राजनीतिक पार्टी एक परिवार हो, सदस्यहरु सहोदर भाई हुन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

एक परिवारका सहोदर भाईहरु सगोलमा बस्न सक्ने र पाउने सिमा हुन्छ, जुन परिवारमा आमा बुवा जिवित छन् त्यो परिवारका सदस्यहरुको बसाई एकै ठाउँमा छैन अलग अलग ठाउँमा छन र सगोलमा भित्रै छन भने केही समय नछुट्टिएर अंशवण्डा नगरी बस्न सक्छन तर परिवारका सदस्यहरु आफुखुसी गर्न चाहन्छन र विवाहपछि त झन अनेक घरबाट आएका व्यक्तिहरुको मिलन हुन्छ बानी व्यहोरा सभ्यता अलग अलग हुन्छ त्यसमा पनि परिवारका सदस्यहरुको संख्यात्मक बृद्धि हुँदै जान्छ हरेकका अलग अलग चाहना हुन्छन र अलग बस्न खोज्दछन, यो प्राकृतिक नियम प्रजातान्त्रिक तरिका र व्यवस्था पनि हो ।
त्यस्तै राजनीतिक पार्टी पनि हो अनेक ठाउँ ठाउँबाट एकत्रित भएर यौटा संगठन बन्दछ । बहुमतको आधारमा राज्य संचालन गरे पनि नेतृत्व एक जनाको तर नीतिगत हुन्छ । लामो समयसम्म राज्य इमान्दारीपुर्वक सञ्चालन गर्न नेतृत्वको अभाव हुन्छ छोटो छोटो समयमा बढी आर्थिक आर्जन तर्फ मन दगुरेको कारणबाट पिएम निस्कलंक भए पनि अन्य सरकारमा सम्मिलित सस्यहरुले आफ्नो क्षेत्रबाट आर्थिक लाभ लिन खोज्दछन् र त्यसमा पिएमले रोक लगाएमा सहयोग गर्न छोडी दिने हुँदा सरकार प्रमुखलाई पनि अप्ठ्यारो पर्दछ । प्रससँग आएको छ पार्टी फुटाउन पाउने नियम किन बनायो भन्ने विषयलाई लिएर प्रतिपक्ष तथा अन्य विपक्षी दलका नेताहरुले पनि विरोध गरिरहेका छन । यो प्रजातान्त्रिक नियम र नियत सँगत नै रहेको छ । पार्टीका सदस्य कोही पनि बाधा मजदुर होईनन् हरेक व्यक्ति स्वतन्त्र नेतृत्व चाहन्छन, क्षमतावानले नेतृत्व लिन पाउने मौका दिनु नै प्रजातन्त्र हो । लोकतन्त्र सबै मानवतन्त्र नै हो अरुलाई हलचल गर्न नपाउने नियम बनाउन बरु तानाशाह प्रवृत्ति हो ऐन बनाउँदैमा पार्टी फुट्ने, जुट्ने होइन पार्टी पनि व्यक्ति सरह हो, स्वतन्त्र छोड्नु पर्छ । लोकतन्त्र भन्ने तर आफूले नयाँ पार्टी खोल, पार्टीबाट अलग हुन नपाउने हो भने के को लोकतन्त्र । एकले पार्टी फुटाउ भनेर ऐन बनाएको होइन ऐन बनाउने अधिकार भएकोले प्रजातान्त्रिक ऐन बनाई हरेक व्यक्ति नेतालाई पार्टीको दासत्वबाट स्वतन्त्र रहेर देशको नेतृत्व गर भनेको कुरा नबुझनु मुर्खता हो । पार्टी फुट्ने र जुट्ने खेल समयको हो, समयको माग हुन सक्छ, सबै क्षमतावानले राष्ट्रको नेतृत्व गरेर बाध्यात्मक एक व्यक्तिले मात्र गर्ने अरुले टुलुटुलु हेरी रहने अवस्था नआउनु नै लोकतन्त्र हो । पार्टी एकताको नाममा कसैलाई बाधा मजदुर सरह राख्नु उपयुक्त हुदैन । राज्य सञ्चालन गर्ने क्षमतावानलाई कसैले रोकेमा रोकिदैन । जसरी राजनीतिक पार्टी मान्य व्यक्तिलाई उम्मेद्वारको टिकट दिन्छ तर पार्टी विना जति ठूलो राम्रो विद्वान क्षमतावान भएपनि न जनता दिन्छन, न पार्टी दिन्छन । जनताले चाहेको व्यक्ति उम्मेदवार हुन पाउँदैन पाए पनि जनताले चिन्न सक्दैनन् । अनुशासनको नाममा पार्टी कार्यकर्ता नेताहरुलाई पार्टीको बाधा मजदुर सरह राख्नु हुदैन ।
हरेक व्यक्ति पार्टीले स्वतन्त्रता चाहन्छन आजको युगमा समाजलाई स्वतन्त्र छोडी दिनु पर्छ बलजफति विश्व हिन्दुराष्ट्र र हिन्दु सम्राटलाई जनताको सहमति विना हटाउनु अन्याय थियो जायज थिएन । ३/४ नेताको इसारामा ताली बजाएर राष्ट्रको व्यवस्था फेर्नु २०४७ को संविधान आफैले निर्माण गर्नु तर दिल्लीको इसारामा हटाउनु जायज होइन र थिएन ।
्राजसंस्थालाई मार्नु भन्दा संस्थाका थप अनाआवश्यक अधिकार खोसी आफ्नो संचालनमा राख्न नेताहरुको जायज थियो तर जे जुन गर्यो त्यो नाजायज नै हो भन्ने हाम्रो ठहर रही आएको छ । जसरी एक सगोलको परिवारले निश्चित समयमा फुट्नै पर्छ त्यस्तै राजनीतिक पार्टीको पनि हो । यो देश कुनै एक पार्टीको मात्र हैन जती पार्टी छन ती सबै पार्टी र जनताको साझा देश हो ।
नेताहरुको गलत निर्देशनले देशहरु डुबेका छन् । नेताहरुको लागी राजा तथा जनता समान हुन दुवैलाई आफ्नो नेतृत्वमा समेट्न सक्नु पर्दछ किनभने राज्य सञ्चालन सक्षम नेतालाई जनता र राजा दुवै आवश्यक पर्छन जसले समग्र समाजलाई समेट्न सक्यो त्यो नै दक्ष नेता हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *