स्व. पत्रकार बोहराको गीति एल्बम ‘ममता’ को बिमोचन








दिशानिर्देश समाचार, महेन्द्रनगर, १२ चैत्र
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष स्व. पत्रकार कर्ण बोहरा द्वारा लिखित गीति एल्बम ममताको एक कार्यक्रमका विच विमोचन गरिएको छ ।
नेपाल पत्रकार महासंघ कञ्चनपुरको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा स्व. पत्रकार बोहरा द्वारा लिखित तथा गायक शिशिर योगीको स्वर रहेको उक्त एल्बम ‘ममता’को विमोचन गरेको थियो । कार्यक्रममा कञ्चनपुर जिल्ला स्थित विभिन्न पत्रकारहरुको उपस्थिति रहेको थियो । उक्त एल्बम विक्रीबाट उठेको रकम उनकी पत्नीको इच्छानुसार नेपाल पत्रकार महासंघलाई सम्झना स्वरुप एम्बुलेन्स खरीद गरेर दिने तथा बाँकी रकम स्व. पत्रकारकी पत्नीको मृगौला प्रत्यारोपणमा खर्च गरिने आयोजकले जनाएको छ । उनको गत मंसिरमा आफ्नी विरामी पत्नीको कुरुवा बसेको अवस्थामा अचनाक निधन भएको थियो ।
Please follow and like us:







