विपन्न दलित परिवारलाई खाद्यान्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २२ चैत
कञ्चनपुरका दुई जना युवा उद्यमीले विपन्न दलित परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । पञ्चदेव एग्रिकल्चर एण्ड डिलिङ्ग कम्पनीका संचालकद्वय कोमल प्रशाद जोशी र रण बहादुर चन्दले भीमदत्त नगरपालिका ३नयाँ तिलकपुरका १२जना परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।
कोरना भाईरसका कारण लकडाउन भएपछि दैनिक मजदुरी गरि गुजारा चलाउन दलित तथा विपन्न समुदायको खाद्यान्न अभावको समस्यालाई मध्य नजर गर्दै उनीहरुले शनिबार वडा कार्यालय मार्फत खाद्यान्न समाग्री दिएका हुन् । वडाध्यक्ष राम बहादुर जप्रेलकै रहोबरमा खाद्यान्न वितरण गरेका हुन् । वडाध्यक्ष जप्रेलका अनुसार १२ जना परिवारलाई प्रति परिवार १० किलो चामल, दाल, नुन, तेल, साबुन वितरण गरिएको छ । वडाध्यक्ष जप्रेलले वडामा रहेका विपन्न, दलित एव दैनिक मजदुरी गरि गुजारा चलाउने परिवारलाई यस्तै दाता र अन्य सरकारी निकायबाट सहयोगको अपेक्षा गरेका छन् ।
वडामा यसरी विपन्न समुदायलाई खाद्यान्न वितरण गर्ने दुवै उद्यमी जोशी र चन्दलाई वडाध्यक्ष जप्रेलले धन्यवाद दिएका छन् । पञ्चदेव एग्रिकल्चर एण्ड डिलिङ्ग कम्पनीका संचालकद्वय जोशी र चन्दले संकटका बेला विपन्न गरिब एव दलित समुदायलाई केही राहतको उदेश्य राहत दिएको बताएका छन् । राहत पाएपछि उनीहरु हर्षित भएका छन् । भीमदत्त नगरपालिका ३ नम्बर वडाले अहिले राहत पाएका भन्दा अन्यलाई सरकारी लगायतको राहत वितरण गरिने जनाएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *