राज्य व्यवस्थाको एकीकरण र प्रादुर्भाव (८)

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दलभित्रको आरोपप्रत्यारोप र मन्त्रीहरुको राजीनामाले सो एकमना मन्त्रिमण्डलको छवि ध्वस्त हुदै गयो । प्रजातन्त्र र राष्ट्रिय पुननिर्माणका आकांक्षाहरु उपेक्षित हुदै गए । यसै पृष्टभूमिमा २००९ साल बैशाख १९ गते काठमान्डौ, तराई तथा पहाडका न्यनबैतनिक कर्मचारीहरुले हड्ताल गरे । २० गते हड्तालहरु सबै वर्खास्त गरिएको विज्ञप्ति जारी भयो । आखिर श्री ५ त्रिभुवनबाटै न्यनवैतनिक कमृचारीहरुको समस्या समाधान गरिबक्स्यो । मन्त्रिमण्डलको अक्षमतालाई नेपाली स्वरुपसम्मको विदेशी मनोभावनाको, सरकार, जुन सरकार आफुलाई लडेर, जितेर र जाई गर्न आएको भन्ने मात्र सम्झेको छ भन्ने धारणा अभिव्यक्त भयो ।
२००९ साल साउन ३० गते उप्रान्त एकमना सरकारको प्रधानमन्त्रीले राजीनामा दिएपछि श्री ५ त्रिभुवनबाट हाम्रा प्यारा प्रजाहरुको कल्याणको निमित्त उद्योग गर्नु, घुससखोरी, भ्रष्टाचार र नियुक्तमा पक्ष पातलाई निर्मुल गर्नु, जनताको हितको आवश्यकता पुर्ति गर्नु, स्वतन्त्र न्यायव्यवस्था र स्थापना गर्नमा सकभर मद्दत गर्नु, मौलिकहकको स्पष्ट परिभाषित र व्याख्या गर्नु, संविधान सभाको निमित्त चुनाव सकेसम्म चाँडो गर्नु जस्ता कर्तव्य सहितको पाँच सदस्यीय परामर्शदात्री सरकारको गठन गरिबक्स्यो । नेपालको तत्कालिन राजनीतिमा विविध सल्लाहको लागि श्री ५ त्रिभुवनको सल्लाहकार रहेका भारतीय सल्लाहकारले नेपालको वर्तमान परिस्थितीमा कुनै पार्टी विशेषको सरकार पनि सफलतापुर्वक चल्न सक्दैन । कुनै पनि राजनैतिक दलबन्दीसंग सम्बन्धमा नरहेका स्वतन्त्र व्यक्तिहरुद्धारा बनेको सरकारले मात्र मुलुकमा शान्ति र सुरक्षा कायम गरी जनताको जीवनस्तर उच्च बनाउन सक्छ भन्ने राय व्यक्त गरे भने भारतका नेता तथा यहाँका दलको सरकार गठन गर्न पाउने दावी तेस्र्याउन थाले । नेपाली मात्रको संरक्षक संस्था राजसंस्थामा नानाथरीका धम्की दिने दुस्साहसहरु पनि त्यतिबेला भएको देखिन्छ । आम चुनाव जस्तो सबैको सरोकार हुने विषयमा कुनै एउटा राजनैतिक दललाई भागलिन दिएको निहुँमा अरु दलको बहिस्कार गर्ने र आफ्नै कारणले मात्र प्रजातन्त्र आउको दावी गर्ने अहभाव र असहयोगको वातावरण जारी रह्यो ।
फागुन ७, २००९ को राष्ट्रिय दिवशको उपलक्षमा श्री ५ त्रिभुवनबाट जनताको ईच्छा र रुचि यकीन गर्नु चुनावनै एक मात्र असल तरिका भएकोले आम चुनाव चाडो गराउन कोशिश भईरहेको तथा देशको सुदुर कुनाकाप्चामा गई प्रजातन्त्रको सन्देश जनतासम्म पुर्याउन र विभिन्न राजनैतिक दलहरुले आफ्नो ध्येय र उद्देश्य जनताको सामु पेश गर्नु उनीहरुकै फाईदाको निमित्त हो भन्ने कुरा हुकुम भई जनताको ईच्छा र रुचिमा सदा ध्यान दिने कुरामा जोड बक्सेको थियो । साथै केही समय पश्चात् २०१० साल असार २ गते मौसुफ सरकारबाट राष्ट्रिय प्रजापार्टीको मन्त्रिमण्डलको गठन गरिबक्सदै हुकुम भयो सबै राजनैतिक दलका प्रतिनीधिहरुबीच एकमत नहुनु दुखको कुा हो साधारण निर्वाचन नभएसम्म कुन दल ठुलो, कुन दल सानो ? छुट्याउन गाहै« छ । सबै दलले आफुलाई ठुलो ठहर्याई सोही अनुसारसंग माग राख्दा हाम्रो कठिनाई सप्ठ्यारोतिर जानुभन्दा अप्ठ्यारोतिर घचेटिएको छ ।
राजनैतिक दलहरुको मुलुक र जनताको स्वार्थ उपेक्ष ागर्ने प्रबृतिले श्री ५ त्रिभुवनको स्वास्थ्यमा पनि प्रतिकुल असर पार्न थाल्यो । २०१० असोज ४ गते स्वीट्जरलैन्डमा स्वास्थ्योपचारको लागि सवारी होईबक्सनु अघि रेडियो नेपालद्धारा प्रसारित एक सम्बोधनमा मौसुफबाट मर्मस्पर्शी रुपमा हुकुम भयो । हामशी नेपालीका प्रत्येक नरनारीले त्याग र बलिदानको निमित्त आज प्रस्तुत हुनु परेको छ के को त्याग ? के को बलिदान ? आफ्नो निजी स्वार्थको आफ्नो गुट विशेषको स्वार्थको र आफ्नो संकीर्ण घेराको स्वार्थको र आज हाम्रो लक्ष्य केवल देशको सामुहिक विकाशको स्वार्थको लागि प्रत्येक व्यक्तिको सामुहिक प्रयास हुनु पर्दछ र त्यसको लागि चाहिएको छ प्रत्येक नेपालीको त्याग र प्रत्येक नेपालीको बलिदान र त्यस त्याग र बलिदानमा आधारित सामुहिक प्रयास । देशको यत्रो दुर्दशाले चिच्याई पुकार्दा पनि खेद छ हाम्रो पाईलो यस दिशातिर यस मनोभावनातिर बढेको छैन । देशको नाममा आफ्नो व्यक्तिगत वा संकीर्ण दलगत स्वार्थको पुर्ति गर्नु केवल अपराध मात्र हैन ठुलो पाप हुन जानेछ । यसै प्रसंगमा असोज २६, २०१० मा मौसुफबाट बम्बई छाड्नु अघि परस्परमा दोषारोहण गरी समय नष्ट गर्नु ठीक होईन भनी एक सन्देशमा चिन्ता व्यक्त गरिबक्स्यो । २०१० साल फागुन ७ गते तत्कालिन मन्त्रिमण्डलको पुनर्गठनको घोषणा गरिबक्सदै श्री ५ त्रिभुवनबाट हुकुम भयो देश कुनै व्यक्तिको अथवा दलको पेवा होईन यो त सबैको साझा हो र यसलाई उन्नतितिर लिएर जाने जिम्मेवारी पनि सबै माथि छ ।
२०११ साल बैशाख १ गते श्री ५ त्रिभुवनबाट अधिराज्यका सबै दल, महिला, व्यापारी, किसान, मजदुर, उपेक्षित वर्ग र राजनैतिक बुद्धिजीवि रहेको एउटा बृहत सल्लाहकार सभाको गठन गरिबक्स्यो । बैशाख १२ गते नेपाल भारत बीच कोशी योजना सम्झौता भयो । यो सम्झौता पनि विवादको केन्द्र बन्यो । २०११ साल जेष्ठ २५ गते श्री ५ त्रिभुवनबाट दोस्रो सल्लाहकार सभाको सम्बोधन भाषण बक्सदा पनि दलहरुको आन्तरिक खिचातानीबाट परिरहेको समस्याप्रति चिन्ता व्यक्त गरिबक्स्यो । श्री ५ त्रिभुवन २०११ साल असोज १६ गते स्वीजरलैण्ड औषधोपचारको लागि सवारी भयो । नेपालको राजकाज हेर्न श्री ५ युवराजाधिराज महेन्द्र बीर विक्रम शाहदेवको नेतृत्वमा राजकीय परिषद गठन भएको थियो । नेपाली काँग्रेस दल केवल मन्त्रिमण्डलको सहभागिताको लागि सच्याग्रह जस्ता कुरामा लाग्न थाले । यो काममा पनि अरु कुनै दलको समर्थन उसलाई मिलेन । २०११ साल फागुन ७ गते ज्युरिचबाट पाठाईबक्सेको एक सन्देशमा श्री ५ त्रिभुवनबाट तत्कालिलन राजकीय परिषद भंग गरी श्री ५ युवराजाधिराज महेन्द्र वीर विक्रम शाहदेबमा सम्पुर्ण अधिकार बक्स भएको कुरा उल्लेख गरिब्क्स्इो । श्री ५ युवराजाधिराज सरकारबाट २०११ साल फागुन १९ गते तत्कालिन मन्त्रिमण्डलको विघटन गरिबक्स्यो । २०११ साल फागुन ३० गते राती ८÷३० बजे श्री ५ त्रिभुवनको स्वीट्जरलैण्डको ज्युरिचमा स्वर्गारोहण भयो । प्रजाको लागि गद्दीको बाजी लगाउने, प्रजाको हित र कल्याणको लागि निरन्तर सक्रिय रही प्रजाकै सहभागिताबाट प्रजातन्त्र र विकासको सपनामा तत्कालिन प्रजातन्त्रका प्रवर्तक र प्रमुख सेनानी श्री ५ त्रिभुवनको स्वर्गारोहणलाई कैयद एवं विदेशी निष्पक्ष विश्लेषकहरु नेपालका तत्कालिन राजनैतिक व्यक्तिहरुको व्यक्तिगत,दलगत हानथान र संकीर्ण स्वार्थको कारण पनि मान्दछन् । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *