लकडाउनको बेलामा वन्यजन्तु चोरी सिकारी बढ्दै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

वीरसिंह ऐर/महेन्द्रनगर, ६ बैशाख
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपालमा पनि ३० जनामा संक्रमण देखिएको छ । यतिबेला लकडाउनको मौका छोपी वन्यजन्तु चोरी सिकारी बढ्दै गएका छन् । कञ्चनपुरका विभिन्न स्थानहरुमा चोरी सिकारी र काठ तस्कर बढ्दै गएका स्रोतले बताएको छ । लकडाउनका बेला नेपाल–भारत दुवै देशका वनजंगलमा रहेका वन्यजन्तु शिकारीको निसामा परेका छन् । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि दक्षिण एसियाका दुवै देश नेपाल भारतले लकडाउन घोषणा गरेका छन् । लकडाउनको मौकाछोपी शिकारीले वन्यजन्तुमाथि निसाना लगाएका छन् ।
शिकार गर्न आएका कैलालीको गोदाबरी नगरपालिका ११ का स्थानीय मोहन बहादुर साउद बरुवा बन्दुक सहित पक्राउ परेको दोस्रो दिन नेपाल(कञ्चनपुर)संगै जोडिएको भारतीय दुधुवा नेशनल पार्कमा शिकारीले बदेल लगायतका बन्यजन्तु मार्न खोजेको देखिन्छ । उनीमाथी हातहतियार खरखजना अन्र्तरगत मुद्दा चलाईने कञ्चनपुर प्रहरीले तयारी थालेको छ । दुधुवा नेशनल पार्क भएर घाईते अवस्थामा कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजार पुगेको एक बदेलको मृत्यु भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले दुधुवा नेशनल पार्कबाट घाईते भएर नेपाल पुगेको बँदेलको अत्यधिक रक्तश्राव भएका कारण मृत्यु भएको बताए । ‘भारतीय दुधुवा नेशनल पार्कको जंगलबाट नेपाल पुनर्वासको डोकेबजार गाउँ पुगेको बदेलको मृत्यु भयो, ‘सुचना अधिकारी अवस्थीले भने, ‘त्यो घाईते बदेलको शरिरमा गोली लागेको रहेछ, घाउ थियो ।’ कुण्डा सव डिभिजन वन कार्यालयका कर्मचारी सहितका सरोकारवाला निकायको रहोबरमा मृत बदेललाई खाल्टोमा पुरियो अर्थात दाहसंस्कार गरिएको छ । यस्तै शुक्रबारै वनको टोलीले बेलौरी नगरपालिका ५ भकुण्डा क्षेत्रको जंगलबाट गाउँबस्तीमा पुगेको चित्तलको समेत उद्दार गरिएको छ ।
जंगलबाट अचानक बस्तीमा पुगेका चित्तलको उद्दार गरेर पुष्पलाल स्मृति सामुदायिक वनमा छाडिएको छ । ‘बस्तीमा बसेको केही समयमै चित्तलको उद्दार गरेर वनमा छाडेका छौँ, ‘सुचना अधिकारी अवस्थीले भने, ‘गाँउमा लामो समयसम्म रहदा दुर्घटना हुन्थ्यो ।’ यस्तै दुई दिनको अवधिमा लालझाडी सव डिभिजन वन कार्यालयले पनि वनबाट काठ तस्करी गरिरहेको अवस्थामा पाँच बयलगाडा सहित पाँच थान सालका गोलिया बरामद गरेको छ । लालझाडी सव डिभिजन वन कार्यालयका प्रमुख करुणाकर जोशी नेतृत्वका वनको टोलीले देखतभूली र जयदुर्गो सामुदायिक वनबाट तस्करीका लागि तयारी अवस्थामा राखेको गोलिया बरामद गरेको हो । ‘पहिलो दिन गाँउमा पु¥याईसकेको एक बयलगाडा र गोलिया ईप्रका गुलरियाको र हाम्रो टोलीले बरामद ग¥यो, ‘उनले भने, ‘दोस्रोदिन हामीले जंगलबाट चार बयलगाडा सहित बरामद गरेका छौँ ।’ बरामद गरिएका बयलगाडा र काठ वनमा राखिएको छ । बयलगाडा कसका हुन भन्ने विषयमा वनको टोलीले खोजबिन गरिरहेको उनले बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रवक्ता शिवराज अवस्थीले लकडाउनको समयमा तस्कर र शिकारी मौलाउने भन्दै त्यही अनुरुप वनले पनि तयारी थालेको बताएका छन् । उनले वन क्षेत्रमा राती गस्तीदेखि सबै सामुदायिक वन र कर्मचारीलाई हाईअलट अवस्थामा राखिएको बताए । ‘हामी यस विषयमा अत्यन्तै सम्वेशनशील छौँ, ‘सुचना अधिकारी अवस्थीले भने, ‘हाम्रो सकृयताले त तस्कर र काठ बरामद भईरहेको छ ।’ स्थानीय सबै सुरक्षा निकायसंगको सहकार्यमा वन र वन्यजन्तुको सुरक्षामा खटिएको प्रवक्ता अवस्थीले बताए । कञ्चनपुरका सुरक्षा निकानले समेत वन, वन्यजन्तु चोरी तस्करीका घटना रोक्नका लागि सकृयतापुर्वक खटिएको जनाएका छन् । अहिले वन बन्यजन्तु तस्करी रोक्न राती अप्रेसनदेखि वनका कर्मचारी र सामुदायिक वनका पदाधिकारी सहित सुरक्षाकर्मी हाईअलट संकटको घडीमा प्रकृतिमाथि दोहन गर्ने जो सुकै माथि पनि कडा कार्बाहीको संरक्षणकर्मीले माग अघि सारेका छन् । पृथ्वीका प्राणी वन्यजन्तुप्रति भईरहेको खेलवार्डप्रति संरक्षणकर्मीले त्यस्ता तत्व समुहलाई कानूनी कटघरामा उभ्याई हदैसम्मको कारवाही गर्नुपर्ने माग समेत राखेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *