संविधानको अवसान

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

थानेश्वर प्रसाद भट्ट
वरिष्ठ अधिवक्ता
महेन्द्र विद्याभूषण तथा त्रि.वि.वि.स्वर्णपदक प्राप्त

संविधान देशको मूल कानून हो, यससँग बाझिएका ऐन नियम कानून परिपत्र आदेश निष्क्रिय, अमान्य (Ullrovires) null & Void हुन्छन् संविधान बदको मौलिक तत्व भित्र पर्दछ । नेपालमा संविधान नामकरण नगरिए पनि नेपाल अधिराज्यको वैधानिक कानून २००४ लाई पहिलो संविधानका रुपमा लिइन्छ । नेपाल अन्तरिम शासन विधान २००७ लाई अल्पसमयको अन्तरीम संविधान भनिए पनि २०१६ साल सम्म रह्यो, नेपाल अधिराज्यको संविधान २०१५ लाई २०१६ साल आषाढ १६ गते देखि लागु गरियो, २०१९ पौष १ गते नेपालको संविधान२०४७/७/२३ गतेदेखि नेपाल अधिराज्यको संविधान २०६३/१०/०१ गते नेपालको अन्तरीम संविधान २०७२/६/३ गते नेपालको संविधान जारी भयो । यस प्रकार अल्पसमयमा नै मूल कानूनहरुको अवसान किन भयो र हुदैछ यस सम्बन्धमा विश्लेषण हुनु पर्दछ भन्ने जिज्ञासा जागृत हुँदा समीक्षा गरिएको हो ।
२०७२ को संविधान परोक्ष रुपमा अवसान भई सकेको छ । अविश्वशनीय, अकल्पनीय निषेधित प्रकारको आभाष हुने गरी निर्मित मूल कानून मृगमरिचिका जस्तै भइरहेको छ । यसको एउटै उदाहरणका रुपमा मौलिक हक हेर्दा स्पष्ट हुन्छ । त्यसमा खाद्य, शिक्षा स्वास्थ्य आवास आदि ग्यारेन्टी गरिएका छन् । जुन कागजमा सिमित भए देशको झण्डै आधा जनसंख्या पेट पाल्न वैदेशिक रोजगारीका नाममा नारकिय यातना सहित दासत्वको जीवन विताउन बाध्य छौं । रोजगारी दिने संविधान धरासायी भएको नमूना छ । यस सम्बन्धि विवरणमा नगएर अन्य शासकीय स्वरुप व्यवहारिक कार्यान्वयन के भएको छ यसको समीक्षा आवश्यक छ । निर्वाचनमा मतदाताले रुचाएको दल व्यक्ति निर्वाचित हुन्छन् भन्ने विश्वव्यापि मान्यता रही आएको छ । प्रतिनिधि हुन चाहनेका लागि निर्वाचन खर्च सीमा तोकिएको छ । २५ लाख सम्म माननीय ज्यूका लागि छुट गरिएको छ । निर्धन योग्य सक्षम राष्ट्रभक्तका लागि कुनै ठाउँ बाँकी रहदैन । समानुपातिक जुन मनसायबाट ल्याईएको थियो त्यसमा नाता कुटुम्बी इष्टमित्र धनाड्यहरुकै बोलवाला देखिने गरिएको छ । ३ तहका सरकार भनि राष्ट्रको ढुकुटी सखाप पार्ने काम भएको अर्को तर्फ भ्रष्टाचारको दरमा व्यापक बृद्धि भई रहेको आधिकारिक निकायहरुबाट नै व्यक्त भईरहन्छन् । झण्डै दुई तिहाईको बहुमत प्राप्त सरकार शक्तिशाली छ भन्ने भ्रम टुटी सकेको छ । अपवादका रुपमा विश्वपरिवेश साम्यवादीहरुका लागि रक्षात्मक भएका बेला नेपालमा यो उत्कर्षमा पुग्नु पर्ने कारण के थियो ? यक्ष प्रश्नका रुपमा यसको समीक्षा विभिन्न कोणहरुबाट हुने गरेको हो । कम्युनिष्टहरुमा टुटफूट धेरै हुन्छ भन्ने भ्रम हो भनि अल्प समयका लागि देखाउने कोशिस भए पनि यसरी तहस नहस भएको छ कि छिपाउन असम्भव भएपछि प्रकट मात्र भएन यसबाट विविध घटनाक्रमहरु तीब्र गतिमा दौडी रहेका छन् । लगभग दिनहूँ नयाँ नयाँ घटना मिश्रित समाचार सुन्नु परेको छ । यसबाट मलाई कुनै आश्चर्य लागेको छैन । वर्तमान संविधान चल्न सक्तैन । कथित परिवर्तन अल्पायुमा नै अवसान भएर असफल राष्ट्रतर्फ नेपाल उन्मुख छ भनि बोल्दै लेख्दै आएको छु । नेपाली हामीमा कति ल्याकत क्षमता आत्मसम्मान बाँचेको छ । यसतर्फ पनि व्याख्या हुनै पर्दछ केही गरेन भन्ने दल वा समूहलाई विजयी गराउने र निर्वाचन खर्च बेहिसाव गरिन्छ यो यथार्थ छिपाएर साध्य हुने नै होइन । नेपालीहरुमा शासन गर्ने क्षमता नैतिकता सुझबुझ कति रहेछ त्यो कोरोना त्रासबाट नै स्पष्ट भईरहेको छ । विदेश वा स्वदेशमा रहेका नेपालीहरुका व्यथा चित्कार सुन्ने बारिस नै भएन त्यस्तो भन्नु लेख्नु पनि स्वयम्लाई जोखिममा पार्नु जस्तो भएको छ । भ्रष्टाचार शब्दको नयाँ संस्करण नामाकरण गरिनु अहिलेको आवश्यकता बनेको छ । यो भन्दा मीठास पैदा गर्ने लवज राखिनु पर्दछ । यो नभई आन शान रवाफ धाक केही रहदैन । पोल खुल्यो भने मर्नु न बाच्नु पनि गराउँछ । हाम्रो समाज नै भ्रष्टाचारको दावालयमा प्रवेश गरेको छ । जसले भ्रष्टाचार गर्न सक्तैन त्यसलाई निकम्मा संझने प्रवृत्ति परिवार देखि राष्ट्र सम्म व्याप्त छ । शासनमा पुग्नेहरु आम सर्वसाधारणका लागि केही गर्ने भन्दा पनि कसरी दोहन गर्न सम्भव छ त्यसलाई हेरी रहेको पाइन्छ । कानूनको शासन भनि उपहाँस गरिए पनि समान रुपले लागु हुदैन यही विभेद भनेर त समय समयमा आन्दोलन भए तर सव व्यर्थ अहिलेको स्थायी सरकार सर्वाधिक संकटमा छ । भोकाएको व्वाँसो अनि मुसा प्रवृत्ति खुलेरै देखियो । आयाराम गयारामका खेल जुड्ने् काम पनि तिब्र गतिमा हुदैछ । विना प्रसंग र परिवेश संविधानलाई शंशोधन गर्ने गरी ल्याईएका र खारेज भएका २ अध्यादेश अपरिपक्व मूर्खहरुका तानावाना सिद्ध भए, यसको सन्देश भने स्पष्ट गएको छ । २०७२ को संविधान अवसान भयो उसै पनि धेरै वर्गहरुका यसमा विमति छदै थियो । सचिवालय बैठकमा भएका दृश्यहरु रणभूमि जस्तै बनि रहेका छन् । अव चाणै नै अप्रत्याशित घटित भए पनि आश्चर्य नमान्नु पर्ने भएको छ ।
यो प्रश्न बारम्बार मनमा आइरहन्छ । के यी तमाम घटनाक्रम गोर्खेहरुकै दिमागका उपज हुन ? वास्तविकता यस्तो देखिदैँछ कि देशी विदेशी तत्वहरुबाट नेपाल रणभूमिमा रुपान्तरित भईरहेको छ । आउदा दिन भयानक हुनेछन् । करोडौं बेरोजगार स्वदेश फर्कन बाध्य छन् । आयका श्रोत केही देखिदैन वैदेशिक सहायताका संभावना क्षीण हुदै गएको, कृषिका विषय उठाईए पनि जंगली जीवहरुको व्यवस्थापन नहुँदा जमिन बाझो रहेका छन् । पूजी पलायन हुने खतरा पनि छ । तलब भत्ता घुसकै लागि रकम नपुगेपछि शासन व्यवस्था कसरी चल्छ ? जम्मै बस्तु आयातित मात्र हुने क्रम शक्ति नहुने भएपछि देश र जनता नै क्षीणकाय हुँदै गए संविधानको अवसान स्वतः हुन्छ । विडम्बना र त्रासको विषय यो छ कि विकल्प पनि सुखद देखिदैन । यथास्थितिमा पनि रहन सक्तैन ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *