सिमा विवाद गराउने काम नापी विभागको देखिन्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बलदेव अवस्थी
भानुस्वर्णपदक प्राप्त

नेपालमा जव ठालुहरुको विगविगि थियो त्यसबेला नेपाली जनताको जग्गाको चौहद्दी कुमारी चोकमा रहने गर्दथ्यो । कसै सित विवाद परेमा कुमारी चौकबाट जग्गाको चौहद्दी मगाउने गर्दथे । फलानो पानी मुहान डाडा कही सिमाना हुन्थ्यो भने काफलको रुखदेखि, नदीको बेल्टदेखि फलानो ठाउँतर्फ छ भन्ने कुरा पहाडी क्षेत्रको नापीमा देखेको थिए भने २०४०/४१ सालतर्फ नेपाल भारतको सिमा निरीक्षणको काममा भारतीय र नेपाली केन्द्रीय नापी टीम सदरमुकाम बेल्डाडीको कलकत्तामा १ हप्ता सम्म म पनि सिमा निरिक्षणमा जाँदा सक्कल नक्सा भारतको देहरादुनमा छ भन्दथे नेपाली टीम सित उनले दिएकै फोटोकपी नक्सा थियो ।
महाकाली तर्फ स्तम्भ पाईएन खोजी गर्दा खयरको रुख देखि ५० मिटर पश्चिम तर्फ छ भनेको थियो चौहद्दीमा खयरको रुख त नदीले कहिले ढाली सकेको थियो थाहा नै थिएन । त्यस्तै अर्को पिल्लरको कुरा गर्दा नदी किनारा देखि केही मिटर दक्षिण भनेको थियो त्यो कतिबेला नदीले सिमा बदले छ कसैलाई थाहा नै छैन । २०४०/४१ मा त्यो क्षेत्रको सिमा एकिन भई सकेको थियो भने आज आएर ७०/८० विगाहमा जग्गा भारततर्फ पर्यो भन्ने कुरा यति सजिलै सित नेपाली नापी टोलीले कसरी र किन स्वीकार गर्यो त्यसमा नापी विभागतर्फ हामीले संका गर्नुपर्ने देखिन्छ ।
नेपाल भारत दुई देश बीच झगडा हुने माहौल एकातर्फ बनेको छ भने अर्को तर्फ कञ्चनपरको मात्र पनि कुरा गर्ने हो भने जिल्ला भरीका कित्ताहरु एक व्यक्तिको कमैडा अर्काको नाममा घुसाई दिएकोले गाउँले बीच जग्गा खिचोला मुद्दाले जनतालाई सास्ती दिएको छ र झगडा गराएको छ । मालपोत कार्यालयले पनि त्यस्तो जग्गा दर्ता गर्दा सधियारलाई जानकारी नै नदिई बदनियतबाट भोगचलन रहेको जग्गा अर्काको नाममा दर्ता गरेको प्रमाण हामी दिन सक्छौं । नापी विभागको कमजोरी र बदनियतले गर्दा देश तथा विदेश सित समेत वैमनश्यताको समेत सुरुवता भएको पाईन्छ । विदेश अर्थात भारत नेपालको सिमानामा नापी बाट नै कित्ताकाट भएको जग्गा नापी गर्ने बेलामा भारतबाट अवरोध नहुनु हाम्रो जमिन नेपाल अतिक्रमण गर्यो भनि कुनै विरोध नहुनु तर दुई देशका टोली बीच किन यस्तो नापी सहमती सम्झौता भयो जनतालाई चौतर्फी मारमा पार्ने नापी विभाग बाट किन
आन्तरिक कित्ताकाट र भारत नेपालको सिमानामा यस्तो फेरबदल भई रहेको हुन्छ । त्यसबारेमा नेपाल सरकारको ध्यान जानुपर्ने देखिन्छ । जति पटक जग्गा नापजाँच गर्यो त्यति पटक अलग अलग नतिजा देखाउनुमा जनतालाई पनि संका लाग्नु स्वभाविक हो । अव चाडै नापी विशेषज्ञ टोली संलग्न भएको नेपाली टोलीद्धारी नेपालको तराई बेल्ट खासगरी ऐलानी पुनर्वास गरिएको छ त्यहाँ कैलाली कञ्चनपरमा पुनः सुद्ध नापी गर्नुपर्ने अनिवार्य हामी देख्दछौं । सरकारले गाउँ गाउँबाट जनप्रतिनिधिहरुद्वारा यथार्थताको अनुसन्धान गराई त्यो क्षेत्रमा पुनः नापी
गराई गाउँलेहरु बीचको झगडा मेटाउने तर्फ जानुपर्ने ठान्दछौं । अझै पनि कञ्चनपुरमा ऐलानी खुलेको दिन २०२७/२८ साल देखि हालसम्म जसको भोगचलनमा छ उसकै नाममा दर्ता हुने व्यवस्था सरकारले मिलाउनु पर्ने हाम्रो राय रहेको छ ।
यदि लामो समयदेखि भोगचलन रहेको छ उसको नाममा कित्ताकाट नगरी अर्काको नाम जनाएको छ भने बर्तमानको स्वार्थी जमानामा जग्गाको मूल्यमा पनि बृद्धि भएको अवस्था हुँदा अदालतमा गई प्रमाणको आधारमा फैसला हुने नियम कानून रहेकोले सरकारले जनताको भोगचलन, फिल्ड निरिक्षण, गाउँसर्जमिन समेत गर्नुपर्ने भए गरेर पनि जसको भोगचलन छ उसैलाई जग्गाको प्रमाणपत्र उपलब्ध गराई झगडा मेटाउने काम गर्नुपर्ने जनताका धारणा रहेका छन् । नापी विभागले गल्ती गर्ने जनतालाई दुःख हुने अवस्था रहेको छ । यसबारेमा सत्यतथ्य जानकारी फिल्डमा गएर नै प्रष्ट हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *