भीमदत्त नपाको प्रकोप व्यवस्थापन कोषमा ६ लाख बढी नगद जम्मा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २९ चैत
कञ्चनपुरको जेठो भीमदत्त नगरपालिकाले कोरोना भाईरस(कोडिभ–१९)को संक्रमण जोखिम व्यवस्थापनका लागि स्थापना गरेको प्रकोप कोषमा ६ लाख २३ हजार ६सय ५१रुपैया जम्मा भएको छ । चैत्र २८शुक्रबारसम्ममा उक्त रकम जम्मा भएको हो । नगर प्रमुख सुरेन्द्र विष्ट, प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्ट सहितका २० व्यक्ति संघ संस्थाले उक्त कोषमा रकम जम्मा गरेका थिए । सातामै ६ लाख भन्दा बढि
रकम जम्मा भएको हो ।
भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले शुक्रबार हस्ताक्षर गरेको सुचनामा निजी विद्यालयदेखि सहकारी, संघ संस्थाले कोषमा रकम जम्मा गरेका छन् । कुमार श्रेष्ठ निर्माण सेवा प्रालिका प्रबन्ध पिके श्रेष्ठले सबैभन्दा बढि एक लाख ५१ हजार जम्मा गरेका छन् । लिटिल बुद्ध एकेमेडीले एक लाख, पुर्व मेयर समेत रहेका धर्मराज जोशी र उनका भाई गणेश दत्त जोशीले ४० हजार, देशशक्ति सहकारीले ११ हजार, सन्त
निरंकारी मण्डलले २० हजार, ब्राईट लाईफ एजुकेशन ईन्च्यिुटले १० हजार, बैजनाथ बाबा कन्सक्ट्रका सचालक संचिवचन्द्र भट्टले ५१ हजार, सिएमए अनमि क्याम्पसले ५१ हजार, उग्रतार कम्युप्टरले ११ हजार जम्मा गरेका छन् ।
यस्तै विभिन्न ९ सहकारीले समेत रकम जम्मा गरेका छन् । उदेयदव बहुउदेश्यीयले ४०हजार र मेगा सहकारीले २५हजार ५सय, लाशैनी बहुउद्देश्यीय सहकारी संस्था, सुर्यादय बहुउद्देश्यीय सहकारी संस्था लि, जनज्योती बचत तथा ऋण सहकारी संस्था, सहयात्री बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो उपभोक्ता बचत तथा ऋण सहकारी संस्था युवा बचत तथा ऋण सहकारी संस्था, सृजनात्मक बचत तथा ऋण सहकारी संस्थाले ११
हजारका दरले सहयोग गरेका हुन् । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले सहयोगी हातहरुप्रति आभार प्रकट गर्दै महामारीमा सहयोग साथ सर्मथनबाट भीमदत्त नगर सहजै ढङगबाट कोरना बिरुद्ध सामना गर्न सकिने बताएका छन् ।
यस्तै भीमदत्त नगरमा दर्जनौँ व्यक्ति संघ सस्थाबाट खाद्यान्नका साथै स्वास्थ्य समाग्री सहयोग पाईएको छ । कञ्चन विकास बैकबाट १० क्विन्टल चामल, ४०किलो दाल, २०लिटर तेल, ४०किलो नुन, ३सय थान सर्जिकल ग्लोब्स, २० सेनिटाईजर, १सय मास्क, १०थान हेन्डवास, कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले ३हजार र हेलक समाजले एक हजार थान मास्क दिएका छन् । निड्स नेपालले हजार थान मास्क, ५सय थान डिटोल साबुन, ४०५सेनिटाईजर, एनएनएस डब्लुएबाट सय नाथ साबुन, १०थान सेनिटाईजर, २५ग्लोब्स, ५०हेन्डबास, ४सय मास्क, केदार ईलेक्ट्रिक्स २८८साबुन र भट्ट कुखुरा पालन उद्योग २१सय ३०अण्डा, महाकाली यातायात बहुउदेशीय प्रालिबाट ६०कट्टा चामल, १कट्टा दाल र २पेटी तेल, प्राध्यापक संघ सुप विश्वविद्यालय इकाई समितिबाट १५कट्ठा चामल, १कट्ठा दाल र ३टेलका पेटी, उपप्राध्यापक हर्क ब चदबाट ५कट्टा चामल, दा, र तेल दिएका छन् । निंगलाशैनी बहुउद्देश्यीय सहकारी संस्था, सूर्यादय बहूउद्देश्यीय सहकारी संस्था लि, जनज्योती बचत तथा ऋण सहकारी संस्था, सहयात्री बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो उपभोक्ता बचत तथा ऋण सहकारी संस्था युवा बचत तथा ऋण सहकारी संस्था, सृजनात्मक बचत तथा ऋण सहकारी संस्थाल ११ हजारका दरले सहयोग गरेका हुन् । .
भीनपा १९सदस्य सन्तोषी साउदबाट ७सय मास्क, दिनेश श्रेष्ठ÷हेलेन श्रेष्ठबाट २कट्टा चामल, १०किलो आलु, १०किलो गोपी, एक किलो नुन र २ लिटर तेल, केरा प्रर्वद्धन तथा कृषि सहकारीबाट ८ कट्टा चामल, वाईआर कन्सक्ट्रक्सनबाट २५कट्टा चामल, कामना सेवा बैकबाट चामल २५ कट्टा, सय किलो दाल, सय किलो नुन, ५पेटी तेल, स्वास्थ्य कार्यालयबाट २सय ५०सर्जिकल मास्क, सय सर्जिकल ग्लोब्स, २थान पिपिई, प्रभु विकास बंैक ४० बोरा चामल, २१बोरा दाल, ३.५पेटी तेल, २५ किलो नुन, कञ्चनपुर सुनाचाँदनी व्यवसायी संघ १३कट्टा चामल, ५०किलो दाल, ५कट्टा तेल र २ पेटी तेल र विपिन आयल स्टोर ८ कट्टा चालम सहयोग गरिएको छ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले सहयागी हातहरुप्रति आभार प्रकट गर्दै महामारीमा सहयोग साथ सर्मथनबाट भीमदत्त नगर सहजै ढङगबाट कोरना बिरुद्ध सामना गर्न सकिने बताएका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *