कोरोना भाइरसको जोखिममा सुप प्रदेश

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २२ चैत
सुदूरपश्चिम प्रदेश कोरोना भाईरसको उच्च जोखिममा रहेको छ । सुप प्रदेशका विभिन्न नाकाहरुबाट लकडाउन हुनुपुर्व भारतबाट हजारौको संख्यामा नेपाल प्रवेश गरेका थिए । प्रवेश गरेका नेपालीहरुको उचित चेकजाच तथ क्वारेन्टाइनमा नराखी सिधै घर पठाईएको थियो । यसैक्रममा अहिले भारतबाट आएका स्थानीयमा समेत कोरोनाको संक्रमण देखिएको छ । कञ्चनपुर र कैलालीमा गरि नेपालमा थप नयाँ तीन संक्रमित फेला परेका छन् । नेपालमा एकैसाथ तीनजनामा कोरोना भाइरस (कोभिड(१९) पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एक जनामा स्थानीय संक्रमण पाइएको छ । अन्य दुई जना भने अन्य देशबाट आएका संक्रमित हुन् । मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन् । यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो । ३४ वर्षीया महिलामा यो संक्रमण पुष्टि भएको हो । पहिलो पटक नेपालमै बसेकामा पनि
कोरोना भाइरसको संक्रमण देखिन थालेको हो । आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ ।
२१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ । क्वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो । त्यसैगरी नवौँ संक्रमण कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको हो ।
उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए । नेपाल आएपछि क्वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो । तीनैजनामा कोरोना संक्रमण पुष्टि भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार थालिएको छ । कोरोना संक्रमित तीनैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मार्च १९ मा दुबईबाट भारतको नयाँदिल्ली हुँदै धनगढी आएका चौथो संक्रमित युवकबाट उनकी भाउजुलाई पनि कोरोना संक्रमण भएको हो । ‘दुबईबाट आएका एक व्यक्तिबाट उनकी भाउजुमा पनि कोरोना सरेको छ’, स्रोतले भन्यो, ‘यसको अर्थ पहिलो पटक नेपालमा कोरोना विदेशबाट आएका व्यक्तिबाट यहीँ बसिरहेकामा पनि सरेको छ ।’ मार्च १९ मा संयुक्त अरब इमिरेट्सको दुबईबाट एयर अरेबियाको जहाजमा कैलालीका ३४ वर्षीय युवक कोरोना संक्रमित भई धनगढी अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । कैलाली, कञ्चनपुरका तीनैजनामा परीक्षण गर्दा शुक्रबार राति संक्रमणको पुष्टि भएको हो । यसबाट विदेशबाट आएका व्यक्तिले कोरोना यहीँका परिवारजनमासमेत संक्रमण गराएको पुष्टि गरेको छ ।
परीक्षण गर्न गएकाहरुमा पोजेटिभ रिपोर्ट देखिए पनि अझै कयौँले परीक्षण गराउनै मानेका छैनन् । विश्व स्वास्थ्य संगठनले पनि समुदायमा संक्रमण फैलिनुलाई सबैभन्दा जोखिम यसैलाई मानेको छ । अहिलेसम्म नेपाल सरकारले कोरोना विदेशबाट आएकाबाट समुदायमा नसरेको जनाउँदै आएको थियो । तर धनगढीको भेटिएको यो केस व्यक्तिबाट समुदायमा पुगेको पुष्टि भएको हो । इटालीमा पनि यसैगरी कोरोना व्यक्तिबाट समुदायमा फैलिएपछि महामारीको रुप लिएको थियो । अहिलेसम्म नेपालमा फ्रान्स, बेल्जियम, दुबईबाट आएकामा कोरोना देखिएको थियो ।यसअघि चैत २० मा
कोरोना भाइरस छैटौं संक्रमित भेटिएका थिए । कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएका यात्रुलाई कोरोना संक्रमण भएको पाइएको थियो । यी संक्रमित बागलुङकी ६५ वर्षीया महिला थिइन् । उनी पनि चैत ४ मा बेल्जियमबाट कतार हुदै नेपाल आएकी थिइन ।उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं आएकी थिइन् । योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा कोरोना संक्रमण देखिएको थियो । त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट त्यही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *