कोरोना बिरुद्धको अभियानमा भीमदत्त नगरको प्रकोप कोषमा सहयोग जारी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ६ बैशाख
कोरोना बिरुद्धको अभियानमा कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा सहयोग निरन्तर जारी हुँदै आएको छ । विश्वभरी कोरोना भाईरसको संक्रमण बढिरहेका बेला कञ्चनपुरको जेठो भीमदत्त नगरपालिका(स्थानीय सरकार)ले शुरुवातदेखि नै अभियान संचालन गर्दै आएको थियो । भीमदत्त नगरले अघि कोरोना बिरुद्धको अभियानमा स्थानीयदेखि विभिन्न संघ संस्थाले नगद तथा भौतिक नैतिक सहयोग जारी राखेका छन् ।
महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिले नगद २५ हजार कोषमा जम्मा गरेको छ । महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिका महासचिव दररथ भण्डारीले महामारीका बेला भीमदत्त नगरपालिकाले अघि सारेको अभियानमा संघको समेत साथ सर्मथनका लागि सानै भएपनि सहयोग गरेको बताए । निर्माण व्यवसायी संघ कञ्चनपुरले पनि शुक्रबार प्रकोप कोषमा नगद ५१ हजार सहयोग गरेको छ । संघका अध्यक्ष प्रेमप्रकास भट्टले भीमदत्त नगरका प्रशासकिय अधिकृत हरिसिह धामीले चेक हस्तान्तरण गरेका छन् । बागेश्वरी अटो ईन्टरप्राईजेका संचालक जयप्रकास अग्रवालबाट २१ हजार, भीमदत्त नगरपालिकाकै प्रशासकीय अधिकृत सुवाष अधिकारीबाट १० हजार र लायन्स क्लब महेन्द्रनगरबाट पिपिई ४ थान, मास्क ४सय र ग्लोब्स ३ सय थान हस्तान्तरण गरिएको छ ।
गत चैत्तमा भीमदत्त नगरको प्रकोप कोषमा साढे ६ लाख भन्दा बढि नगद सहयोग संकलन भएको थियो । महामारीबाट बाँच्नका लागि भीमदत्त
नगरले अघि सारेका हरेक योजना कार्यक्रम कदममा नगद, भौतिक, अभौतिक एव नैतिक समर्थन गर्ने महानुभावप्रति नगरप्रमुख सुरेन्द्र विष्टले आभाव प्रकट गरेका छन् । नगर प्रमुख विष्टले महामारी बिरुद्धको लडाईमा नगरबासीको सहयोग रहेको जनाउदै लकडाउन थप कार्यान्वनयमा अपिल गर्दै आएका छन् ।
भारतसंग सीमा जोडिएको कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन सीमा क्षेत्र मुख्य नेपाल प्रवेसद्धार गडडचौकीमा हेल्थ डेस्क स्थापना गरेर हजारौँको स्वास्थ्य परीण गराएको थियो । अहिले भीमदत्त नगरपालिकाले राहत वितरणदेखि महामारी बिरुद्धको अभियानमा विभिन्न निकायसंग समन्वय गरेर युद्धस्तरमा कामप्रति नगरबासी हर्षित भएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *