कुशल नेतृत्वको खोजमा नेपाल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज नेपाली जनता कुशल नेतृत्वको खोजमा रहेका छन् । ठूलो आशा र भरोसाले छानिएका नेताहरुलाई लोभमा फसाई नेपालको उच्च स्वाभिमान निहुराउन खोजिएको छ । यो लामो षडयन्त्र थियो नेपाललाई तहसनहस पार्ने तर समयमा नै इमान्दार व्यक्तिहरुको जन्म भएको छ । ज्ञानेन्द्र शाही र
रविलामिछाने जस्तालाई जनताले साथ दियो भने स्वदेशमा रमाएर नेपाल आमाको सेवा गर्ने थिए । आज देशका युवा युवतीलाई विदेशमा गई अपमानित अपहेलित भएर विदेशीको चाकरी गर्नु परिरहेको साथै जीउन मर्न चाहिरहेका छन् । नेपाल भारतको सिमामा क्वारेन्टाईन नामाकरण गरिएको बासस्थान बनाएको छ तर खासै रेखदेख पुर्याउन सकिएको छैन । हामीले विरोध र हतोत्साह गर्न भने पटक्कै खोजेका छैनौ र खोज्ने पनि छैन । हामी गरिव भनिएका देशका नागरिकको अवस्था नाजुक नै छ ।
नेपाल भारतको सिमाना दार्चुला देखि झापाको अवस्था प्रति विचार गर्ने हो भने बरु नेपालको क्वारेन्टाईनमा बसी घर फर्कने इच्छा गरिरहेका छन् । एक पटक हामीले वर्ष भरी गाईको दोहन गरी अन्तमा सडकमा छोडी आयौ सरकारले ती गाईहरुलाई राख्न भनेर गौशाला बनायो गाउँ गाउँबाट लगेका गाईहरुलाई गौसालारुपी खोरमा राख्यो अली अली गर्दै २÷३ महिनापछि गाईहरु कहा गए खोर रित्तै छन गोठ निर्माणमा न.पा.÷गा.पा.ले स्वयम् धेरै खर्च गरे खर्चको विरोध हुँदा संस्था मार्फत खर्च गर्न लगायो उपलब्धी आज न त्यो गौशालामा गाईहरु छन कही कही त गोठ नै गायव भएका छन् ।
महामारी हाम्रो नियन्त्रणमा हुन नसक्ने हुँदा नियन्त्रणको लागी परिक्षा प्रतिक्षालयमा राखिएकाहरुलाई भरपर्दो सेवा पुर्याउनु राष्ट्रहरुको धर्म हो तसर्थ मानव क्वारेन्टाईन तर्फ हामी सबैको ध्यान जानु आवश्यक रहेको छ ।
हाम्रो भन्नु केवल गौशालामा गाईहरुको विजोग भए जस्तो मानव क्वारेन्टाईनको नहोस । क्वारेन्टाईन बसी जनताको सेवा गर्ने काममा गरेको सहयोगको अवश्य कदर हुने नै हुँदा जसलाई देश र जनताको माया छ उनीहरुले आफै वा अरु मार्फत गरेको सहयोग हमेशा अमर रहनेछ ।
नेतृत्वको सफलताले गौशाला निर्माण गर्न लिएको रकममा भ्रष्टाचार भयो त्यस्तै यो संकटको घडीमा पनि भ्रष्टाचार तर्फ मन सलबलाउने हो भने कुनै काम छैन । तसर्थ जनतालाई सर्बोपरी ठानेर काम गरेमा सफलता मिल्न सक्छ आज हरेक काममा जनतालाई संकट परेको छ ।
देश र जनताको लागि वर्तमान सरकारले गम्भीर भएर ध्यान दिनुपर्ने जरुरी भएको छ ।कोरोना भाईरसको महामारीले देश विदेशमा रहेका नेपालीहरु भोकभोकै बस्नुपर्ने बाध्यात्मक अवस्थालाई मध्यनजर गरेर सरकारले आफ्ना सम्पूर्ण संयन्त्रहरुलाई प्रयोग गरेर नेपाली नागरिकको उद्धार तथा राहतको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ । प्रत्येक नागरिकको बाच्न पाउने अधिकारबाट बन्चिन गराउनु हुदैन । रोजगारीको शिसलिसामा भारत तथा अन्य तेस्रो मुलुकमा नेपाली अलपत्र अवस्थामा परेका छन्, उनीहरुलाई चाडो उद्धार तथा खानपिनको व्यवस्था गर्नुपर्ने नागरिक स्तरबाट आवाज उठिरहेको छ । यसतर्फ सरकारको ध्यान जानु आवश्यक रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *