निर्माण काममा राजनीति नगर्न जनताको सुझाव

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, बैतडी, १२ चैत्र
बैतडीको सिल्लेगाडा देखि दार्चुलाको वैकल्पिक मार्गको नाममा रहेको सो मार्गको नामाकरण अचेल भएपनि सिलान्यास २०४०÷४१ सालमा ४० हजारको बजेटमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले सुरुवात गरेपनि त्यसपछि मरिचमान सिंह श्रेष्ठ प्रधानमन्त्री हुदा त्यस मार्गको काम कारवाही नहटाएपनि थोरै बजेट दिदै जादा ३० वर्षमा केवल ५/७ किलोमिटर अर्थात बडिया सम्म कच्ची सडक ३÷४ वर्ष पूर्व निर्माण भएको थियो ।
पञ्चेश्वर योजना निर्माण सुरु हुने एकिन भएपछि गोकुलेको बाटो अवरुद्ध हुन सक्ने भएकोले दार्चुलाको लागि सिल्लेगाडा वैकल्पिक मार्गको खोजी गरी २ वर्ष पूर्व निर्माणको लागि ठेक्का स्वीकृत भइसकेको भएपनि २०७२ असोज मा नाकाबन्दीले इन्धन अभाव भएकोले निर्माण कार्य समयमा नभएको भनी ठेकेदार पक्षले जनाएको छ भने निर्माण गराउने पक्षले समयमा काम नगरी दिएकोले हैरानी भएको छ ।
त्यो सडकमा सुरु देखि हाल सम्म राजनीतिक रुप लिएको देखिन्छ । २ वर्ष पूर्व डिटेल सर्बे निर्विरोध रुपबाट बडिया, कटौजपानीको माल्लेक हुदै विजयपुरको कोइरालीकोटको मुनि साङडी, महर गाउँलाई पनि केही सुविधा हुने गरी विगतमा नै पूर्व जि.वि.स. सभापति उत्तर बहादुर ऐरको पहलमा गोरागाउँको माथिल्लो भाग हुदै भितेखानीको बाटो नुवाकोट, डिलाशैनी लैजाने गरी डिटेल सर्बे निर्विरोध भएर टेन्डर प्रकाशित गरी ठेक्का समेत सदर भई काम सुरु भएको समयलाई ध्यानमा नराखी विजयपुरका केही व्यक्तिहरुले लाइन बदल्ने भनी विजयपुर गोरा गाउँका केही युवाहरु द्वारा विरोध गराई मूल सर्बेबाट बदनियत पूर्वक बदल्ने प्रयास गर्दा हिजो शनिबार सम्म कुरा मिलाउन गोरागाउँ तथा काला गाउँका प्रमुख व्यक्तिहरु बिच छलफल भइरहेको छ ।
मणिलेकबाट विजयपुर गाविस भवन सम्म सडक लैजान सहायक मार्ग बनाउने र त्यस्तै काला गाउँको लागि तथा तल्लादेहीको लागि पनि सहायक मार्ग बनाउने भन्ने भएपछि गोरा गाउँबाट तल्लादेही भगवतीको मन्दिर हुदै सडक लैजान गतवर्ष जिविसबाट बजेट दिई काम पनि सुरु भइसकेको हुदा सर्बे गरेको ठाउँ फेरबदल गर्न मिल्दैन । जहाँ सर्बे भएको हो त्यसमा कुनै विवाद नआएकाले पनि सडकको रुप रेखा बदल्नु हुदैन भन्नुहुन्छ पाटन क्याम्पस पूर्व प्रमुख पृत बहादुर विष्ट । पुरानो सर्बेलाई नबदल्ने गरी सडक लैजानपर्नेमा जोड दिएका छन् पूर्व जि.वि.स. उत्तर बहादुर ऐरले ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *