एक करोडमा बनेको प्रहरी भवन प्रयोग विहीन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार, बैतडी, १२ चैत्र

नेपालको प्रचलन बडो विचित्रको छ ठूलो शक्ति लगाएर विशाल नेपालको निर्माण ग¥यो तर शासन गर्नसकेनन् । देशमा हरेक परिवर्तनहरु सजिलै सित ल्याए तर जनु बेला जे व्यवस्थाको आन्दोलित भए सफलतापछि चलाउन सकेनन् र जानेनन् पनि । वि.सं. २०३७÷३८ साल तर्फ एकिकृत ग्रामीण विकास परियोजना बैतडीमा पनि लागु भयो । बैतडीको पाटनमा त्यसको प्रमुख कार्यालय रह्यो । त्यसैबेला बैतडी दार्चुला डडेल्धुरामा क्षेत्रिय कार्यालयहरुको निर्माण सुरु भयो । बैतडी ९ क्षेत्रमा विभाजित थियो । त्यसमध्ये प्रमुख पाटन र दोस्रोमा पुर्चौडी हाट पर्दछ । सब–सेन्टरको नामले चिनिने बैतडीको पुरहाटमा सब–सेन्टरमा इलाका प्रशासन, पशु चिकित्सालय खाद्य संस्थान, इलाका प्रहरी, इलाका स्वास्थ्य लगायतमा जे जति कार्यालयहरु जिल्लामा छन् त्यसको सबै सुविधाहरु क्षेत्रबाट नै उपलब्ध गराउने ऐन कानून विकेन्द्रिकरण नीति अनुसार बने । निर्माण भएका भवनहरु आज हेर्दा एउटा पनि छैनन्, निशाना कसैले धुरी, कसैले ढुङ्गा एक एक गरेर त्यहाँका जनताको सरकारी सम्पत्ति नष्ट पारे । बाँकी रहेका प्रहरी भवनमा माओवादीले ब्लास्टिङ ग¥यो । त्यस षेत्रमा नेपाल बैंक लिमिटेड, कृषि विकास बैंकका शाखाहरु थिए, जनतालाई घर दैलोमा सेवा पुगेको थियो । ती सबै कुरा मनन गर्दा अझै पनि यो देशको विश्वास छैन । भोली के हुने हो ।
शान्ति तथा पुर्न्निर्माण मन्त्रालयले बैतडीको पुर्चौडीमा १ करोड बढी लगानी निर्माण गरेको प्रहरी चौकी पुरघाटको भवन निर्माण सम्पन्न भएको सात महिनासम्म पनि प्रयोगविहीन अवस्थामा रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले केन्द्रवाट उद्घाटनका लागी नआएकोले प्रयोगविहीन भएको बताउनुभयो । माथिवाट उद्घाटनको लागी आउने तयारी भएको छ उहाँले भन्नुभयो ‘छिट्टै प्रहरी नवनिर्मित भवनमा सर्छ’ ।
सशस्त्र द्वन्दका बेला बिद्रोही पक्षले ध्वस्त पारेपछी शान्ति तथा पुर्न्निर्माण मन्त्रालयले गतबर्ष १ करोड ८ लाख ६६ हजार ५ सय ५४ रुपैयाको लगानीमा प्रहरी चौकी पुरघाटको भवन निर्माण गरेको हो ।
नवनिर्मित भवन उद्घाटन नहुँदा आजभोली पुरघाट प्रहरी चौकीका प्रहरी एउटा घर भाडामा लिएर बसिरहेका छन् । शान्ति तथा पुर्न्निर्माण मन्त्रालयले बैतडीमा ४ करोड ८५ लाख ४० हजार ९७ रुपैयामा पाँच वटा नयाँ प्रहरी भवन निर्माण गरेको छ ।
सशस्त्र द्वन्दका बेला बिद्रोही पक्षले बढी ध्वस्त भएका मध्ये सिमा प्रहरी चौकी झुलाघाट, ईलाका प्रहरी कार्यालय पाटन, ईलाका प्रहरी कार्यालय मेलौली, प्रहरी चौकी पुरघाट र प्रहरी चौकी खोडपेमा बनेका उक्त नवनिर्मित भवनहरु आधुनिक सुविधा सम्पन्न रहेका छन् ।
२ लाख ५० हजार बढी जनसंख्या रहेको बैतडीमा दरबन्दी कमी हुँदा माग अनुसार प्रहरी परिचालन गर्न तथा प्रहरी सेवा जनताको घर आगनमा पुरयाउन सकिएको छैन ।
‘हामीसँग भौतिक पूर्वाधारहरुको पनि कमी छ’— प्रहरी नायव उपरीक्षक शर्माले भन्नुभयो, ‘छिटो र प्रभावकारी सेवाप्रवाहका लागि मानवीय स्रोतसाधनका साथै भौतिक रुपमा पनि प्रहरी प्रशासन बलियो हुन आवश्यक छ ।’
छिमेकी राष्ट्र भारत तिर २०२२/२३ सालमा पिथौरागढको अवस्था अर्कै थियो । त्यहाँ ठूली गाड भन्ने ठाउँ ठूलो मैदान क्षेत्र हो । त्यो क्षेत्रमा आर्मीहरुले रातोरात त्रिपाल टागी, खानेपानीको व्यवस्था मिलाई चीन सितको लडाईको बेला त्यो क्षेत्र नै सामरिक साधनहरु गढवाल सम्म त्यहाँबाट नै सप्लाई गरिन्थ्यो । त्यसको शाखा कालापानीमा रहेको बेला चीनले अगाडी बढ्न सकेन । जुन भुमि नेपालको कालापानी भनेर चिनिएको छ त्यसलाई अझै उसले छोडेको छैन । बनाएका संरचनाहरुको सुरक्षा अहिले सम्म गरी राखेको छ । पिथौरागढमा भएको नेपाली किल्लालाई समेत त्यहाँको सरकार र जनताले साझा सम्पत्तिको रुपमा संरक्षण गरी राखेका छन् भने नेपालमा जे–जति साझा सम्पत्तिको जानी जानी नोक्सान भयो त्यसबाट नेपाललाई अतुलनिय क्षति भएको छ । त्यसै यो बैतडीको प्रहरी भवन पनि त्यसक्षेत्रको मात्र नभई अधिराज्य भरीको साझा सम्पत्ति भएकाले सुरक्षा गर्नुपर्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *