अहिले पनि नेपाल विश्वबाट अलग रहन सक्दैन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

मलाई त्यो दिन याद आउँछ जुन दिन २०४८ साल तर्फ राजा विरेन्द्रले एक अंग्रेजी पत्रिका (द इन्डीपेन्डेन्ट) लाई अन्तरवार्ता दिएकोमा तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले कडा आपत्ति जनाएका थिए । राष्ट्रिय मन्च साप्ताहिकले नेपालीमा रुपान्तरण गरेर पनि प्रकाशित गरेको थियो । सबै प्रश्नको उत्तर त याद छैन २३÷२४ दफाहरु थिए त्यसमा एक प्रश्नको उत्तरको एक जवाफमा राजाको उत्तर थियो भनुकि उपदेश थियो “अव विश्वमा भयावह स्थितिको सुरुवात हुदैछ त्यसबाट नेपाल पनि अलग रहन सक्दैन तर आशा छ नेपाली जनताले त्यो स्थितिको सामना गर्नेछन भन्ने विश्वास लिएको छु भन्ने थियो भने अर्को एक प्रश्नको उत्तरमा भनेका थिए “माओवादी सरकारको समस्या हो कि होईन” भनेका थिए माओवादीको बारेमा सरकारको सोच राजालाई हात्तीको दाँतझै थियो । सार्वजनिक रुपमा माओवादीको विपक्षमा उभिई रहेको थियो भने अदृश्य गरेर माओवादी आन्दोलनलाई सहयोग
गरिरहेको थियो । मारकाट बन्द गरी सरकार र माओवादीले सम्झौता गरेर जे मागहरु थिए ति मागहरुकै बारेमा छलफल गरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि समस्या समाधानतर्फ गए सजिलै सित आत्मसम्मान गौरवका साथ समस्या समाधान हुने थियो तर गिरिजा प्रसाद, माधव नेपाल लगायतका ७ दलका नेताहरुले नेपाल सरकार तथा राजा सित बातचीज कुराकानी नै नगरी सोझै दिल्ली दरबारको निर्देशनमा माओवादीको हेड क्वा. भनिने न्वईडामा ७ दल बीच १२ बुँदै सम्झौता गरियो । जव आजसम्म र भावी दिनहरुमा खतरनाक दस्तावेजको रुपमा रहने छ भन्ने कुरा विज्ञहरु पनि भनि रहेका छन । आज नेपाल र नेपाली विश्वको चंगुलमा फसि सकेको छ । असंलग्न परराष्ट्र नीति हराएको अवस्था पनि रहेकै छ संलग्न पक्षधर भएर बाच्ने हिम्मत पनि गर्न सकेको छैन । चौतर्फी रुपबाट नेपालले मर्का सहेकै छ तै पनि नेपालको पहिचान नेपालबाट नै मेटिन लागेकोले शक्ति राष्ट्रहरुलाई पनि सहज भएको छ । गौतम बुद्धका शान्ति उपदेशबाट एक पटक विश्व चकित भएको थियो ।
एसियामा नेपालका राजा सुद्धोधनका छोरा गौतम बुद्धका उपदेशले युद्धको मैदानमा समेत शान्ति छायो एक समय थियो शान्तिको देवी देवताका मठ मन्दिर निर्माण वास्तुकला अलगै अस्तित्वको थियो । बौद्ध नीति मन परेर उनको शान्ति सन्देश विश्वभरी फैलाउन सम्राट अशोकले गरेका योगदान पनि अमूल्य रहेका छन् भने अफगानीहरुले विश्वमा सबैभन्दा अग्ला ६० फीट उचा बुद्धका शालिक निर्माण गरी पुजा गर्दछन अन्तमा उनै अफगानीहरुले ती मुर्ति तोड्न थालेपछि अमेरिका लगायतका मित्र देशहरुले अफगानको तोराबारामा जाहा तालिवानीहरु लुकेको भन्ने ठहर थियो त्यो एरियामा बम हानी पहाड ध्वस्त बनायो र अफगान नष्ट पारी वर्तमानमा अमेरिकाले पुर्ननिर्माण गरिरहेको छ । नेपालमा जव पृथ्वीनारायण शाहको उदय भयो त्यस पछिका दिनहरुमा नेपाललाई विश्वमा चिनाउने काम भयो सो क्रम जंगबहादुरको उदयपछि पनि यथावत नै रही विश्वमा स्वाभिमानका साथ रहन सक्ने क्षमतामा कमि आएन । आज पनि विश्व खास गरी अमेरिकाले नेपाललाई अलग गर्न खोजेको छैन तर नेपालीबाट के लिन खोजेको हो थाहा छैन । संसारभरीबाट अमेरिका गएर २० औं सालसम्म बसेकाले ग्रीन कार्ड पाएको छैन तर नेपालीहरुलाई तुरुन्तै ग्रीन कार्ड दिने गरेको छ । त्यो पनि बोलाएर सरसरती हेर्दा नेपालीहरुले अमेरिकामा बस्न पाएका छन, कमाउने परिवार नयाँ संसार बसाउने योजना बनाई रहेका छन् र सिमित अवधीसम्म आफ्ना आमाबुवालाई पनि साथमा राख्न पाउने व्यवस्था पनि गरिएको छ । खास गरेर गोर्खालीको नामबाट परिचित देखिएकाले पहिचान पृथ्वीनारायण शाह तथा जंग बहादुरको साथै आधुनिक नेपाललाई चिनाउने राजा महेन्द्रले रहेका छन । विश्वभरीका धेरै राष्ट्रका सेनामा नेपाली रहनु नेपालप्रतिको विश्वास हो ।
नेपालले पनि अन्तराष्ट्रिय शान्ति सेनामा सक्रियताका साथ भाग लिई विश्वलाई शान्ति दिशातर्फ डोर्याउने कामको मदत गरेकोले नेपालीको स्थान उच्च रहेको छ । नेपालको पहिचान गराउने सैनिक संगठन न्याय क्षेत्रले इमान्दार रही जनताको सेवा गर्ने काममा लागेका छन तर न्याय तर्फ नियुक्तिको भागबण्डासँगै न्याय पनि विभाजित तर्फ गयो भन्ने गुनासा अफवाहहरु फैलिने नगरेका भने होईनन् । शक्तिलाई नै सर्वोपरी राख्ने पुरानो पद्धति रही आएकोले त्यो पद्धतिबाट आजसम्म पनि नेपालले अलग रहन सकेको छैन । विश्वमा जे जस्ता घटनाहरु घट्दछन नेपालले अनुशरण गर्नुपर्ने बाध्यता छ । राजनीति दर्शन देश भित्र नखोजी युगौ युग पुराना दर्शनहरु केवल परदेशलाई खुसी पार्नमा अंगाली रहेका छौं । विश्वले विकास र विनासको जडको मारिसकेको अवस्थामा न हामी सित ज्ञान छ न ताकत छ भने विश्वका देशहरुमा हाम्रा युवाहरुलाई (कुल्ली) कामदारको नाममा मात्र पठाएर यो देशको प्रगति शुन्य रहनेछ ।
सरकारले गरेका विकास र जनता स्वयमले गरेको विकास हेर्ने हो भने सरकारीतर्फको विकास न्यून रहेको भए पनि विनास भने बढेको बढ्यै छ । आज प्राकृतिक रोग कोरोना भाइरसको त्रासले विश्व थर्कमान रहेको छ । देश बन्द लकडाउनमा गएको छ तर आजसम्म कोरोना भाइरस ८÷९ जनामा मात्र देखिएको छ र त्यसबाट मृत्यु भएको प्रमाण भने छैन । छिमेकी राष्ट्र चीन र भारतले भोगेको पिडामा नेपाल पनि अछुतो त रहन सक्छ सक्दैन तर देशको अर्थतन्त्रमा भने निकै मन्दी आईसकेको छ । आजसम्म सरकारले गरेको रोकथामको प्रयास सन्तोषजनक नै रहेको छ । तर मह काट्नेले हात भने अवश्य चाट्छ । भ्रष्टाचार गर्नेहरुको लागी पनि समयको साथ चाहिन्छ, प्राकृतिक विपत्ति, मानवीय बदमासी आतंकबाद, विकास निर्माणका कार्य सित भ्रष्टाचार गर्ने ठाउँ रहेको हुन्छ । मेरो अनुभवमा २०३७ सालको भुकम्पमा पिडितको लागी बैतडीको सदरमुकामदेखि पिडित स्थान पुर्चौडीका पिडितहरुलाई रासन चामल ५० किलोका दरले भरियाद्वारा पठाउँदा २० किलोका दरले पायौ भन्ने खबर आएपछि अंचलाधीश ऋतुवर्ण तुब्बाहाम्फे, प्रजिअ तथा जिल्ला सभापति सुरक्षा निकायका पदाधिकारी सित त्यो कुरा पुर्याई सुझावको रुपमा पिडित पक्षलाई नै चामल र भाडा दिने निर्णय भएपछि १÷२ जना जिल्ला सदस्यहरुले मलाई ढाटेपछि म राष्ट्रसेवक भएकोले पिडितको सेवा कसरी हुन्छ भन्ने सोचमा रहे बैतडीबाट म व्यवस्थापनमा सहयोग गर्दै गए भने उमेरले ६० वर्ष पुग्नै लागे पनि लेखा प्रमुख देवीदत्त भट्ट स्वयम निरीक्षणमा पुर्चौडीको नाकाली भटनामा गई यथार्थ विवरण लिई आएका थिए । पिडित पक्षद्वारा नै चामल तथा उद्धारको सामग्री र ढुवानी भाडा समेत पाएकोमा त्यहाँका जनता खुसी रहेका थिए । भुकम्प स्थलमा राजा विरेन्द्रको १५ दिनसम्म उपस्थिति रहेकोले सबैमा हौसला थियो, उत्साहपुर्वक कार्य सम्पन्न भयो । भ्रष्टाचार गर्न त जहिले पनि खोज्दा रहेछन नियन्त्रण गर्न प्रेम, डर त्रासको पनि सक्त आवश्यक पर्ने रहेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *