संसार परिवर्तनशील छ र संसार संकटमा रहने नियम नै रहेछ








बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त
प्राकृतिक प्रकोप भुकम्पले १९९० सालमा काठमाडौंको रुप फेरिदियो त्यसपछि पनि काठमाडौं र गुजरातमा भुकम्प गयो धनजनको क्षति भयो अन्तमा नेपालमा भुकम्प गयो भीमसेन थापाद्वारा निर्मित धरहरा टुप्पो ९ तला रहेको धरहराको टुप्पामा उभिएका एक जोडी प्रेमिका धरहरासँगै जमिनमा बज्रिए तर विना चोटपटक प्रेमको बलमा बाचे जस्तो भयो । २०२० मा कोरोना भाइरसले विश्वलाई सताएको छ । २०२ देशमा आजसम्म आक्रमण गरि सकेको छ । समाचारले जनाए अनुसार ब्रिटिसका प्रधानमन्त्री र स्वास्थ्य मन्त्री समेतलाई पोजेटिभ भाईरस देखिएका छन् । प्रकोपले सानो ठूला नभन्ने देखियो धनी गरीब प्रकोपको लागी बराबर ठानिएका छन् । माओवादी षडयन्त्रमा पुजीपति धनि तथा सत्तावाला माथि आक्रमण गर्न खोजे पनि गरिवबाट सुरुवात भयो पैसाका गरिव नभए पनि पदका गरिव सिपाही पिउन ड्युटीमा भएको बेला चपेटामा पारी मारिए । एम्बुलेन्समा बसी अस्पताल जान लागेका प्रहरी जवानलाई गाडीबाट बाहिर निकाली मारिए । खचाखच यात्री भरिएको बसमा बम ब्लाष्टिङ गरी यात्रीहरु मारिए । अफगानमा आतंक फैलियो विश्वमा सबै भन्दा उच्च शान्ति दुत गौतम बुद्धका मुर्ति तोडिए, धेरै थोक भयो । आजको महामारीले पनि निर्दोषलाई समाती मारिरहेको छ । सोझै नेपालमा प्रवेश गर्न नसकेपनि विदेशमा गई वौरवतालाको काम गरी जन्मभूमि फर्कि रहेका पीठमा चढी नेपाल पुगी क्षति गर्ने दुष्प्रयास भईरहे पनि बरु धनको क्षति भयो जनको क्षति आजसम्म गर्न सकेको छैन ।
पशुपतिकै भरोसामा बसेका नेपालीहरु कसैको चपेटा र चंगुलमा पर्दै गएका छन् । प्राकृतिक प्रकोप आफैमा दुःखदायी हुन्छ सहन सकिन्न तर अप्राकृतिक प्रकोप हत्या हिंसा पशुमाथिको अत्याचार असह्य भए पनि सहनु परेको छ । आज प्राकृतिक प्रकोप देखिए पनि त्यसको चेकजाँच गर्ने प्रान्तले केन्द्रकै
शरण लिनु परेको छ भने केन्द्रले विदेशको सहयोग लिनु परेको छ । साराका सारा निर्दोष मारिए पनि अझैसम्म आत्मनिर्भर हुन सकेनछौं । धनि अर्थात पुजीवादको विरोध गर्नेहरुको कुरा बुझ्न सकिएन किनभने पुजीवादको विरोध गर्नेहरुले पुजीलाई लुटी आज अझै पुजीवादी बनिरहेका छन् ।
साच्चै संसार परिवर्तनशील रहेछ । म ४|६ वर्षको छदा बैतडीको दुर्गम पुर्चौडीको एक नयाँ सल्याण ठाउँमा मकै गोड्न बुवा काका सँगै मकैबारीमा गएको थिए त्यो ठाउँमा काचका चुरा माटाका गाग्रीका थुप्रै टुकडाहरु फेला परे मैले काकाबुवालाई देखाए भन्नुभयो पहिले यहाँ माटाको भाडा बनाउने कुमाल बस्दथे होला र यि माटाका टुक्रा पाईएका भन्दा अचम्ब लाग्थ्यो । यहाँ पनि मलास डाडामा ओखल छन न्वालाहरु छन, मझगाउँको हवाई मैदानमा काँडे
तारबार गर्ने बेला तामाको भाडामा चादीका रुपमा पाईएका थिए । भने २०५७|०५८ सालमा त्यहाँ एक किसानको खेतमा पनि तामाको करुवामा तामाकै सिक्का पाईएका थिए । जुन म पंक्तिकार स्वयमले देखेको थिए । तराईका विभिन्न ठाउँमा कत्यान धन पाईएका घटनाहरु छन । नेपाल अधिराज्यमा नै कल्याण धन पाइने हुँदा ऐनको नै निर्माण भई कल्याण धनको व्यवस्था मुलुकी ऐनमा गरिएको थियो । कल्याण धन पाएको जाहेर गर्नेले केही प्रतिशत राजश्व बुझाई राख्न पाउने व्यवस्था गरिएको थियो भने जाहेर नगरी अन्यत्रबाट जानकारी पाई कारवाही गरेमा विगो बमोजिम जरिवाना समेत गरी त्यो कल्याण धन सरकारी खजानामा जम्मा गर्नुपर्ने नियम थियो । आज त त्यस्तो लोक कल्याणकारी कैयौ धन लुटपाट भै सक्यो, कृषि बैंकहरु लुटिए भने बैंक मार्फत कृषक पनि नलुटिएका होइनन् भन्न सकिने अवस्था छैन । हरेक बेलामा संसारले संकट व्यहोर्दै आएको छ । यस पटक भने विश्वमा एक साथ संकट आएको छ । यो मानवीय संकटबाट उम्कने र उम्काउने काममा सरकार र जनताको मदत आतंककारी अर्थात आन्दोलनकारी समेत सबैले गरेर अर्कोलाई संकटबाट छुटकरा दिलाउनु पर्ने देख्दछौं ।







