लिटिल बुद्धद्धारा नगरपालिकाको विपद् व्यवस्थापन कोषलाई १ लाख सहयोग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, १५ चैत
कञ्चनपुरको महेन्द्रनगर स्थीत लिटिल बुद्ध एकेडेमीले आर्थिक सहयोगको घोषणा गरेको छ । भीमदत्त नगरपालिकाले नगर विपद् व्यवसथापन कोषमा सहयोगर्थ लिटिल बुद्धले एक लाख नगद सहयोग गर्ने घोषणा गरेको हो ।
लिटिल बुद्धका प्रिन्सीपल श्यामसिंह मौनीले विपद् व्यवस्थापनमा सहयोग गर्नका लागि विद्यालयले सहयोग गरेको हो ।
उनले भीमदत्त नगरपालिकाको नगर प्रमुखको सचिवालयले फेसबुकमा गरेको पोष्ट शेयर गदैँ उक्त सहयोग घोषणा गरेको हुन् ।
साथै प्रिन्सीपल मौनीले सुदूरपश्चिम खबरसँगको कुराकानीमा विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाईरसका संक्रमण नियन्त्रणका लागि आफ्नो विद्यालय क्यारेनटाईन बनाउन तयार रहेको बताए । उनका अनुसार विद्यालयका १ सय २० कोठालाई क्यारेन्टाईन बनाउन विद्यालय परिवार तयार रहेको छ । सहयोग रकम केही दिनमै हस्तान्तरण गरिनेछ । नगरपालिकाले पाचौँ नगर सभाबाट विपद् व्यवस्थापन कोष स्थापना गर्ने घोषण
गरेको छ । जसमा हालसम्म ६२ लाख रुपयाँ संकलन भएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *