लकडाउनलाई सदुपयोग गर्दै उत्पादनसँग जोडनु आवश्यक








दिशानिर्देश समाचार
महेन्द्रनगर, १३ बैशाख
नेपालीका लागि लकडाउन अवसर र चुनौति दुवै हो । तर यसलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा सम्बन्धीत निकायबाट योजना अघि बढाउनुपर्ने कञ्चनपुर उद्योग वाणिज्य संघले धारणा अघि सारेकोछ । स्थानीय बस्तु तथा सेवाको प्रर्बद्धन गर्दै आएको वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले जसको घरमा चुलो नै बल्दैन्, त्यसलाई दैनिक गुजारा चलाउन राहत दिनुपर्ने धारणा राख्छ । ‘यो हाम्रो लागि चुनौती र अवसर पनि हो, ‘उनले भने, ‘हामी जहिल्यै हरेक बस्तु तथा भारतबाट खरिद गछौँ, त्यसलाई पनि विस्थापन गर्न सकिन्छ ।’ समाजिक दुरी कायम गरेर घरमा
तरकारी उत्पादनदेखि विभिन्न विकास निर्माणका काममा खटाउनुपर्ने बताए । ‘एकोहोरा राहतका राहतै वितरण गरेपनि केही हुँदैन, ‘उनले भने, ‘नाकाबन्दी भएको छ, यसबेला हामीले कम्तिमा तरकारी त उत्पादन गर्नुपर्छ ।’
बजारमा तरकारी एव फलफुल केराको माग बढिरहेको भन्दै उनले यसतर्फ पनि सरकारी निकायले ध्यान दिनुपर्नेमा जोडदिए । ‘स्थानीय स्तरमै विभिन्न रोजगारीका कार्यक्रम प्रर्बद्धन गर्न सकिन्छ, ‘उनले भने, ‘लकडाउन भनेपछि घरभित्रै बस्ने, सरकारले दिएको राहत खाएर सिध्याउने मात्र नभई खेतमा गएर केही न केही उद्यम गरेर बस्तु उत्पादन गर्न सकिन्छ ।’ खेतमा समाजिक दुरी कायम गरेर काम गरिरहेका व्यक्ति समुहलाई कसैले पनि पक्रान नगर्ने बताउदै उनले बस्तु उत्पादन तर्फ सरकारले सानादेखि ठुला योजना ल्याउनुपर्ने बताए ।
बरिष्ठ उपाध्यक्ष जोशीले बस्तु उत्पादन गरेर निर्यात गर्ने कार्य नै आत्मनिर्भर भएको बताउदै अर्काको देशबाट खरिद गरेको बस्तु तथा सेवा बिक्रि गरेर कहिल्यै आत्मनिर्भर बन्न नसकिने बताए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले लकडाउनको समयमा विभिन्न व्यवसायिक कृषि खेतीका लागि पहल भईरहेको बताए । उनका अनुसार मन्त्रालयले निर्देशन अनुरुप कैलाली कञ्चनपुरका २२ वटै स्थानीय तहका कृषि शाखामा योजनाको माग ल्याउन पत्राचार गरिएको छ । ‘यो तरकारीको सिजन पनि हो, ‘उनले भने, ‘सबैले लकडाउनमा जे जति सकिन्छ, तरकारी उत्पादन गर्नु आत्मनिर्भर बन्नु हाम्रो लागि सुखद विषय पनि हो ।’ किड र बीउबिजन उपलब्ध गराउने उनले बताए । यस बारेमा सम्बन्धीत निकायसंग समन्वय गरेर बर्षको दोस्रोखेति पछि खाली खेतमा तरकारी उत्पादन गर्न सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।







