नयाँ नक्सा जारी गर्न माग- नेपालको नापी विभाग भारतको नापी विभागसित किन दवियो ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ८ चैत
विश्वको नक्सा र समय प्रमाणित गरिएको हुन्छ जसरी चौविस घण्टाको दिनरात विश्वभरी ठीक समयमा नै रहेको छ त्यसैगरी विश्वका देशहरु छुट्याउनको लागि यस्तै रेखा कोरिएका छन्, जसलाई हामी राजनीतिक नक्सा भन्ने गर्दछौ । अमेरिका भारत, चीनका सिमानाहरु एकिन थिएनन् भने आज एकिन गराउन सकिने थिएनन् । नेपाल र ब्रिटिसको सिमाना जंगबहादुरको पालामा नै छुट्याईसकेको थियो । त्यसपछिका दिनहरुमा पनि करिव २०२८ सालदेखि मात्रको कुरा गर्ने हो भनेपनि हरेक पाँच पाँच वर्षमा नेपाल भारतका सिमानाहरु निर्धारित गरिएका स्थानहरु दुवै संयुक्त टोलीबाट
निरिक्षण हुँदै गएका थिए भने त्यतिबेला दुवै देशका संयुक्त टोलीले सिमाना ठिक छ भनेर हस्ताक्षर समेत गरेको अवस्थामा जतिपटक नाप्यो त्यति पटक सिमाना किन नेपालतर्फ सर्दैै आएको छ । नेपालका नापी विभागका टोलीले किन प्रतिपाद गर्न सक्दैन यो विषयलाई नेपालीहरु आफ्नो सिमाना छुट्याउन सक्दैनन् भने कहाँ निर्धारण भएको थियो ।
ब्रिटिस शासन गर्ने व्रिटिसका नापी विशेषज्ञहरुलाई बोलाई नेपाल भारतको सिमाना छुट्याउँदा साक्षी बसिदिन अनुरोध गर्नुपर्ने देखिन्छ । नेपाली र भारतीय संयुक्त नापी टोलीले नेपालप्रति किन बदमासी गरिराखेका छन् । भारतले कहिल्यै पनि भनेको सुनेको छैन कि नेपालले हाम्रो भूमि अतिक्रमण गरेकोले फिर्ता गरिपाउँ भनेर कहिल्यै पनि भनेको छैन । नेपालीहरु कहिले यो जमिन भारतको हो छोडी देउ भन्छन्, कहिले भारतले अतिक्रमण गर्यो भन्छन्, भने हाम्रो व्यवस्थामा रहेका सरकारी संयन्त्र नापी विभागमाथि हामीले किन संका नगर्ने ?राजनीतिक हिसावले जनतालाई भडकाएर भारत विरोधी बनाउनु उपयुक्र लाग्दैन ।
अन्तराष्ट्रिय सीमा सरोकार समूहले कञ्चनपुर जील्लामा भारतसंग जोडिएको सीमा क्षेत्रलाई तत्कालै पुनरावलोकन गरी नयाँ नक्सा जारी गर्न सरकारसंग आग्रह गरेको छ । सुदुरपश्चिम् प्रदेशका विभिन्न नौ स्थानमा भारतले अतिक्रमण गरेकोमा सरकारलाई यसप्रति ठोस कदम चाल्न र तत्कालै अनुगमन टोली पठाई पुनरावलोकन गर्न सीमा सरोकार समूहले आग्रह गरेको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी कञ्चनपुरमा भारतीय पक्षद्वारा गरिएको आक्रिमणमा रोक लगाई पूनरोवलोकन गर्न आग्रह गरेको हो । कञ्चनपुर जिल्लामा अतिक्रमित क्षेत्रमा विगतदेखि नेपाली नागरिकले भोगचलन गरी आएको जमिनलाई अचानक भारतले आफ्नो नक्सामा राखेकोमा सीमा सरोकार समूहले सरकारको ध्यानाकर्षण गराएको हो ।कार्यक्रममा सरोकार समूहका संयोजक पल्लवराज भट्टले कञ्चनपुर जिल्लावासीको पहलमा अन्तराष्ट्रिय सीमा सरोकार समूहको निर्माण भएको बताएका छन् । भारतद्वारा अतिक्रमित क्षेत्रको विषयलाई अन्तराष्ट्रियकरण गर्न समूह काठमाडौँ आएको उनले बताए । उनले भने,‘हामी प्रमाणसहित काठमाडौँ आएका छौँ, तत्कालै सरकारले प्रभावकारी कदम चाल्नुपर्छ ।’ सम्पूर्ण पीडित पक्षको आवाज गम्भिरतापूर्वक नेपाल सरकारले अतिक्रमित क्षेत्रलाई फिर्ता गराउनु पर्ने स्पष्ट पारेका छन् ।
भूमिसुधार मन्त्रालयले पठाएको टोली भारतीय पक्षका क्षेत्रमा गएर उनकै नक्साको आधारमा पनि त्यहाँबाट रिपोर्टिङ मन्त्रालयलाई पठाएकोमा उक्त टोली समेतलाई कारवाही गर्न माग संयोजक भट्टले गरेका छन् । उनले भने,‘मुल सीमा स्तम्भलाई आधार मान्दा सम्पूर्ण अतिक्रमित क्षेत्र नेपालकै भू–भागमा पर्न आउँछ । तर, भारतले साँक्षी स्तम्भलाई आधार मानेर सम्पूर्ण क्षेत्र आफ्नो पारेको छ ।’ हालै कञ्चनपुर जिल्लामा निर्माणाधिन अवस्थामा रहेको हुलाकी सडकसमेतलाई भारतीय एसएसबीका जवानहहरुले आफ्नो क्षेत्र भनि उक्त सडकको निर्माणमा रोक लगाएकोमा सरकारलाई गम्भिर रुपमा प्रस्तुत हुन आग्रह गरेका छन् । त्यसैगरी कार्यक्रममा अन्तराष्ट्रिय सीमा सरोकार समूहका सदस्य ओमप्रकाश पन्तले आफुहरु रहरले काठमाडौँ नआएको जिकिर गरे । ‘हामी बाध्यताले काठमाडौं आएका हौं, राज्य गणतन्त्रात्मक प्रणाली गएतापनि हामीलाई भान भएको छैन् । सम्पूर्ण कार्य गर्न काठमाडौँनै आउनुपर्ने के हो ?।’ नेपाली सीमा निरीक्षण टोलीले भारतकै सीमामा बसेर भारतकै निरीक्षण टोलीको मिलोमतोमा गरेको सर्बेमा उनीहरुले गौरव गरेको उल्लेख गर्दै पन्तले त्यसप्रति आपत्ति जनाए । उनले राज्यपक्षबाट आएका टोली नेपाली सीमा टोलीप्रति गम्भिर नभएको कारण तत्कालै नयाँ टोली पठाई स्थानीय निकायसँगको विचारविर्मश गरी नयाँ नक्शा जारी गर्न सरकारसंग आग्रह गरे ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *