सरकारले उद्योग, व्यवसायी साँझा सम्पत्ति माथिको शोषण

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

विश्वका सभ्य राष्ट्रहरुमा सडकमा थुक्न पाईदैन, फोहर फाल्न पाइदैन भने हामी कहाँ पान गुट्का खाएको फोहरी थुकलाई सार्वजनिक स्थलका सिढी, दिवाल जस्तै बैंकहरुको सिढी विद्यालय, विश्वविद्यालयहरुको अवस्था नै फोहरी बनाएको देखिन्छ ।
हरेक राष्ट्रले आफ्नो राष्ट्रलाई कर तिर्नुपर्छ भन्ने दायित्व बुझेको हुन्छ र समयमा कर बुझाउँछन्, हरेक जनताको स्वास्थ्य शिक्षाको जिम्मेवारी पनि सरकारको हुन्छ र लिएको पाईन्छ । कुनै पनि सार्वजनिक स्थलमा अतिक्रमण भएको देखिदैन । उदाहरणको लागि महेन्द्रनगरको सिमाना बनबासाको पुर्वतिरको जंगल २०२७ सालदेखि जुन अवस्थामा हामीले देखेका थियौ आजसम्म त्यहि अवस्थामा रहेको छ । एउटा पनि रुख काटेको छैन । सुकाएको छैन । कुनै तरिकाले पनि नष्ट पारीएको छैन । त्यस्तै हाम्रो महेन्द्रनगरको दक्षिण पट्टी सेनाको व्यारेक, पश्चिम सुप विश्वविद्यालयको नवनिर्मित भवनको एरियामा जहाँ ग्रिन बेल्ट भन्ने नामबाट महेन्द्रनगर नगर विकास समितिले २०२८ सालदेखि २०४६ सालसम्म यथास्थितिमा राखेको थियो । त्यो ग्रीन बेल्ट आज हामी सबै हेर्न सक्छौं, त्यो के कुन अवस्थामा रहेको छ । त्यहाँ सालको जंगल थियो । त्यहाँका धेरै रुखहरु गायव भएका छन् । धेरै सुकाएका छन् । ती रुखहरु कहाँ गए त्यसको जिम्मेवारको हो, रेखदेख गर्ने दायित्व कसको हो ? हाम्रो दायित्व के हो भन्ने कुरा न सरकारले बुझ्यो न जनताले । त्यस्तै पंचायतले शासन व्यवस्था चलाएको २५ वर्ष पुगेको उपलक्ष्यमा महेन्द्रनगर बजारको दक्षिण तर्फ एउटा पंचायत रजत जयन्तीको अवसरमा रजत स्तम्भ बनाएको छ । त्यसमा बगैचा पनि थियो । फुल विरुवाहरु लटरम्म फुलिराखेका थिए । आज त्यहाँको अवस्था हामी हेर्न जाऔं कुन अवस्थामा त्यही पार्कको दक्षिण कुनामा सरस्वतीको मन्दिर छ, जुन मन्दिर पार्की निर्माण हुने बेला नै ताम्रपत्रको छाना राखेर निर्माण गरिएको थियो । आज विस्तार विस्तारै तामापत्रहरु निकाल्ने काम भईराखेको छ । हामी कसैले पनि हेर्न सक्छौं, र त्यो पार्कको अवलोकन गर्न सक्छौं । पंचायत स्तम्भमा लगाएका मार्वलहरु किन कसले उखाड्यो, कहाँ गए ती मार्वलहरु । त्यो बनाउने बेला कुनै पनि नेपालको पंचायती अथवा अन्य पार्टीका नेताहरुको व्यक्तिगत लगानी थिएन । जनताको पसिनाको कमाई अर्थात करबाट बनेको त्यो पार्क, त्यो स्तम्भ, त्यसको घेर पर्खालको अवस्था २०४६ सालपछि र पहिलेको तुलना गर्ने हो भने त्यसको चित्रण देख्ने मान्छेले गर्न सक्छ अझै निर्माण हुने बेला निर्माण कर्ता नगर पंचायतको मेयर धर्मराज जोशी लगायतका अर्थात त्यही उमेरका सबैलाई थाहा छ त्यो जनताको साँझा सम्पत्ति हो, त्यसको रेखदेख संरक्षण गर्ने जिम्मेवारी दायित्व सरकारको अथवा स्थानीय सरकारको हो, त्यो सबैलाई थाहा छ । त्यसभित्रको अवस्था किन यस्तो भयो भनेर भनिदिने एउटा मान्छे देखिदैन । अरु त्यसबाट के कति रकम असुल गर्न सकिन्छ ठेक्का दिएर पैसा असुल गर्ने काम नगरपालिकाले गरेको छ । तर त्यसको विकास उत्थान कार्यमा कुरा गर्दा एक बोट फुलको रोपिएको छैन । त्यति मात्र नभएर त्यसभित्र नाम परिवर्तन गरेर भीम बाटिका नामाकरण गर्न दुष्प्रयास गरिएको छ । त्यसभित्र भीमदत्त पन्तको शालिक राखिएको छ । जनताका नेता भीमदत्त पन्तलाई कुनै ठाँउमा जग्गा नपाएझै बलजफती गरेर त्यहाँको संकीर्ण स्थानमा, संकीण भावनाले राखिएको छ । केवल यो नगरीको एउटा मात्र पार्क किन बनाएको थियो त्यसको बारेमा कसैले सोचिदिएको छैन । दिउसो भरी व्यापार व्यवसाय गरेर विहान बेलुका मन शान्त गर्न कविले कविता रच्न समेत हुने गरी त्यसको पुनरउत्थान हुनुपर्नेमा झन तल झार्दै गरेको देखिन्छ । भीमदत्त नगरपालिकाले स्थानीय पार्कको संरक्षण सम्बद्र्धनको बारेमा तुरुन्त सोचिदिनुपर्यो । यदि कसैबाट बैना लिएर तपाई प्रयोग गर्नुहोस् भनेको छ भने त्यो बैना हामी फिर्ता गर्न खल्तीबाट दिन तयार छौ भन्ने गुनासाहरु हामी सुन्दै आएका छौं र त्यस्तै सम्पूर्ण जनताको सार्वजनिक कार्यको निर्माण गर्नको लागि सार्वजनिक स्थलबाट गिट्टी बालुवा निर्माण सामग्रीहरु कसैले ल्याउँछ भने त्यसमाथि पनि अत्यधिक शोषण गरिएको हामीले देखेका छौं । त्यसकारण साँझा सम्पत्तिको संरक्षण सम्बद्र्धनको लागि हामी भीमदत्त नगरपालिकालाई हार्दिक अनुरोध पनि गर्दछौ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *