आ–आफ्नो क्षेत्रबाट सहयोग गरौं

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज नयाँ विरामीले विश्व आतङ्कित भएको छ । चीनको एक प्रान्तबाट सुरु भएको कोरोना भाईरस नाम राखिएको विरामीले नेपाल पनि त्रसित भएको छ । यस्तो समयमा नेपाली जनतालाई सुरक्षित राख्न सरकारले गरेका हरेक प्रयासलाई साथ दिएर अथवा सुझाव सल्लाह जे मागे पनि हामी नेपाली, व्यापारी, कर्मचारी, उद्योगीहरुले आफ्नो तर्फबाट सहयोग गर्नु हाम्रो नैतिक कर्तव्य रहेको छ भने सरकारी उच्च पदस्थ नेता तथा कर्मचारीले आफ्नो ज्यानको बाजी लगाएर जनताको लागी गरेका हर प्रयासको कदर गरी उहाँहरुलाई हौसला दिनु पनि हाम्रो कर्तव्य रहेकोले हामी सबै कर्मनिष्ट बनौ, कर्मनिष्ट विनाको कर्मनिष्टले मात्र केही राम्रो गर्न सक्दैन ।
हाम्रा सम्पूर्ण स्वास्थ्यकर्मी डाक्टर सबैले जनता विरामी हुँदा उपचारार्थ आवश्यक पर्ने उपचार सामग्री औषधीको माग सरकार सित गर्नमा नहिचकिचाई गर्नुपर्ने भएकोले सबै ठाउँका डाक्टरहरुको भिडियो सम्मेलन नै भए पनि उपचार गर्दा प्रयोग गर्ने डे«स, औजारहरुलाई महत्व दिएर चाडै सरकारद्वारा बन्दोबस्त गर्न लगाउनु पर्ने हाम्रो राय रहेको छ । सरकारले पनि डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरु र अन्य नियन्त्रण खोजतलास टीम
प्रहरी संचारकर्मीहरुलाई पनि खोज तलासको ग्रुपमा समावेश गराई आवश्यक पर्ने सामग्री उनीहरुलाई पनि उपलब्ध गराउने काम पनि सरकारबाट हुनुपर्ने देखिन्छ । सञ्चारकर्मीहरुले पनि सरकारबाट आवश्यक पर्ने कुनै सामग्री भए मागी विरामीको सत्य तथ्य खोजबीन गरी जनता र सरकारमा सूचना प्रवाह गर्नुपर्ने थप दायित्व भित्र नै पार्नु पर्दछ ।
मानवलाई पर्ने पिडा हामीले देखेका छौ, सुनेका छौ, भोगेका छौं, हामीले संसारभरीको आतंकवाद देख्यौ सुन्यो निर्दोषहरु बमबाट उडाइए, देशका रक्षकहरुमाथि भाला प्रहार भए विश्वासका साथ सुतिरहेका सैनिकहरुका टाउका काटि सुत्ने बेलामा लास राखे । त्यो सोझै विद्रोह पक्षले स्वयम् नगरी भित्रका सैनिक नै मिली दाङ काण्ड घटाएको होला तर जे भए पनि यि सबै कार्य मात्र हैन अफगानको तोराबोय सरह संसार बन्यो ।
यो प्राकृतिक प्रकोप हो सबैले सहजै सहनु परेको छ ।
करिव ०१४|०१५ साल तर्फको कुरा हो बैतडी पुर्चौडीको तल्लादेही गाउँ पंचायत अन्तर्गत महर गाउँमा ज्वरो आयो त्यसलाई कालो ज्वरो भन्दथे । १|१ महिनासम्म ज्वरो आई अन्तमा त्यो सानो गाउँको एकै भागमा १५|१६ जना मरे । अन्तमा अरु छिमेकी गाउँहरु र थप घरहरुमा सरेन ज्यादै बर्जित गर्यो । गौचरण, बाटो घाटो आवतजावत बन्द गर्यो विरामीले अगाडी बढ्न पाएन । २०२१|०२२ सालतर्फ पुर्चौडी बैतडीमा (सितला)
विफरको प्रकोप फैलियो । विजयपुर तल्लादेहीमा धेरै गाउँहरुले टिका लगायो भने कसैले टिकामाथि भरोसा नगरी भेद हाल्यो । भेद भनेको विफर परेका व्यक्तिहरुबाट निकालिएको पीपमा रहेको भाईरस कपासमा लतपताई बोतलमा राखी आवश्यक परेमा भाइरस पानीद्वारा ब्यूताई सियोको टुप्पामा भाईरस राखी छाला खोपेर मानव शरिरमा पसाउने गर्ने कामलाई भेद भन्दथे । भेद पारिसेकेपछि जीवनभर पुग्ने तर सरकारबाट लगाउने टिकाको म्याद ५ महिना मात्र रहने हुँदा केही गाउँकाले भेद हाल्दथे भने केही गाउँहरुले टिका लाउथे टिकामा २÷३ दिन हल्का जरो आउथ्यो भने भेदमा खटिरा समेत आई १०|१२ दिनसम्म ज्वरो आउथ्यो त्यस कारण भेद जोखिमपूर्ण थियो । डडेल्धुराका पनेरु जातीको वैद्यले त्यो काम गर्दथे अचेल विफरको उन्मुलन भै सकेको छ । परवृजबाट यसरी ज्यान जोगाउथे त्यो समयमा पनि जव जिल्लामा नै अस्पताल थिएन । कल्पना गरौं आजको सुविधा युक्त विश्वले यति दुःख कष्ट भोगी रहेको छ भने त्यस बेलाको रोग सित लड्ने हिम्मत कस्तो थियो होला ? परहेज र हिम्मतले नै विरामीबाट बच्ने समाजले आज विज्ञ चिकित्सक पाएको छ । परहेज, सरसफाई गरौं सरकारले गरेको निष्कर्षमा रही सहयोग गरौं यदि थप सल्लाह भए सरकारलाई दिने गरौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *