कोरोनाका कारण राउटे समुदायमा भोकमरी बढ्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/महेन्द्रनगर, ६ बैशाख
कोरोना भाइरस (कोभिड–१९) विश्वभरि प्रकोपको रूपमा बढ्दै गएको छ । कोरोना भाइरसको संक्रमण हुन नदिन विश्वका केही भागझैं नेपाल
सरकारले पनि मुलुकभर लकडाउन गरेको छ । तर सरकारले गरेको लकडाउनका कारण विभिन्न क्षेत्रमा संकट उत्पन्न भएको छ । यस्तै कुनै बेला जंगलमा गिठा, तरुल, कन्दमल लगायतका जंगली खानपानबाट हुर्किएको राउटे समुदाय पनि लकडाउनबाट अछुतो रहन सकेको छैन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मटैना र खल्ला मछेट्टीमा बसोबास गर्दै आएको राउटे समुदायमा भोकमरी सुरु भएको छ । जंगलमा बस्दा जंगली आहारामै बाँच्ने राउटे समुदायलाई सरकारले समुदाय र समाजमा स्थानान्तरण गरेपछि दैनिक गुजारा चलाउन तथा समाजमा घुलमिल हुन चुनौती भएको बेला लकडाउनले थप समस्या पारेको छ ।
भीमदत्त नगरपालिका–९ स्थित मटैनामा बसोबास गर्दै आएकी दुर्गादेवी राउतले भने, लकडाउन अघि समुदायबाट मागेर वा बजारबाट किनेर गुजारा चलाउने गरेको भए पनि लकडाउनपछि समस्या थपिएको छ । समाजमा घुलमिल हुन पनि साह्रै कठिन थियो, कहिले मागेर कहिले कमाएको पैसाले किनेर परिवार चलाउने गरेकी थिएँ, दुर्गादेवीले भनिन,समस्या परेकै बेला लकडाउन पनि भइदियो, समस्यामा समस्या थपिएपछि घरबाट बाहिर निस्कन पनि पाइँदैन । बाहिर निस्किए पनि मागेर वा किनेर खान सम्भव नै नभएको उनले बताइन् । उनीसँग भएको पैसा पनि सक्किएको छ । पैसा नभएपछि उनीसँगै राउटे समुदायको परै परिवार खाना खान नपाएर विचल्लीमा परेका छन् ।
विगतमा दैनिक जंगल गएर जंगली कन्दमल गाउँघरमा बेचेर परिवार चलाउन सहज थियो । समाजमा स्थानान्तरण गरेपछि आफहरूलाई चुनौतीसँगै समस्या नै समस्या छ, लकडाउन पछि खाना नभएर राति निद्रा पनि आउन छोडेको धेरै भयो, उनले भनिन् । राउटे समुदायलाई
सरकारले जन्मेको दिनदेखि प्रत्येक परिवारका प्रत्येक सदस्यलाई महिनाको दुई÷दुई हजार रुपैयाँको दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराए पनि लकडाउनले गर्दा राउटे परिवारले भत्तासमेत पाएका छ्रैनन् । पैसा लिन बाहिर निस्केर बजारसम्म पुग्नु पर्दछ, लकडाउनले बजार जान पनि पाइएको छैन, उनले भनिन्, के खाउँ के गरुँ भन्ने अवस्थासम्म पुगिएको छ ।
उनीजस्तै भीमदत्त नगरपालिका–९ स्थित मटैनाका अर्का राउटे कलवीर राउतको पनि समस्या एउटै छ । खानलाई अन्न छैन, किन्नलाई पैसा सकिएको छ । चौतर्फी बन्द नै बन्द छ, बन्दका कारण दिनभरि घरभित्रै बसेर दिन काट्नु पर्छ । कलवीर राउतले भने, घरभित्र खानलाई अन्न पनि छैन, दिनभरि भोक सहेर बस्नुपर्ने बाध्यता छ । राहत भनेर सुन्ने गरेको भए पनि राहत नपाएको उनको गुनासो छ ।
लकडाउन भन्दा अगाडि गाउँघरमा गएर काम गर्न सजिलो थियो, घरपरिवारमा समस्या थिएन, उनले भने, लकडाउनपछि भने नत काममा जान मिल्छ नत बाहिर निस्कन, दिनहुँ जसो घरमै बसेर दिन काटिन्छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित मटैना र खल्ला मछेट्टीमा राउटे समुदायका आठ परिवार डेढ दशकदेखि बस्दै आएका छन् । करिब पाँच लाख जनसंख्या भएको कञ्चनपुरमा आठ परिवारमात्रै राउटे समुदायको बसोबास छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *