प्राकृतिक प्रकोप र मानवीय प्रकोपको पिडा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

-बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

प्राकृतिक प्रकोपमा उचनीच जाती राजनीतिक पार्टी हेर्दैन तर मानवीय प्रकोपमा निम्न स्तरका व्यक्ति, कर्मचारीलाई मर्का पर्ने देखियो । आज हामी विश्वमा फैलिएको कोरोना भाइरसको चपेटामा छौं, जसको औषधी आजसम्म पत्ता लागेको छैन भनिन्छ । गत फागुन देखि नै चीनको एक प्रान्तमा फैलिएको भाइरसले विश्वमा तहल्का मचाएको छ । दक्षिण एसियाका देशहरु लकडाउन रहेका छन्, नेपालमा मात्र सक्रमितको संस्था ३० पुगी सक्यो । हाललाई वैशाख ३ गतेको निर्णयले ०७७ वैशाख १५ सम्म लकडाउन लम्ब्याएको कुरा सरकारले घोषणा गरि सकेको छ । यस्ता विरामीको अन्य उपाय नहुँदा यस्तो नाकाबन्दी गर्नु राम्रो कुरा हो । आज जसको शालिक ढाल्दैछन् उनले नै बनाएको ऐन प्रयोगमा आएको छ । राजा महेन्द्रले यस्तो नियन्त्रण ऐन २०२० सालमा बनाएको देखिदा उनको दुरदर्शिताको कदर गर्न उनका गौरवशाली शालिक जहाँ जहाँ तोडिएका छन् पुर्नस्थापना हुनुपर्ने देखिन्छ । यो समय निस्तेजको होईन राजा देखि सर्वसाधारणले एक जुट हुनु पर्ने अवस्थाको आवश्यक नै देखिन्छ । आजको विश्व जगतमा हलचल, धनजनको ठूलो क्षति भएको छ । भित्र वैज्ञानिकहरु नियन्त्रण गर्न औषधी टिकाको अनुसन्धानमा लागी रहेका छन् । यो समयमा विश्व भरीका आतंकवादी अर्को भाषामा आन्दोलनकारीहरु कोरोना भाइरसको सामुन्यमा मौन जस्तै देखिएका छन । हुन सक्छ यो भाइरसले मानवमा एकताको डोरी नजिक लैजान सक्ने सम्भावना पनि रहेको छ । मानव आक्रमणको बेला पक्ष विपक्ष देखिन्थे तर आज कोरोना भाइरसको अगाडी उचनीच जातपात सबैलाई समान दृष्टिले हेरेको कोरोना भाइरसले जुन कुरा आन्दोलनकारीले देखेका थिए ।
आज त उनीहरुले पनि एक नासको आक्रमण देखेका छन् । सारा जनताले पनि सरकारको बोलीको कदर गर्दै जे जे सरकार भन्छ त्यही गरिरहेका छन । किन कि त्यसको कुनै विकल्प छैन तर मानवले मानवमाथि आक्रमण गरेको बेला सरकारको आवाज विलाएर गयो कसैले सुन्न सकेन ।
संसारमा धेरै अन्याय र अत्याचार बढ्यो कसैलाई कसैले बसमा राख्न सकेन तर प्राणघाती कोरोना भाइरसले सारा विश्वलाई नियन्त्रणमा राखी दियो । आन्दोलनकारीहरु हालको अवस्थामा विलाएर गएका छन् । विश्व विद्यालयमा ताला लगाउने विद्यार्थीहरु आज विद्यालयसँग मागी खाने अवस्थामा पुगेका छन् । यो प्राकृतिक प्रकोपलाई सबैले सहन गर्नु परेको छ भने मानववादी आक्रमणको बेलामा गाउँ छोडी भागेका थिए भने आज गाउँघरमा भित्रिन लागेका छन । मर्ने भए आफ्नै गाउँघरमा मर्न बाच्न पाउँ भन्दै विदेशिएका पनि घर भित्रिन खोजिरहेका छन् । प्राकृतिक संकटबाट समाज भाग्दैन तर मानवीय संकटबाट मानिस भाग्दा रहेछन् । मेरो अनुभवमा २०५२–०६२ को बीचमा गाउँहरुबाट धेरै व्यक्तिहरु माओवादीको डरले भागेर सदरमुकाममा गएर बसे भने कोही भारत कोही विदेश गए त्यसमध्ये धेरै व्यक्तिहरु अन्याय अत्याचारमा संलग्न थिए भने कोही सरकारको डरको भरमा भागे ५० प्रतिशत सम्मका व्यक्तिहरुमाथिको माओवादी कारवाही ठीक छ ठीक गर्यो भन्दथे जुवा, तास खेल्न र महिला हिंसा गर्न डराउथे माओवादीले राम्रै गर्ला भन्ने सोच जनतामा पलाई सकेको थियो अन्तमा गएर जव पुर्व मोओवादी प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गर्यो देशको सामाजिक संरचना माथि महला गर्न सुरु गर्यो त्यसपछि र पहिलेको कुरा न्वयडा दिल्लीको संरक्षकत्वमा १२ बुँदे नेपाल विरोधी सम्झौता गर्नु पार्टी परित्याग गर्नु जस्ता कार्य देखि मात्र जनता मनमनै त्रसित भएका हुन । आज विदेशबाट लुकिचोरी घर फर्कनेको संख्या बढी छ तर घर छोडेर जाने कोही छैन । माओवादी द्वन्दकालमा सेना प्रहरीमा भर्ना हुन दिएन, हामी सरकारमा गएपछि जागिर दिउला भन्यो अन्तमा जागिर सागिर अन्तै गयो । ठूलाफाँट र उचा घरको आसगरी लड्न लानेहरु तथा राष्ट्रपतिको आसामा माओको पछि लाग्ने गिरिजा एकै कुलका जस्ता देखिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *