राष्ट्रसेवकको दायित्व, कर्तव्य

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

राष्ट्रसेवक वर्तमान हुन वा निवर्तमान दुवैको आ–आफ्नै जिम्मेवारी, दायित्व, कर्तव्य रहेको हुन्छ । राजनीतिक कार्यकर्ता नेताहरुको सोझै जनता सित सम्बन्ध हुन्छ । जनतालाई ऐन नियम भन्दा पनि उनीहरुले सुख सुविधा पाई चाहेका कामहरु हुनु पर्यो र जनतालाई राजनीतिक कार्यकर्ता जनता जनार्जन भगवान हुन भनेर भाषणमा भन्ने गर्दछन कार्यशैली ६० प्रतिशत फरक हुन्छ । राज्य संचालन गर्न बहुमतको सरकार हुन्छ र अल्पमतको पनि कदर हुनुपर्छ किनकी अल्पमतका सबै मत जोडदा बहुमत पार्टी बराबर नै देखिन्छन तर अल्पमतका पार्टीहरु छरिएर रहेका हुँदा खासै महत्व दिएको देखिदैन । अल्पमतले इमान्दारीपुर्वक शासन गरेमा त्यसलाई निरंकुशताको संज्ञा दिएको पाइन्छ ।
शासन व्यक्तिको आचरण सित जोडिएको हुन्छ । प्रमुख शासक इमान्दार छ भ्रष्टाचार गर्दैन गर्न दिदैन भने उसका साझेदारी नै अप्रत्यक्ष तरिकाले असहयोग गरेका धेरै उदाहरणहरु छन् । राजनीतिज्ञ नेताले आफ्नो इतिहास रच्ने रचाउने काम गर्छ उसलाई खान लगाउन बाच्नसम्म भए पुग्यो तर कार्यकर्ताहरु निश्वार्थी कमै पाईन्छन, कारण नेता वा सर्वमान्य हुन सकेको हुन्छ । निस्कलंक माथिल्लो तहका नेताहरुले पार्टी फुटाई दिदा कार्यकर्ता र जनता मतदाता पनि भ्रममा परेका हुन्छन र सबैको कदम डगमगाएको हुन्छ । त्यस कारणले पनि कार्यकर्ताहरुमा पनि लोभ लालच बढ्दै जान्छ । जनतासँग कबोल गर्न माथिल्लो नेताहरुको भरोसा हुदैन र जनता सित न बाचा बोल्न सक्छन न काम गर्न लोभ लालसा र मुलाहिजाबाट ग्रस्त भएका कार्यकर्ताले नेता सित तितोसत्य बोलेमा विश्वास गर्दैनन् र नेताहरुको यथार्थता बुझ्न सक्दैनन् । राजनीति गर्न राजनीतिक स्वदेशी दर्शन अमान्य ठहरिन्छ विदेशीको दर्शन सुहाए नसुहाए पनि मान्नै पर्ने अवस्थाको विकास हुदै जान्छ गइरहेको पनि छ ।
राष्ट्र निर्माण सञ्चालनको लागी सर्वप्रथम इमान्दार अनुशासनको आवश्यकता त रहने नै भयो त्यसमा पनि राष्ट्रसेवकले आफ्नो दायित्व कर्तव्य बुझेन भने राज्य नै डमाडोलको संघारमा पुग्दछ । राजनीतिक कार्यकर्ता वा नेताहरुमा सबैले उच्च वा मध्यम शिक्षा पनि प्राप्त नगरेका हुन सक्छन् तर कर्मचारी राष्ट्रसेवकहरु पद अनुसार पढेकै हुन्छन र ऐन कानूनको ज्ञान राख्ने पनि हुन्छन् त्यसकारण जनताको काम गर्न राष्ट्रसेवकहरुले ऐन नियमलाई सर्वोपरी मान्नु पर्छ किनभने ऐन नियम जनताको आवश्यकता पुरा गर्न जनप्रतिनिधिहरुले नै निर्माण गरेको हुँदा कुनै लोभमोह नगरी जे ऐन नियमले भन्छ त्यही गर्नु पर्छ त्यो नै अनुशासनको अंग पनि हो । कहीकतै परिवन्धले कसैलाई मर्का परेको पनि हुनसक्छ त्यसको लागी जनप्रतिनिधि र राष्ट्रसेवकको सहकार्यमा जनहित तर्फ कार्य हुनुपर्छ । ऐन नियम मिलाएर राष्ट्रसेवक मार्फत नेता, कार्यकर्तालाई भ्रष्ट काममा धकेल्नु हुदैन र नेताहरुले पनि कर्मचारीलाई माध्यम बनाई कमिसन खाने तर्फ कल्पना गर्नुहुदैन । कर्मचारी त जनताका छोरा हुन मतदाता पनि हुन तर कसै कर्मचारीलाई भ्रष्टाचार गर्न सजिलो हुने ठाउँमा हमेसा राखी राख्नु कसैलाई भ्रष्टाचार गर्न नसकिने ठाउँमा एक दिन पनि नराख्नुमा नै अन्याय भएको छ । प्रमाणको लागी यातायात, घरेलु, या भन्सारबाट हुलाकमा सरुवा भएका अमुख कर्मचारीलाई हुलाकमा सरुवा भएता पनि खाना दिएको बहना गरी १/२ दिन पनि हाजिर नगराई पुनः भ्रष्टाचार गर्न सकिने ठाउँमा नै राख्नु के अख्तियारको दुरुपयोग र भ्रष्टाचार हैन ? राष्ट्रसेवकहरु इमान्दार छैन भने जनप्रतिनिधिहरुले सच्याईको कबोल गरी अन्यायको विरुद्धमा जानु पर्छ ।
राष्ट्रसेवकको बानी व्यहोरा विगार्ने काम जनप्रतिनिधिबाट हुनु पर्दैन र राष्ट्रसेवकले जनप्रतिनिधिलाई हेर्ने होइन कि उनले बनाएको ऐन कानूनलाई हेरी त्यसको पालना गर्ने गराउने हो ।
आज वा जहिले पनि राष्ट्रमा संकट पर्छ त्यस बेला सबैले कमाउने श्रोत मात्र खोज्ने गरेका उदाहरणहरु छन । २०३७/२०४५, २०७२ को भुकम्पको समयमा होस् वा २०७६/२०७७ को कोरोना भाइरस महामारीमा होस जहा तही भ्रष्टाचार मौलाएर बौलाएको देखिन्छ । भ्रष्टाचारका संख्याहरु सुन, जहाज, राहत प्रकरण लगायत थुप्रै घटनाहरु छन हालै महाकाली अस्पतालमा उपकरण खरिदमा भएको भ्रष्टाचार हो वा भागवण्डामा कुरा नमिलेको हो त्यसको छानविन भने हुनै पर्ने हाम्रो दायित्व र कर्तव्य हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *