एनएनएसडब्लूएद्वारा समाग्री वितरण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २२ चैत
कोरना भाईरस(कोडिभ१९) रोकथामका लागि कञ्चनपुरको नेपाल राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्लुए)ले स्थानीय तह, अस्पताल,
सुरक्षाकर्मी र स्वाथ्यकर्मीलाई विभिन्न स्वास्थ्य समाग्री वितरण गरेको छ । कोरना रोकथाम र त्यसबाट बाँच्नका लागि पुर्व तयारी स्वरुप नएनएसडब्लुएले कञ्चनपुरका ९ वटै स्थानीय तह, महाकाली अस्पताल, क्वारेन्टाईन, सुरक्षाकर्मी र स्वाथ्यकर्मीलाई स्वाथ्य समाग्री वितरण गरेको हो । (एनएनएसडब्लुए)का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले विपद्का बेला सामना गर्नका लागि स्वाथ्य समाग्री वितरण गरेको बताए । उनका अनुसार भीमदत्त, बेदकोट, बेलडाँडी, बेलौरी, लालझाडी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटामा समाग्री हस्तान्तरण गरिएका छन् ।
‘हामीले सबै पालिकामा समाग्री बुझाउँछौँ, ‘उनले भने, ‘महाकालीमा एकदुईदिनमा बुझाउँछौँ ।’ मास्क, हेल्ड स्यानेटाईजर, साबुन, ग्लोब्स डिस्पोजल, ज्वरो नाप्ने डिजिटल मेसिन, पिपिई लगायतका समाग्री वितरण गरिएका छन् । एनएनएसडब्लुएले सबै पालिकामा वितरण गरेका उक्त समाग्रीलाई स्थानीय तहले आ–आफ्ना स्थानीय नागरिकलाई वितरण
गर्नेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *