राज्य व्यवस्थाको एकीकरण र प्रादुर्भाव (८)








राष्ट्रपिता श्री ५ त्रिभुवनको निधनले प्रजातन्त्रको पयोगको दिशामा देखा परेका कठिनाईको संकेत गरे तापनि सही र स्वस्थ प्रजातन्त्रको खोजी र अभ्यास गर्ने कार्यहरु अगाडी बढिनै रहे ।
राज्यरोहणको लगत्तै पश्चात श्री ५ महेन्द्र वीर विक्रम शाहदेवबाट २०१२ साल बैशाख १ गते बक्स भएको सन्देशमा “प्रजातन्त्रको नाममा कलंक लाग्न नदिन र प्रजातन्त्रलाई सुदृढ बनाउन राम्ररी विचार पुर्याई काम गर्नुपर्ने कुरा हुकुम भयो । सोही दिन मौसूफबाट रायल एडभाईजरी शासनको शुरु पनि गरिबक्स्यो । पाँच सदस्सीय सो परिषद्ले मौसूफमा सल्लाह टक्र्याउने दायित्व मात्र बोकेको थियो । यसै ताका अर्थात २०१२ साल बैशाख १ गते नै श्री ५ महेन्द्रबाट मुलुकभरका जिल्ला गौंडाको वास्तविक स्थिति बुझ्न पुर्व पहाड, तराई र पश्चिम पहाड, तराईमा गरी नौ वटा शाही आयोग पठाई बक्सेको थियो । श्री ५ महेन्द्रको आमन्त्रणमा २०१२ साल बेशाख २५ गते नारायणहिटी दरबारमा १२९ संस्थाका प्रतिनिधिहरु मुलुकको अवस्थाबारे विचार विमर्श गर्न भेला भए । नेपाली कांग्रेस, प्रजापरिषद् र नेपाली राष्ट्रिय कांग्रेसका एक पक्ष यो भेलामा शरिक भएनन् । श्री ५ महेन्द्रबाट सो भेलाको आयोजना “हामी सबैले आफ्नो प्रजातान्त्रिक तरिकाले राष्ट्रियता कायम राखी देश र जनताको भलाई के कसो गरे हुन्छ भन्ने कुरामा विचार पुर्याउन गरिएको हो हुकुम हुँदै भेलालाई” १) प्रजातन्त्र कुनै हालतमा पनि गुम्न दिन चाहन्न, कुनै पनि हालमा पुर्ववत् चार वर्षमा झै खाली प्रजातन्त्रको नाममा मात्र त कुनै रुपले पनि देशको बरबादी देख्न, सुन्न र देखाउने मौका दिन असमर्थ छु, (२) सल्लाहकार सभा भंग गर्नेकि नगर्ने (३) आम चुनाव नै भेलाको छलफलको षिय हुने कुरमा प्रकाश पारिबक्स्यो । त्यस भेलाको लगत्तै पछि २०१२ जेष्ठ २७ मा मौसुक सरकारबाट सल्लाहकार भयाको विघटन भयो ।
२०१२ साल श्रावण २४ गते २०१४ साल आश्विन पूर्णिमाको दिन आम चुनाव सुरु गर्ने घोषण भयो । २०१२ भदौं ३ गते श्री ५ महेन्द्रबाट राजदरबारमा गोर्खा परिषद्, राष्ट्रिय कांग्रेस, नेपाली कांग्रेस र प्रजापरिषद्को भेला गराई बक्सी पुरानो भूल नदोहोर्याईकनै अब के कसो गर्नु बेस होला भनि सल्लाह मागी बक्स्यो । गोर्खा परिष्दालाई बाहेक गरी तीन दलको हातमा अन्तरिमसरकारको जिम्म सुम्पनु पर्ने सल्लाह दिइयो । तर यसरी राजनैतिक समस्याको समाधान सँगसँगै अन्य कुरा पनि सुव्यवस्थित गर्दै लाने कुरामा श्री ५ महेन्द्रको ध्यान निरन्तर केन्द्रित रह्यो । बडाहाकिमहरुको पुनर्गठन, सचिवालयको पुनर्गठन, भूमि सम्बनधी नयाँ व्यवस्थाहरु जनसमक्ष आउन थाले । २०१२ साल आश्विन २२ गते पंचवर्षिय योजना तर्जुमा हुने घोषणाद्वारा मुलुकको विकास योजनाबद्ध ढंगले अगाडी बढ्ने प्रक्रियाको थालनी भयो । क्रमशः







