो व्यवस्थामा । देश अविकसित छ देशका युवालाई रेमिटान्स कमाउन पठाएका छौ तर रेमिटान्समा स्वाभिमानता छैन स्वाभिमान गुमाउनु परेको छ, उद्योगमा लगानी चाहिन्छ ढिलो प्रतिफल दिन्छ भन्ने कुरालाई ध्यानमा राखी नेपाल सरकारले बन जन्य, कृषिजन्य तथा भूगर्वजन्य ठूला उद्योगहरु सरकारी स्तरबाट खोली विदेशिनेका युवालाई रोजगारी दिई रेमिटान्सको ठाउँमा उत्पादन विक्रि गरी विदेशी मुद्रा आर्जन गर्नु पर्दछ । आज नेपालका निजि औद्योगिक, निर्माण व्यवसायीहरुले समेत विदेशबाट कामदार खोजी ल्याउनु मात्र हैन परिवारलाई पेश्की स्वरुप केही रकम अग्रिम समेत दिनु परेको अवस्था रहेको छ । हुन त मेले २०४६ साल देखि मन्त्री ज्यूहरुलाई समेत भेटेर तथा २०६४ सालदेखि लेखेर भन्दै आएको छु निजि कम्पनीहरुलाई इमान्दार कामदार चाहिएका हुन्छ भ्रष्टाचार गर्न नपल्केका युवाहरुलाई दक्ष बनाई कामदारको रुपमा रेजर्व राखी रोजगारी नपाउन्जेल सम्म सरकारले तलब दिने र पछि तोकिएको ज्यालामा काम गर्ने गरी आफूले बचाई राखेका दक्ष कामदार निजी कम्पनीलाई उपलब्ध गराई दिने अर्थात योजना बनाउँदा नै मानव ज्याला ल.ई.मा समावेश नगरी कम्पनीलाई मेनपावर उपलब्ध गराई युवाहरुलाई रोजगारी उपलब्ध गराउनु पर्ने हाम्रो राय छ ।
जव सम्म कम्पनीहरु सित काम हुदैन तबसम्म सरकारले रोजगारीको बन्दोबस्त मिलाउने काम गर्नु उत्तम हुनेछ । जस्तो कि भारतमा इध्म् को कार्यालय छ सडक भवनको काम आफूले पनि गराउने गरेको छ भने अर्को तर्फ पाईनियर कम्पनि अल्प सैनिक तरिकाको जस्तो कि भारतीय कम्पनीले त्रिभुवन राजपथ निर्माण गरेका थिए ।
त्यस्तै निर्माणको काम सेनाबाट नगराई सेनाको नेतृत्व भएपनि यस्तो नयाँ ग्रुपखोली रोजगारी दिनकै लागी व्यवस्था गरिदियो भने निजी कम्पनिको पनि
इमान्दारीतामा बृद्धि भई भ्रष्टहरुलाई पनि कठिन हुने थियो । यसरी काममा पनि प्रगति हुने र भ्रष्टाचारमा कमी आउने हामी देख्दछौं ।







