बेदकोट र बेलडाँडीद्वारा आरक्षपीडितलाई राहत

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, ६ बैशाख
कञ्चनपुरका आरक्षपीडित माथि स्थानीय तहबाट राहत वितरणमा उपेक्षा भईरहेका बेला बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकाले राहत वितरण गरेका छन् । दुवै स्थानीय तहले –आफ्नो साविक गाविस एव स्थानीय तहबाट विस्थापित भएका परिवारलाई राहत दिएका हुन् ।
लकडाउनको समयमा आरक्ष पीडितमाथि राहत वितरणमा विभेद भईरहेका बेला बेलडाँडी र बेदकोट नगरपालिकाले राहत दिएका हुन् । बेदकोट नगरपालिका प्रमुख अशोक कुमार चन्दले आफ्नै ढक्का शिबिर पुगेर राहत वितरण गरेका छन् । बेदकोट नगरका प्रमुख चन्दले साविक सुडा गाविसबाट विस्थापित भएका ९ परिवारलाई राहत वितरण गरेका हुन् । २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, २ किलो नुन, साबुन र मास्क वितरण गरिएको हो । बेदकोट नगरका प्रमुख चन्द आफै पीडित बस्ने शिबिरमा पुगेर राहत वितरण गरेपछि पीडित जनप्रतिनिधीप्रति हर्षित भएका छन् । यस्तै बेलडाँडी गाउँपालिकाले समेत तत्तकालिन बेलडाँडी गाविसबाट विस्तापित भएका आरक्षपीडितलाई राहत दिएको छ । बेलडाँडी गाउँपालिका प्रवक्ता अमर खत्रीले बेलडाँडीबाट विस्थापित भएर ढक्का शिबिरमा बस्दै आएका ३७ परिवारलाई राहत दिएको बताए । बेलडाँडी गाउँपालिका १ नम्बर वडाबाट विस्थापित भएका आरक्ष पीडित, गरिब, मजदुर विपन्न समुदायका ३ सय २१ परिवारलाई राहत दिएको बताए ।
१५ किलो चामल, १किलो दाल, एक किलो नुन, एक प्याकेट तेल र साबुन वितरण गरेको छ । सम्बन्धीत स्थानीय तहबाट विस्तापित भएका
आरक्षपीडित परिवारलाई सम्बन्धीतले राहत दिएपछि विस्तापित भएको स्थानमा अहिले जंगलमा परिणत भएका पीडित अझै राहतबाट बञ्चित हुने देखिएका छन् ।
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले बेलडाँडी र बेदकोट बाहेकका स्थानीय तहले राहत नदिएको बताए । आरक्षपीडितको राहतका लागि जनप्रतिनिधी, संसद, राजनीतिक दल, नागरिक अगुवा, स्थानीय तह, प्रदेश सरकारसंग पटक पटक माग गरिएको बताए । ‘केहीले जहाँ जुन वडा स्थानीय तहबाट विस्तापित भएका हौँ, त्यही जाँउ भनेर तर्क्हिन जवाफ दिन्छन, ‘अध्यक्ष भण्डारीले भने, ‘लौ भन्नुहोस, हामी साविक रौतेली, पिपलाडी सहितका स्थानबाट विस्थापित भएका हौँ, त्यहाँ जंगल छ, र जनावर मात्रै छन, अब जनप्रतिनिधीले भने अनुरुप त्यहाँ के जनावरबाट हामीले राहत माग्ने ।’ साविक रौतेली, पिपलाडी गाविसबाट विस्तापित भएकाहरुले जंगलमा गएर जनावरसंग राहत माग्न जनप्रतिनिधी कुर्तक गरिरहेको दुखेसो पोखे । अध्यक्ष भण्डारीले मुडीमुडी जनप्रतिनिधी भएकै कारण पीडितले राहत भन्दा पनि अहिलेसम्म मास्क, सेनिटाईजर, कोरोनाबाट सचेतना समेत नपाएको बताए । बेदकोट र बेलडाँडीबाट विस्थापित भएकाहरुलाई त्यहाँका जनप्रतिनिधीले केही राहत वितरण गरेको बताए ।
‘आरक्षपीडितको चुलो घरयासी अवस्थाको स्थलगत अनुगमन अध्ययन गरेर बस्तीमै पुगेर राहत दिनुपर्छ, ‘अध्यक्ष भण्डारीले भने, ‘जहाँ भोट दिएका हौँ, त्यही जाउँ भछन् ।’ आरक्षपीडित जनप्रतिनिधीले आफ्ना मान्छे, नातेदार, भोटदिएको आधारमा धनी हुनेखाने वर्गलाई समेत
राहत दिईरहेको भन्दै जसलाई सरकारले विस्थापित गरेको हो, त्यही समुदायलाई राहतबाट बञ्चित गराईरहेको गुनासो पोखेका छन् । विस ०५८ सालमा शुक्लाफाँटा विस्तारका क्रममा विस्थापित भएका कञ्चनपुरका २३ सय २४ आरक्षपीडितको आयोगले समेत छनौट गरेर परिचय पत्र समेत वितरण गरेको थियो । पीडितले सुदूरपश्चिम प्रदेश सरकारबाट घोषणा गरिएको राहत पनि नपाईने चिन्ता व्यक्त गरिरहेका छन् । पीडितले चुनावका बेला लस्करका लस्कर भोट दिन लम्पसार भएर आउने नेता र राजनीतिक दल, संसदले समेत पीडा नबुझेको दुखेसो पोखेका छन् । संघीय सरकारले घोषणा गरेको राहतमा भोट दिएको र विस्तापित भएको स्थानमा राहत लिन जान जनप्रतिनिधी कुतर्क गरिरहेको भन्दै विपन्नका लागि प्रदेश सरकारले प्रति परिवार ३ हजार दिने घोषणा कार्यक्रममा समेत नसमेटिने आरक्ष पीडितले चिन्ता व्यक्त गरेका छन् । जनप्रतिनिधीले आरक्षपीडितमाथी राहतमा विभेद नगरेको जनाएका छन् । राज्यको नीति नियम र एकद्धार प्रणाली अनुरुप बसाईसराई भएकै स्थानबाट राहत वितरण भईरहेको जनाएका छन् । पीडितले आयोगले प्रमाणित गरेको लिष्ट हेरेर सरकारले छुट्टै राहत दिनुपर्ने माग अघि सारेपनि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्गले छुट्टै पीडितका लागि
राहत दिन नसकिने बताए । जिसस प्रमुख तामाङ्गले विस्थापित भएकै स्थानबाट राहत दिन जनप्रतिनिधीलाई निर्देशन दिएको बताए । उनले कुनैपनि आरक्षपीडितलाई राहतबाट बञ्चित नगराउन स्पष्ट निर्देशन दिएको बताए । जिसस प्रमुखले जनप्रतिनिधीलाई दिएको निर्देशनबाट समेत तत्तकालिन रौतेलिविचुवा र पिपलाडी गाविसबाट विस्तापित परिवार राहतमा समाबेस हुने छैनन् । किनकी रौतेलिविचुवा र पिपलाडी गाविसका केही वडाहरु पुरै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगलमा परिणत भएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *