कोरोना भाईरस रोकथाम गर्नका लागि बजार लकडाउन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १५ चैत
देशव्यापी रुपमा महामारीलाई मध्यनजर गर्दै कञ्चनपुर जिल्लामा पनि छैटौं दिन पनि लक डाउन गरिएको छ । यो अवस्थामा महेन्द्रनगर बजार क्षेत्रमा र खुलामञ्चमा बिहान ५ देखि ७ बजे सम्म अति आवश्यक दैनिक उपभोग्य सामग्री खरिद गर्न मात्र बजार खुलेको थियो ।
नियमित रुपमा यस बाहेकको समयमा पुरै लक डाउन रहेता पनि निश्चित समयको अवधीले बजार क्षेत्रमा उपभोक्ताहरूको भीडभाडले जोखिमपूर्ण र संक्रमण बढ्न सक्ने परिस्थितिलाई मध्य नजर गर्दै निश्चित दुरी सीमा रेखा नमुना रूपी बनेको छ ।
यसको व्यवस्थापन केही पसलहरुमा कायम गरिएको देखियता पनि सम्पुर्णमा लागु हुन नसकेको
देखिन्छ । भिडभाड कम गर्न र आफु सुरक्षित रही अरूलाई पनि सुरक्षित राख्न सबैले सोच्नुपर्ने बेला अझै सबैले मध्यनजर गर्नु पर्ने देखिन्छ ।
लकडाउन प्रभावकारी रुपमा कडीकडाई हुनुपर्ने तर्फ सम्बन्धित निकाय र जनमानसमा लगायतले बेलौमा सोच्नु पर्ने देखिन्छ । जिल्ला प्रशासन कार्यालय
कञ्चनपुरले जारी गरेको लक डाउनको निर्णयलाई भने स्थानीयले कार्यन्वयन नगर्दा दिनहुँजसो सवारी साधनलाई चलाउनमा रोक लगाए पनि अटेर गर्दै कार्वाहीमा पर्ने प्रविधि भने नरोकिएको वडा प्रहरी कार्यालयले स्रोतले जानकारी गराएको छ ।
बिहान कार्वाहीमा परेता पनि साझपाख छोडिने गर्दा नियमको उलंघन गर्नेको भने कमि नरहेको बजार क्षेत्रमा देखिदै आएको छ । अनावश्यक रुपमा हिडडुल गर्ने र नियमको उलंघन गर्नेहरु समेत कार्वाहीका भागेदारी बन्दा पनि कुनै चेतना नभएको देखिन्छ ।
लक डाउनको बेलामा सम्बन्धित निकाय र सुरक्षा व्यवस्थापन भने कडा रहेको छ । यो अवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहारीको एकदमै अहम् भुमिका खेल्दै आएकोमा यो महामारीको दुःखद घडीमा सम्पुर्णले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सम्बन्धित निकायले आग्रह गर्दै आएको छ ।
समयमै दुई घण्टाको व्यापारमा मूल्य वृद्धि र खाद्यान्न वस्तु लगायत सम्पुर्ण बजार क्षेत्रमा अनुगमन आवश्यक समेत रहेको हुँदा बेलैमा सम्बन्धित निकायको यो विषयमा तत्काल ध्यान जाऔस अर्थात कुनै चासो नदेखाएको खण्डमा उपभोक्ता मार्कामा पर्ने र जोखिमपूर्ण अवस्था आउन सक्ने स्थानीयले बताएका छन् ।
कोरोना विरामीका लागि बन्यो एक सय शैय्याको क्वारेन्टाइन
भीमदत्त नगरपालिकामा कोरोना भाइरस संक्रमण (कोभिड १९) का विरामी राख्नका लागि एक सय शैय्याको क्वारेन्टाइन तयार गरिएको छ । महेन्द्रनगर नयाँ वसपार्क नजिक अनमी तथा सिएमए तालिम केन्द्र (आइसिएच) मा सय शैय्याको क्वारेन्टाइन स्थापना गरिएको हो ।
भीमदत्त नगरपालिकाकाले कोरोना संक्रमण फैलिएपछि नेपाली सेनासित समन्य र सहकार्य गरी क्वारेन्टाइन स्थापना गरेको हो । आइसिएचका प्रतिनिधि सहित नगरपालिका कार्यालयमा बसेको सरोकारवाला निकायको बैठकले कोरोना संक्रमितका लागि आइसिएचको एक सय शैय्या भएको भवनमा क्वारेन्टाइने बनाउने निर्णय गरेको थियो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना संक्रमणको महामारीलाई मध्यनजर गरी नेपाली सेनाको सहयोगमा एक सय शैय्याको क्वारेन्टाइन स्थापना गरिएको बताउनु भयो । ‘अहिले विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलि रहेको छ, पश्चिमी सीमा नाका कारण भीमदत्त नगरपालिकाको कोरोनाको उच्च जोखिममा छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘यो अवस्थामा कोरोना संक्रमित व्यक्ति भेटिएमा तत्काल राख्नका लागि
क्वारेन्टाइन स्थापना गरिएको छ, यसमा नेपाली सेना सहित सरोकारवाला निकायको सहयोग छ, त्यसका लागि सबैलाई धन्यवाद दिन्छु ।’ नगर प्रमुख विष्टले कोरोना संक्रमणलाई मध्यनजर गरी थप स्थानमा क्वारेन्टाइन स्थापना गरिने जानकारी दिनु भयो । विभिन्न विद्यालयहरुले क्वारेन्टाइन स्थापनाका लागि नगरपालिकालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
भीमदत्त नगरपालिकाले कोरोना संक्रमण
रोकथामका लागि पश्चिमी सीमा नाका गड्डाचौकीमा हेल्थ डेस्थ स्थापना गरी स्वास्थ्य जाँच गर्दै आएको छ । पश्चिमी सीमा नाकामा ६० हजार बढीको स्वास्थ्य जाँच गरिएको छ । सरकारले देशभर लकडाउन घोषणा गरिएको अघिल्लो दिन स्थानीय प्रशासनले कञ्चनपुरमा लक डाउन गरेको थियो । लकडाउन गरिएपछि सीमा नाकाबाट आवागमन बन्द गरिएको छ ।
गड्डाचौकी नाकामा जाँच गरिएकामध्ये दुई जनालाई कोरोना संक्रमणको आशंकामा महाकाली अस्पताल पठाइएको थियो । उनीहरुको रगत जाँचका लागि राजधानी पठाइएको छ । ‘गड्डाचौकीमा हेल्थ डेस्कमा जाँच गर्दा दुई जनालाई आशंका गरी अस्पताल पठाइएको थियो, त्यो बाहेक अरुमा आशंका गरिएको जानकारी आएको छैन’ नगर प्रमुख विष्टले भन्नु भयो,‘यदि कसैमा कोरोनाको संक्रमण देखिएमा तत्काल क्वारेन्टाइनमा राख्छौ, त्यसका लागि टीम तयारी अवस्थामा छ ।’
सुदूरपश्चिममा ज्याला मजदुरीबाट आय स्रोत गुमेकालाई राहत प्याकेज
सुदूरपश्चिममा ज्याला मजदुरीबाट आय स्रोत गुमेका मजदुरका लागि प्रदेश सरकारले राहत प्याकेज ल्याउने भएको छ । विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट जोगिन गरिएको लकडाउनपछि ज्याला मजदुरीबाट आय स्रोत गुमेका तथा गरिबीको रेखामुनी रहेकाहरुका लागि राहात प्याकेज उपलब्ध गराईने भएको हो ।
प्रदेशको मन्त्रीपरिषद् बैठकले राहात प्याकेज आर्थिक मामिला तथा योजना मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले अर्थ मन्त्रालयले स्थानीय तह र संघिय सरकारसँग समन्वय गरी राहात प्याकेज उपलब्ध गराउने निर्णय भएको
जानकारी दिए । सुदूरपश्चिममा लकडाउनपछि दैनिक ज्याला मजदुरी गरी गुजरा चलाउदै आएकाहरु समस्यामा परेका छन् ।
कोरोना रोकथामका लागि सुदूरपश्चिम सरकारले ४० करोडको कोष स्थापना गर्ने
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरसको रोकथामका लागि ४० करोडको कोष स्थापना गर्ने भएको छ । शनिबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेश सरकारको ४० करोड बजेट रहने गरी कोरोना भाईरस जोखिम नियन्त्रण तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले सरकारको ४० करोड रहने उक्त कोषमा विभिन्न संघसंस्था तथा सर्वसाधारणले समेत राहात जम्मा गर्न सक्ने बताए ।
सेती प्रादेशिक अस्पताललाई ‘कोरोना विशेष अस्पताल’तोकियो
सुदूरपश्चिमकै रेफरल सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल तोकिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आज बसेको बैठकले
कोरोनाको परिक्षण तथा चेकजाँचका लागि सेतीलाई ‘डेडीकेटेट’ (विशेष अस्पताल) अस्पताल तोक्ने निर्णय गरेको हो ।आन्तरिक मामि ला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले सेतीलाई डेडिकेटेट अस्पताल तोक्ने निर्णय भएको जानकारी दिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *