राज्य व्यवस्थाको एकीकरण र प्रादुर्भाव (९)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

समय परिवर्तनशिल छ, बलवान छ, जसरी वालकबाट यूवा हुदा“को जोस जागर परिपक्कता प्राप्ति पछि मानिस आफ्नो तर्फबाट केही प्रगति पथमा लम्किन सक्छ, त्यस्तै छ राजनीति पनि । जुन खालको वैदेशिक नीति हुदो रहेछ, अभ्यासको लागि नभए पनि भावी वा वर्तमान समयको अध्ययनको
लागि २०१७ देखि २०४२ सम्म निर्दलिय पञ्ञचायती व्यवस्थाको २५ वर्षे रजत जयन्तीमा प्रकासित “स्मारिका” लाई क्रमै सित प्रकासित गर्दै जाने छौं । हामीलाई लाग्छ यसबाट थोरै भएपनि हाम्रा युवाहरुलाई अध्ययन गर्ने स्पष्ट मौका मिल्ने छ । पञ्चायत स्मारिका (बाट)

यसबीच राजनैतिक दलहरुसंग छलफल गर्ने कार्य पनि यथावतै अगाडी बढिरहेको थियो । २०१२ साल कार्तिक १९ गते श्री ५ महेन्द्र भारतको राजकीय भ्रमणको लागि सवारी होईबक्सनु अघि बक्स भएको सन्देशहरुमा देशमा प्रजातन्त्र सही रुपमा फलोस, फुलोस भन्ने हेतुले विभिन्न मन्त्रिमण्डलको गठन, पार्टीहरुसंग विचार विनिमय पनि भउको वार्ताक्रम भारतबाट फेरि जारी राख्ने दृढता सहित उक्त वार्तामा सबैले आफ्नो व्यक्तिगत र पार्टीको स्वार्थलाई विर्सि देश र देशवासीहरुको हितको ख्याल राखी प्रजातन्त्रको सही रुपमा पुरानो भुल दोहरिन नदिई सच्चाई, ईमान्दारी साथ निस्वार्थ भावले देशसेवा गर्न सकुन भन्ने हामीबाट ईच्छा प्रकट गरिबक्सेका छौ हुकुम भयो ।
२०१२ साल माघ १३ गतेका दिन श्री ५ महेन्द्रबाट नेपाल प्रजापरिषदको नेतृत्वमा सात सदस्यीय मन्त्रिमण्डल गठन भयो । यस मन्त्रिमण्डलको गठन
गरी श्री ५ महेन्द्र पश्चिम नेपालको भ्रमणमा सवारी भयो । पश्चिम नेपालको भ्रमणको सन्दर्भमा मौसुफबाट विविध क्षेत्रमा जनताको स्थिति र आकांक्षा बुझिबक्स्यो । विभिन्न स्थानीय सेवा कार्यहरुलाई आर्थिक टेवा पनि दिइएबक्स्यो । २०१३ साल बैशाख २० गते श्री ५ महेन्द्रको शुभराज्यभिषेक सुसम्पन्न भयो । यस समारोहमा पहिलो पटक नेपालमा भारत, भुटान, सिक्किम, बेलायत, अमेरिका, फ्रान्स, चीन, तिब्बत, स्वीजरलैण्ड,बर्मा पाकिस्थान, श्रीलंका, ईण्डोनेशिया, अफगानिस्थान, जापान, क्याम्बोडियाका प्रतिनिधिहरुले भाग लिए । शुभराज्यााभिषेकको अवसरमा आयोजित समारोहलाई सम्बोधन गरिबक्सदै श्री ५ महेन्द्रबाट राष्ट्रिय एकता र प्रजातान्त्रिक प्रणलीको आधारमा यस मुलुकको राजनैतिक आर्थिक विकास गर्ने हामीले एउटा लक्ष्य निर्धारित गरेका छौ हुकुम भयो । २०१३ सालको जेष्ठ २६ गतेका दिन नेपालको लागि हुने चुनाव संविधान सभा अथवा संसद भन्ने कुराको निर्णय भई नसकेको कुरा तत्कालिन प्रधानमन्त्रीले बताए । यसै बीच नेपालको राष्ट्रभाषाबारे पनि केही विवाद दलहरुबाट उठाईयो । २०१३ साल पुस ६ मा श्री ५ महेन्द्रबाट पुर्वी तराईको भ्रमण शुरु गरिबक्स्यो । पुर्वी तराईको जनताको ईच्छा र आकांक्षा बुझिबक्स्नुको साथै त्यहाका स्थानीय विकास र सेवा कार्यलाई प्रोत्साहन दिन आर्थिक सहयोग पनि मौसुफबाट बक्स्यो । यसै क्रममा २०१३ साल माघ १४ गते श्री ५ महेन्द्य्र पुर्वी पहाडको भ्रमणमा सवारी भयो २०१३ साल फागुन २८ गते यिनै भ्रमणहरुको निष्कर्ष जनतामा प्रक्षेपण गर्दै श्री ५ महेन्द्रबाट हुकुम भयो जनतासंग राम्रो सम्पर्क नराखीकन गरिएको जुनसुकै सरकारी वा गैरसरकारी काम पनि अधुरो र अपुरो हुन्छ । देशको कुनै भाग उपेक्षित रहनु देशका निम्ति हित गर्ने हुदैनन् । तर मौसुफ सरकारबाट बारम्बार निर्देशन र चेतावनी बक्स हुँदा हुँदै पनि प्रत्येक दलले आ–आफ्नो प्रकारले सत्तामा रहेको दल र कार्यक्रमको आलोचना यथावत् रुपमा जारी राख्नुको साथै राजाबाट भएका जिल्लाहरुको भ्र्रमणको समेत उपहास गर्ने भ्रष्टता प्रदर्शन गर्ने हदसम्म पुगे । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *