मुख्यमन्त्री भट्टद्वारा गड्डाचौकी नाकामा हेल्थ डेस्क तथा क्वारेन्टाईनको निरीक्षण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ८ चैत
मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार बिहान कञ्चनपुरको गड्डाचौकी नाका र महेन्द्रनगरस्थित क्वारेन्टाईनको अवलोकन तथा निरीक्षण गरेका छन् । शनिबार बिहान कञ्चनपुर पुगेका मुख्यमन्त्री भट्टले भारतबाट हजारौको संख्यामा भित्रिएका नेपालीहरु र त्यहाँ राखिएका हेल्पडेक्सको अवस्थाका बारेमा जानकारी लिए । यसैगरी महेन्द्रनगरमा कोरोना भाइरसको संक्रमितहरुको उपचारका लागि आईसिएच भवनमा निर्माण गरिएको सय शैयाको क्वारेन्टाईनको तयारी अवस्थाका बारेमा जानकारी लिए ।
शनिवार नेपालको पश्चिमी सीमा नाका गड्डाचौकीको अनुगमन गर्दै मुख्यमन्त्री भट्टले कोरोना भाइरस संक्रमण भित्रिन नदिन सीमा नाका गर्नु पर्ने स्वास्थ्य प्रवद्र्धनमा प्रदेश पछाडि नहट्ने जनाएका हुन । ‘माहामारीको रुप लिएको कोरोनाको संक्रमण फैलिन नदिन प्रदेशले गर्नु पर्ने स्वास्थ्य प्रवद्र्धनमा सरकार लागि परेको छ, अहिले हामीसंग भएको कुरालाई प्रयोग गरेका छौँ ।’ मुख्यमन्त्री भट्टले भने, ‘अन्य अपुग सामाग्रीका लागि संघ सरकारसंग माग गरेका छौँ, यसमा प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन ।’ सीमामा तैनाथ स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुका लागि चेकजाँचमा आवश्यक उपकरण उपलब्ध गराइएको बताउँदै संक्रमण फैलिन नदिन चेकजाँचलाई व्यवस्थित बनाउने उनको बताए । ‘कञ्चनपुर र कैलालीका नाकाबाट अहिले धेरै भित्रिइ रहेका छन्, यसले गर्दा यहाँ तैनाथ स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संक्रमणको जोखिम छ, यसलाई व्यवस्थित गर्दैछौँ ।’ उनले भने । सीमा नाकामा अपुग उपकरणहरु खरिदको प्रक्रियामा रहेकाले प्रदेश सरकारबाट उपलब्ध हुने उपकरण एकरदुई दिनमा नै आइपुग्ने प्रतिवद्धता मुख्यमन्त्री भट्टले जनाए । संघ सरकारसंग समन्वय गरेर अपुग सामाग्री थपिने उनको भनाइ छ । कोरोना संक्रमण देखा परेमा तिनलाई व्यवस्थित गर्नका लागि केही ठाउँमा क्वारेन्टाइन र आइसोलेसन वार्ड स्थापना गरिएको मुख्यमन्त्री भट्टले जानकारी दिए । त्यस्तै महेन्द्रनगरमा स्थापना गरिएको क्वारेन्टाईनमा
तयारी हालतमा राख्न समेत निर्देशन दिए । मुख्यमन्त्री भट्टसंगै सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख
सुरेन्द्र बिष्ट, प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले गड्डाचौकी नाका र क्वारेन्टाईनको तयारीको अवस्थाका बारेमा जानकारी लिए ।
त्यसैगरी पश्चिमी सीमानाका गड्डाचौकीबाट नेपाल भित्रिनेहरूको स्वास्थ्य परीक्षणका लागि सेनाको स्वास्थ्यकर्मीको टोली पनि खटिएको छ । सेनाले शुक्रबारदेखि गड्डाचौकी स्थित हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणका लागि पाँच जनाको स्वाथ्यकर्मीको टोली खटाएको हो । महेन्द्रनगरमा
रहेको श्री नं. २५ बाहिनी अड्डा र सिंह शार्दुल गुल्म भगतपुर ब्यारेकको श्री न.ं २५ फिएको सैनिक स्वाथ्यकर्मीको टोली खटिएको सेनाले जनाएको छ ।
सेनाले कोराना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्ला सुरक्षा समिति लगायत विभिन्न निकायसँगको सहकार्यमा काम गर्न तत्पर रहेको श्री नं. २५ बाहिनी अड्डाले जनाएको छ ।
श्री नं.२५ बाहिनी अडका बाहिनीपति सहायक रथी शंकरबहादुर पण्डित, प्रमुख सेनानी जीवन कार्की, सिंह शार्दुल गुल्मका गुल्मपति प्रणयजंग मल्ल, बाहिनीका सेनानी गोरख पुजारा र श्री नं. २५ फिएका डा.अल्का मजगैयाले ब्रह्मदेव र गड्डाचौकी सीमानाकाको स्थलगत अवलोकन समेत गरेका थिए ।
संक्रमणको त्रास फैलिएपछि पश्चिमी नाका गड्डाचौकी भएर नेपाल फर्किनेको संख्या बढ्दै गएको छ । रोजगारीका लागि भारत गएका नेपाली घर फर्कन थालेका हुन् । हेल्थ डेस्क गड्डाचौकीका अनुसार नेपाल भित्रिनेको संख्या दैनिक चारदेखि पाँच हजार छ ।
सुदूरपश्चिमका सीमा नाकाबाट एक हप्ताका लागि भारत नजान आग्रह गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना भाईरस नियन्त्रण तथा निर्देशक समितिले सीमा नाकाबाट एक हप्ता सम्म भारत प्रवेश नगर्न आग्रह गर्ने निर्णय गरिएको हो ।
कोरोनाबारे भाइरल अडियोको प्रहरीले थाल्यो अनुसन्धान कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए । उनले भने, ‘प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको बारेमा अनुसन्धान सुरु भएको छ ।’
उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिए । हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् । नेपाल प्रहरीको साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले पनि सो अडियोबारे अनुसन्धान भइरहेको बताए । ‘त्यसको प्राविधिक पाटोबारे हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने । सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।
नयाँवर्ष नजिकिदै गर्दा सुदूरपश्चिममा कोरोनाको अत्याधिक जोखिम नयाँवर्ष नजिकिदै गएको छ । नयाँवर्षमा सुदूरपश्चिमेलीको मौलिक पर्व ‘बिसु’मनाउन भारतमा रहेका नेपाली कामदार ठुलो संख्यामा घर फर्कन्छन् । यसले सुदूरपश्चिम प्रदेशको जनस्तरमा चिन्ता चुलिदै गएको छ । ‘नेपालीहरु कामगर्ने प्रायः भारतका सहरहरुमा कोरोनाभाईरस देखिएको छ,’ होटल तथा पर्यटन व्यवसायी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दीपकबहादुर खड्का भन्छन्,‘बिसु मनाउन दिनहुँ हज्जारौँको संख्यामा नेपाली आउछन् । यस्तोमा कोरोना नआउला भनेर ढुक्क हुने अवस्था छैन् ।’
भारतमा शनिबारको तथ्याङ्क अनुसार कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुको संख्या २५० पुगेको छ । पाँचजनाको मृत्यु भईसकेको छ ।
नेपालीहरु काम गर्ने राज्यहरु दिल्ली, महाराष्ट्र, उत्तरखण्ड, कर्नाटक, गोवा, पन्जाब, हिमाचल लगायतमा यतिबेला कोरोना भेटिएको छ । त्यहाँका स्वास्थ्यकर्मीहरुले भारतमा अझै व्यापक मात्रामा कोरोना फैलनेसक्ने सम्भावना देखाएका छन् । यस्तोमा स्वदेश फर्कने नेपालीहरुमा संक्रमण हुनसक्ने सम्भावना पनि उत्तिकै बढी हुने स्वास्थ्यकर्मीहरु बताउछन् । ‘बिसुको बेला सीमामा अत्याधिक चाप नै हुन्छ,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने,‘त्यो चापले सुदूपश्चिमलाई ठुलो जोखिम ल्याउनसक्छ ।’
पछिल्ला केहीदिनयता सरकारले सुदूरपश्चिमका मुख्य नाकाबाहेक अन्य नाका बन्द गरेको छ । मुख्य नाकामा ‘स्क्रिनिङ’ गरेर जोखिम घटाउने प्रयत्न गरिएको छ । तर त्यसले मात्रै सम्पूर्ण जोखिम न्युनिकरण गर्न नसकिने मलासी बताए । उनले भने,‘
कोरोनाको ‘ईक्यूभेशन पिरियड’संक्रमण देखिने समय कुनै मान्छेमा दुईदिन कुनैमा १४ सम्म नि हुन्छ । यस्तो अवस्थामा स्क्रिनिङ गर्दा नभेटिएर पछि भेटिनसक्छ ।’
विसुसंगै जोखिम बढीरहेका बेला सरकारको नजर भने यसतर्फ गईरहेको छैन् । अझैपनि सरकारले सचेतनाबाहेकका पूर्व तयारीहरु पर्याप्त रुपमा गरेको छैन् । जसले जनस्तर त त्रसित छ नै, स्वास्थ्यकर्मीहरु पनि चिन्तित छन् ।
प्रदेशभरी नै स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई)को अभाव छ । ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरु सुरक्षित ढंगबाट ‘स्वाँब’ लिने बिधिबारे अनभिज्ञ छन् । स्वास्थ्यसंस्थाहरुमा पर्याप्त औषधि तथा उपकरणहरु छैनन् । जसले स्वास्थ्यकर्मीहरु समेत त्रसित छन् ।
‘यो एकदमै छिटो संक्रमण हुने भाईरस हो, त्यसैले यसको उपचारमा संलग्न स्वास्थ्यकर्मी एकदमै सुरक्षित रहनुपर्छ,’ शिखर नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिष शाह भन्छन्,‘यसका लागि चाहिने लुगा कुनैपनि स्वास्थ्यकर्मी र संस्थासंग छैन् ।’ यही कारण नै स्वास्थ्यकर्मीहरु बढी त्रसित रहेको उनले बताए । कोरोनाभाईरस संक्रमणको जोखिमको सामना गर्न सुदूरपश्चिममा ‘अन्य प्रदेशको तुलनामा राम्रो’ तयारी भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर दिपायलका निर्देशक डा.गुणराज अवस्थीले बताए । ‘उच्च जोखिमको अवस्थालाई मध्यनजर गर्दै हामीले अन्य प्रदेशको तुलनामा उत्कृष्ट तयारी गरेका छौ,’ उनले भने,‘त्यसैले चिन्ता मान्नुपर्दैन् । ’चिकित्सक÷ स्वास्थ्यकर्मी, औषधि उपकरण, उपचार स्थान सबैको उत्कृष्ट तयारी भएको उनले बताए । ‘के ? कहाँ ? अहिले नभनौ तर, उत्कृष्ट तयारी गरेका छौ,’ उनले भने । सबैले व्यक्तिगत सरसफाईमा ध्यान दिए
कोरोनाको जोखिम घटेर जाने उनले बताए । उनले भने, ‘सबै नमस्कार गरौँ । व्यक्तीगत सरसफाईमा ध्यान दिऔँ, कोरोनाको जोखिम घट्छ ।’
गौरीफन्टा नाकामा पनि मुख्यमन्त्री भट्टको अनुगमन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिनगरभन्सार नाकामा राखिएको हेल्थ डेस्कको अवलोकन गरेका छन् । मुख्यमन्त्री भट्टले नेपाल भारतको सीमावर्ती गौरीफन्टा नाकामा नेपाल आवतजावत गर्ने नेपालीको अवस्था समेत बुझेका हुन् ।
भारतका विभिन्न सहरमा मजदूरी गरी घर फर्किरहेका नेपालीसँग कुराकानी गर्दै मुख्यमन्त्री भट्टले अति जरुरी कामबाहेकको अवस्थामा आवतजावत नगर्न आग्रह गरे । उनले कोरोनाको संवेदनशीलता बुझेर त्यसअनुरुपको सतर्कता अपनाउन आग्रह गरे । मुख्यमन्त्री भट्टले कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेज र गेटा आँखा अस्पतालको निरीक्षण गरे । उनले आइसोलेसन कक्ष कम भएको खण्डमा सो कक्ष स्थापनाका लागि गेटा मेडिकल कलेज र गेटा आँखा अस्पतालको निरीक्षण गरेको जनाइएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *