ढिलैभए पनि महामारीबाट जोगिने प्रयास भएको छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अव्यवस्थित गरिवीको र अविकसितको रेखा भित्र रहन बाध्य भएको नेपाल सरकार र नेपाली जनताले आज विश्वमा भयावह सिर्जना भएको कोरोना भाईरसलाई नियन्त्रण र खोजबीन गर्न सरकारले चालेका हरेक कदम स्वागत योग्य नै रहेका छन् । आफ्ना् अमूल्य कामको र नोक्सानको प्रवाह नगरी व्यापारी उद्योगीहरु तथा आम नागरिकले सरकारको निर्देशन पुर्व रुपमा मानी आएकोले भाइरस फैलिनमा रोकिने भएको छ ।
६\७ व्यक्तिहरु सक्रमित रहेकाले उनीहरुको खोजविन कार्यका साथ उपचार भईरहेको छ । हाम्रो दैविक शक्ति पनि भएकोले त्यो शक्तिको आराधनामा दीप ज्वलन गर्नु पनि उपयुक्त नै होला । आज भि.न.पा. का सबै वडाहरुमा घुम्ती अन्न साग सब्जी पुगेको छ । राष्ट्रसेवक प्रहरीहरुले ससम्मान सेवाको भावनाले ओहर दोहर गर्नेलाई सोधपुछ गरी सम्झाई पठाई रहेका छन् । तर स्वास्थ्यकर्मी र प्रहरीहरु सित रोकथामको कुनै साधन छैन आफ्नो ज्यान हत्केलामा राखी सेवा पुर्याई रहेका सबै राष्ट्रसेवक राजनीतिक कार्यकर्ता सर्वसाधारण नागरिक किसानहरुको धैर्यको कदर गर्नै पर्दछ । हामीले देवी देवताहरुप्रति आस्था राखी प्रत्येक ठाउँका मठमन्दिरहरुमा दियो जलाई परमेश्वरको आराधना गर्नु पर्ने पनि हाम्रो राय छ । मन्दिरमा पुजारी मार्फत अखण्ड दियो जलाउने र हरेक नागरिकले आफ्नो घरमा रहेर नै आराधना गरेमा कोरोना भाइरस मर्ने हाम्रो विश्वास रहेको भए पनि सरकारले भने पुर्ण सजगताका साथ उपचारमा जुट्नु नै पर्दछ ।
आजको अवस्थामा सबै राष्ट्रप्रेमीको एकता भयो भने सर्वकार्य सिद्धि नहोला भन्न सकिदैन । सर्वप्रथम डाक्टरहरु सुरक्षित राख्ने काम गरियोस अनि मात्र आम जनता र रोगीले उपचार पाउने छन् । देशका विद्वानहरु एक ठाउँमा बसी जे निर्णय गर्यो त्यो हामीले मान्नु पर्ने हुँदा तुरुन्त सही निर्णय गरी भाइरसबाट बच्ने उपाय गरौं, हामी पुनरजन्ममा विश्वास गर्ने तथा नगर्ने दुवै पक्षले इश्वरको नाममा भजन कृर्तन गरेमा कुनै प्रकारको खरावी नभई राम्रै हुने धारणा रहिरहोस यो भाइरसले विश्वका वैज्ञानिकहरुलाई समेत हल्लाई दिएको हुँदा हाम्रा आयुर्वेदाचार्यहरुले समेत भाइरस सित लड्ने शक्ति प्राप्त गराई दिनु पर्ने देखिन्छ ।
कोरोना भाईरस (कोभिड–१९) ले विश्वका दुई सय भन्दा बढी देशमा फैलिसकेको अवस्था छ । नेपालमा पनि विदेशबाट आएका नागरिकबाट कोरोनाको संक्रमण पुष्टि भईसकेको छ । यस भाईरसबाट बच्नको लागि सरकारले विभिन्न संयन्त्रहरु परिचालन गरिसकेको जनाएको छ र सम्पूर्ण नागरिकले सचेत भएर काम गर्नुुपर्छ भन्ने जानकारहरुको भनाई रहेको छ । वर्तमान सरकारले यस विपत्तिबाट नेपाली नागरिकलाई बचाउनको लागि सबै संयन्त्र परिचालित गर्नुपर्ने देखिन्छ । सिमा क्षेत्रबाट आवागमन भएका नागरिकलाई उच्च निगरानीमा राखेर काम गर्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *