दोधारा चाँदनीका बिपन्न परिवारलाई खाद्यान्न बितरण : स्थानीय खुशी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १३ बैशाख
माहाकाली नगरपालिका वडा नं. ६ बादी बस्तीका बिनोद बादी माहाकाली नगरपालिकाले उनलाई राहत स्वरुप चामल, दाल, नुन, तेल दिदा खुशी भए । कोरोना भँइरसको कारण सरकारले लकडाउन गरेपछि घरमा चुल्हा जलाउन समस्या पर्र्दै आएको बेला आफ्नो स्थानिय सरकारले
राहत सामग्री बितरण गरेपछि माहाकाली नगरपालिकाको अतिबिपन्न बस्ती भनिएको बादी घरपरिवारमा खुशीको लहर छाएको छ् । राहत लिन भानु उच्च माध्यमिक बिद्यालय पुगेका बिनो बादी लगाएत बादी बस्तीका घरपरिवार खुशीले गदगद भएका छन् । बिनोद बादी भन्छन्– ‘हाम्रो माहाकाली नगरपालिकाको सरकार हाम्रो पिडाको बेला ठुलो, सहयोग ग¥यो ।’ उनी जस्तै माहाकाली नगरपालिकामा बसोबास गर्ने झण्डै २ हजार घरपरिवारले माहाकाली नगरपालिकाबाट बितरण गरिएको १५ केजी चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर खाने तेल पाएर मख्ख भएका छन् । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले माहाकाली नगरपालिकामा लकडाउनको कारण खानपानमा समस्यामा परेका २ हजार घरपरिवारलाई खाद्यान्न बितरण गरिएको बताएका छन् । माहाकाली नगरपालिकाले वडा तथा टोलमा बितरण गर्दै गरेको खाद्यान्न सामग्रीको चेक जाँच तथा पारदर्शी तवरले बितरण भए नभएको अनुगमन गर्दै आएका छन् । माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनार खाद्यान्न बितरण कार्यक्रममा आफै उपस्थिती भई खाद्यान्नको चेक जाँच तथा स्थानियहरुलाई भेट गरि राहत बितरणको प्रभावकारीको बारेमा बुझ्दै आएका छन् । नगर प्रमुख सुनारले लकडाउनको बेला घरमा खानपानको समस्या पर्दै आएको अतिबिपन्न तथा ज्याला मजुरी गर्दै आएका स्थानियहरुलाई खाद्यँन्न बितरण गरिएको बताएका छन् । यस अघि माहाकाली नगरपालिकाले नगरवासीलाई साबुन, मास्क, सेनिटाइजर वितरण गरेको हो । खाद्यान्न सामग्री पाएपछि लकडाउनबाट मारमा परेका गरिब तथा दैनिक ज्यालादारी गर्ने मजदुर परिवारहरु खुशी भएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *