प्राकृतिक प्रकोपमा पनि एकता गर्न नसक्ने नेताहरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जसले राजद्वारे राजदरबारमा संकटको बेला र मसानघाटमा जसले साथ दिन्छ त्यसको पहिचान भई रहन्छ राष्ट्र संकटमा परेको बेलामा होस वा आफन्त संकटमा परेको बेला र दुःख विरामी हुँदा उपचार तथा मृत्युपछि मसानघाटमा जसले साथ दिन्छ त्यो नै सच्चा आफन्तको पहिचान गरिन्छ भन्ने गज्जवको नीतिबचन रहेको छ ।
आज राष्ट्र, राष्ट्रका जनता संकटमा छन, हाम्रो जीउधनको सुरक्षा तथा देशमा नै शान्ती सुव्यवस्था कायम गर्न भनेर हामीले आफ्ना जनप्रतिनिधि छान्यौ जनताबाट निर्वाचित भएका हौं भन्ने घमण्ड बाहेक अरु केही देखिएन । जहिले पनि बहुमतको राजनीतिक पार्टीमा फुट पैदा मात्र भई देशलाई संकटमा पारेको इतिहास मात्र देखिन्छ ।
२०१५ सालमा २ तिहाईको सरकार वि.पी.को थियो घमण्डकै कारण अपदस्त भयो । २०४६ पछि गिरिजाको अर्थात ने.का.को सरकार थियो बहुमत छदै सांसद भंग भयो । आफूले शासन गर्न नसकी पार्टीलाई २ भागमा बाड्यो, देउडाद्वारा सांसद भंग गर्न लगायो आफूले रत्नपार्कमा सांसद सभाको बैठक बसाले जनतालाई भ्रममा राख्न दोष राजा र एमालेलाई दियो अन्तमा पार्टी भित्रको खिचातानीले गर्दा देशलाई बहस छलफल गरेर चलाउनुको ठाउँमा देश विदेशबाट हातहतियार जम्मा गरी राज्यमा अशान्ति फैलाउन माओवादीलाई अगाडी सार्यो ।
नेपालीले नेपालमा सहमति नगरी भारतको न्वईडाबाट नेपालको विरुद्धमा ७ पार्टी सित उतैको अभिाभावकत्वमा १२ बुँदे सम्झौता भयो तर नेपालमा जसको सरकार थियो उसको कुनै वास्ता गरिएन द्वन्दकालको फाइदा शान्ति सम्झौताको नाम दिएर गर्यो । जति जति बहुमत हुन्छ त्यति नै देशले
खतरा व्यहोर्नु परेको छ । वर्तमानको कठिन अवस्थामा बहुमतलाई अल्पमतमा पार्ने प्रयास नै विधेयक पास गर्नु थियो । नेपाली जनतालाई बहुमत दुई तिहाईको कुनै वास्ता छैन केवल जनता सुखशान्ति चाहन्छन् । पार्टीहरुले देशमा संकट आएको बेला एकता गर्न सकेन भने बाँकी अवधीमा सक्ने
कुरै भएन ।
२००७ देखि गिरिजाको अवसानसम्म त राजालाई दोष दिएर बच्ने कोसिसमा थिए अव न राजा रहे न गिरिजा फेरी पनि उस्तै उस्तै भई रहेको छ । बाबुरामले अरिङ्गालको गोलोमा ढुंगा हानी भागे । जनता पनि जो बाट व्यक्तिगत फाइदा हुन्छ उतै जान्छन् भने यो देशको अवस्था अन्तमा गएर के हुने हो भन्ने मानस पटलमा रहेको छ । राम्रा नराम्रा जे जस्ता भए पनि वर्तमानको सरकार प्रमुख यसै राष्ट्रका हुन काम गर्ने अरु छन उनलाई त मर्यादाको लागी राखेका भए पनि उनको नाम बेची असंंबैधानिक काम गर्न गराउनमा रमाउनु यो देशको हित विपरित हुने हुँदा प्राकृतिक संकटको बहाना बनाएर भए पनि एकजुट भएर रहने प्रयास गरौं त्यो नै देशको हितमा हुनेछ । हाम्रो लागी त जसले शासन गरेपनि स्वच्छता दिनु पुर्यो त्यो जिम्मा नेताहरुको हो जिम्मेवारी निभाएको छैन ।
लकडाउनले गरिखाने बर्गहरु भोगभोकै बस्न बाध्य भएका छन्, उनीहरुको लागि सरकारले उचित प्रबन्ध मिलाउनुपर्ने जनस्तरबाट आवाज उठिरहेको छ, यसको समाधान सरकारका पदाधिकारीले चाडो समाधान गर्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *